वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आफुले गरेको घोषणा आफैले कार्यन्वयन नगरेको पाईएको छ ? सेवा सुविद्या नलिने उनले गरेको उदघोष मापदण्ड भन्दा बढी लिएको पाईएको हो ।
सय दिनमा देखिने काम गर्छु भनी वीरगंज महानगरपालिकाको पहिलो नगर प्रमुख (मेयर ) बनेका विजय कुमार सरावगीले निर्वाचन पूर्वको आफ्नै घोषणा उलंघन गरेको पाइएको छ । महानगरबाट कुनै सेवा सुविधा नलिने उद्घोष गरेका उनले हरेक दिन सरसफाईमा दौडाउने गाडीको तेल खर्चभन्दा आफ्नो गाडीको तेल खर्च ६ गुणा बढि लिई आफ्नै घोषणा उलंघन गरेका हुन् ।
गएको साउन महिनामा मात्र उनले चढ्ने गाडीको महानगरले तिरेको तेलखर्चको परिणाम दैनिक सरसफाइमा खट्ने ट्याक्टरको भन्दा ६ गुणा बढि रहेको महानगरपालिकाको तथ्याँकमा उल्लेख गरिएको छ । यो तथ्याँकले पनि उनले प्रयोग गरेको गाडीको तेल खर्चले मात्र महिनाको झण्डै २० हजार ५ सय ८० रुपैयाँको भार महानगरपालिकालाई परेको छ ।
२०७४ साल असोज ११ गते दिउसो २ बजेर ३३ मिनेटमा निर्वाचित घोषणा भए लगतै उनले ‘मलाई महानगरपालिकाबाट कुनै सेवा सुविधा एक रुपैयाँ चाहिँदैनु भनेका थिए । तर व्यवहारले त्यसको उल्टो प्रमाणित गरेको महानगरपालिकाको तथ्याँकले देखाएको छ । यी शब्द उनले सो समयमा एक पटक होइन । दुई पटक दो¥याई दावी गरेका थिए ।
महानगरपालिकामा एक महिनामा मात्रै नगर प्रमुख विजय सरावगीको २ सय ४० लिटर डिजल खर्च गरेका छन् । यो उपमेयरको गाडीमा खर्च भएको भन्दा १ सय ८० लिटर बढि हो । उपमेयर शान्ति कार्की चढ्ने गाडीमा भने गएको साउन महिनामा जम्मा ६० लिटरमात्रै तेल खर्च भएको देखिन्छ ।
मेयर सरावगीले प्रयोग गर्ने बा १७ च २३९० नम्बरको गाडीले भने गएको साउन १ गतेदेखी ३१ गते सम्ममा ६०/६० लिटर गरी ४ पटकमा नेपाल सरकारले तोकेको डिजलको मूल्य अनुसार २३ हजार ५ सय २० रुपैयाँको २४० लिटर तेल खर्चेका हुन् । मेयरका लागी भनी आएको प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषाल चढ्ने गाडीले पनि एक महिना २० हजार ५ सय ८० रुपैयाँको २ सय १० लिटर तेल उपभोग गरेको छ ।
मेयर सरावगी र प्रमुख प्रशासकीय अधिकृत भुषालले चढ्ने गाडीको भन्दा ६ गुणा कम तेल खर्च महानगरपालिकामा सरसफाईका लागी दैनिक कुद्ने ट्रयाक्टरमा प्रयोग भएको महानगरपालिकाको तथ्याँकमा उल्लेख छ । यो तथ्याँकले फोहोर उठाउने र बिसर्जन गर्ने सवारीले प्रति महिना पाउने ४० लिटर डिजल खर्च भन्दा निकै बढि भएको महानगरपालिकाका नगर प्रमुख सरावगीले पनि स्वीकारे ।
तेलको विषयमा ‘मध्य नेपाल’ ले उनीसँग बुझ्दा तेल महानगरको सेवा सुविधा भित्र नपर्ने दाबी गरे । उनले भने, ‘यो आवश्यक्ता हो, सेवा सुविधा हैन ।’ पटक पटक मेयरले सेवा सुविधा नलिने भनेर लिएका छन् भन्ने कुरा उठ्छ, उसो भए मेयर पैदल जाने की के गर्ने ? तेल सेवा सुविधा अन्तरगर्त पर्दै पर्दैन यो अनिवार्यता हो उनले फेरि पनि दावी गरे । ुमेरो तलब, बैठक भक्ता भए पो सेवा सुविधा हुनुु । मैले नगरपालिकाको गाडी चढ्ेको छैन । तर सुरक्षाको थ्रेट भएकाले अब चढ्नु पर्ने बेला आएको छ, सेवा सुविद्या नलिने गरेको घोषणा उल्टाउँदै उनले आफै थपे । सुरक्षाको दृष्टकोणले जादाँ आउँदा गाडी चढ्नु राम्रो हो । विभिन्न सुरक्षा थ्रेटहरु हुन्छ त्यसले गर्दा पनि अब महानगरपालिकाको गाडी जरुरी छ उनले भने ।
ब्रम्हचोक अगाडी रहेको शुभ लाभ ट्रेड कन्सर्नबाट महानगरको कुपन मार्फत वितरण हुने तेल मेयर सरावगीको नाममा यान्त्रिक शाखाको विवरणमा २४० लिटर कसरी खर्च भयो ? भनी सोध्दा सुरुमा नगरप्रमुख सरावगी आफैले आश्चर्य मानेझैं गरे । उनले आफैं कुरा टार्दै यो एक महिनाको मात्र नहोला ? त्यति पुरै ११ महिनाको होला भनी पन्छिन खोजेका थिए । तपाईको कार्यालयले गएको साउन महिनाको मात्र खर्चको तथ्याँक उपलब्ध गराएको ११ महिनाको कसरी भयो ? भनी थप जिज्ञासा राख्दा उनले काठमाडौँ वा अन्य कार्यक्रमहरुमा गएकोले तेल खर्च बढेको हुन सक्ने दलिल पेश गरे । ‘कोही कोही कार्यक्रममा बोलाउनु हुन्छ, जानैपर्छ त्यही हिसाबले खर्च हुने गर्छ ।’ उनले तर्क गरे ।
महानगरको जिम्मेवार शाखाले भने वडा सचिव बाहेक एकाध कोहीले तेल लादैनन् । हैन भने महानगरमा नयाँ नियुक्त भएका वा यहाँका प्रायः सबैले तेल लाने गरेको बताएको छ । यता महानगरका मेयर सरावगीले भने, योजना शाखामा काम गर्ने बाहेक कोहीलाई पनि तेल वितरण नगर्ने गरेको पूनः दावी गरे । उनले भने, ‘जुन कर्मचारीको फिल्ड वर्क हुन्छ । सोही अनुरुप उनले तेल पाउने गर्छ । हामीले यति नै दिने भनेका छैनौँ । हाम्रो योजनाका कर्मचारीहरुलाई मात्र तेल सुविधा दिइएको हुन्छ । वहाँहरुलाई मापदण्ड अनुसार नै दिइने गरेको छ ।’ नगर प्रमुख सरावगीले बताए ।
जबकी वडा अध्यक्षलाई १० लिटर तोकिएको छ भने, तोक लगाउने प्रशासकीय अधिकृत सुमन श्रेष्ठ, राजनीतिक सल्लाहकार मुकेश द्वुवेद्वी, प्रेस सल्लाहकार लगायतकाले महिनाको २० देखी २५ लिटर सम्म आफ्नो नाममा पेट्रोलको कुपन लाने गरेको महानगरकै तथ्याँकले देखाएको छ ।
यति मात्र नभई महानगरबाट एक रुपैयाँ समेत नलिने भनेका मेयर सरावगीले दैनिक खाजा, काठमाडौँ वा अन्य ठाउँमा जादाँ प्लेनको टिकेटको रकम समेत महानगरपालिकाबाटै तिराउने गरेको लेखा शाखाले जनाएको छ । यस अघिका निवर्तमान प्रशासकीय अधिकृत गोपाल रेग्मीले त मेयर विजय सरावगीको कार्यकक्षबाट खाजा खर्च धेरै भयो भनेर खाजा खर्च कटौतीका लागी चिी नै काटेका थिए । त्यहि भएर पनि मेयर सरावगीले निवर्तमान प्रशासकीय अधिकृतको सधैं नकारात्मक कुरा मात्र गरेको जो कोहीले नगरपालिका पुगे सुन्ने गरेको उनकै सल्लाहकार मध्येका एकले नाम उल्लेख नगर्न भनी बताए । अझै उनका निकटका व्यक्तिहरुले एकै जनाले ४ पटक सम्म खाजा खाने क्रम नरोकिएको उनको भनाइ छ ।
वर्ष दिनको पुर्व सन्ध्यामा मेयर सरावगीले निर्वाचित भएका दिन दैनिक जीवनयापनका लागी सकस पाइरहेका जनतालाई तिन महिना भित्र रोड, नाला, सडक, सरसफाई सबै व्यवस्थित गर्ने बताएका थिए । उनले भनेका थिए, म गरेर देखाउँछु । महानगरमा भोलिको दिनमा देशभरका अरु जनतालाई हामीले वीरगंजमा रोजगार गाराउन सक्ने गरी व्यवस्था गरेर देखाउँने त्यो दिन ल्याउने दावी उनको थियो । यतिमात्र नभई उनले ३२ हजार घरधुरीभन्दा बढी पैदल हिडेर घुमेको र हरेक जनताको दुःख बुझेकोले जनताले राहत पाउने गरी काम गर्ने दलिल नै पेश गरेका थिए । त्यसै गरी महिला शक्ति घरभित्र थन्केर बसेका छन् तिनीहरुलाई घर घरमा रोजगारी दिलाउँने दोस्रो प्रतिवद्धता जनाएका थिए ।
जसमा आर्थिक वर्ष २०७४/०७५ मा सोही शिर्षकमा २ करोड ३० लाख रुपैयाँ महानगरको फ्रिज भएको जनाइएको छ । यस्तै वीरगंजको मौलिकता नबिगारी मुख्य सडकका घरहरु तोडिन्छ, आवश्यक्ता अनुसार विस्तार गरिन्छ । अनि १० लाख विरुवा हामीले उमारेर देखाउँछौँ भनी धेरै उनको कसममा पारेका थिए । हरेक टोल टोलमा पतञ्जलीको सहयोगमा योग सेवा विस्तार गर्ने, जनताको नासो जनतालाई नै फर्काइदिने, सार्वजनिक जग्गा एक एक मिटर पनि छोड्दैनौँ लिएर छाड्छौँ जस्ता उनका कसमका हरफ थिए । तर उनले कार्यकाल सम्हालेकै बेला छपकैयाँको माईराम पोखरी व्यक्तिले हड्पेर त्यहाँ पुर्वधारहरु निर्माण गरिरहेका छन् । ८१७ नम्बर २८५ नम्बर कित्ताका जग्गा व्यक्तिका नाममा पुगी स्थानीय र केन्द्रिय मिडियाको बलमा रोक्का सम्म भएको अवस्था छ । खोला तर्दैछ, लौरो बिर्सिदैछ, भने झैं २ नम्बर प्रदेशको एउटा मात्र महानगरपालिकाका मेयरको प्रतिबद्धता आश्वासनमा मात्र नमेटियोस् भन्ने नगरवासीको भनाइ छ ।
सम्बन्धीत समाचार
वीरगंजका मेयरले नियम विपरित भ्रमणमा सकाए अढाई लाख, ५ सय ९० संघसंस्था र व्यक्तिलाई बाडे २९ लाख ६५ हजार रुपैयाँ