सञ्चारकर्मीमाथि हातपात गर्ने प्रहरीलाई निलम्बनको माग गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमबार विहान धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघको आवहनमा वीरगंजको घण्टाघर अगाडी प्रहरीको दमन विरुद्ध विहान ८ बजे धर्ना दिएको हो । नयाँ पत्रिका पर्साका सम्वादाता तथा नारायणी एफ.एममा कार्यरत सञ्चारकर्मी तिवारी यादवलाई पर्सा प्रहरीले कार्यालय अगाडी हातपात गर्दै नियन्त्रणमा लिएको विषयलाई लिएर चरणबद्ध आन्दोलनमा उक्रेको छ ।
धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले प्रेसको हैसियतलाई नबुझेको पर्सा प्रहरीले गरेको दमन तानाशाही रहेको बताए । देशका मै हु भन्ने ज्ञानेन्द्र, सञ्चारमन्त्री जस्तालाई फाल्न बेर नलाएको अवस्थामा सञ्चारकर्मी माथिको दुव्यवहार अक्षम्य रहेको उनको भनाई थियो । यसैगरी नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले प्रहरीको दमन विरुद्ध सन्चारकर्मी मात्र नभई, सम्पूर्ण पर्सेली नागरिक, बुद्धिजीवी, चिकित्सक, व्यवसायी लगायतकालाई पर्सा प्रहरीको सबै खाले ज्यादती विरुद्ध चरणबद्ध आन्दोलन गर्न आग्रह गरेका छन् । आन्दोलनको शुरुवात भइसकेकाले एकताबद्ध भई लाग्न आग्रह गरे ।
विपतिको बेला विभिन्न दिनदुःखी गरिबलाई राहत पुर्याउन तथा भ्रष्टाचार पर्दाफास गर्न खटिरहेका सञ्चारकर्मी समाजका ऐनाको रुपमा मेन लिडमा खटिरहेका सञ्चारकर्मी मात्र नभई चिकित्सक, बैकर्स, कृष्क, फुटफाट व्यापारीलाई समेत जथाभावि कुटपिट तथा दुव्र्यहार गर्ने गरेका छन् ।
सयौँ सञ्चारकर्मीको उपस्थितिमा भएको धर्ना कार्यक्रममा बरिष्ठ पत्रकार लालबाबु शेख, नेपाल प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी, संघिय प्रेस फोरमका अध्यक्ष आरके पटेल, प्रेस संगठनका अध्यक्ष निरज पिटाकोटे लगायतले पनी प्रहरीको दमन विरुद्ध आ–आफ्नो धारणा राखेका थिए ।