वीरगंजमा चर्चित पत्रकार मै कोरोना पोजेटिभ फेला परेपछि कन्ट्राक्ट टेसिङ्ग गर्न समस्या भएको छ । विपत व्यवस्थापनदेखी डिआईजि धिरज प्रताप सिंह सम्मलाई भेटेकाले कोरोना संक्रमितको चुनौति बढेको छ ।
जिल्ला प्रशासन कार्यालयको विपत व्यवस्थापनमा सहभागि हुने देखी आइतबार सञ्चारकर्मीमाथि प्रहरीले गरेको हातपातको नेतृत्व समेत उनैले गरेका थिए । यससंगै आईतबार पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले घटनाको विषयमा बुझ्न नखोज्ने व्यवहार गरेकाले प्रदेश २ का डिआईजि धिरज प्रताप सिंहलाई घटनाबारे अवगत गराएका थिए ।
यता संक्रमित धेरै ठाउँमा गएकाले कन्ट्राक्ट टेसिङ्ग गर्न समस्या परेको नारायणी अस्पतालका चिकित्सकहरुले जानकारी गराएको छ । चिकित्सकहरुलाई गरेको दुव्यवहारदेखी वीरगंज महानगरपालिकाले बोलाएको सर्वदलिय बैठक सम्ममा वहाँ आफै उपस्थित भएकाले समस्या भएको बताए ।
नेपाली सेना र इपिडिमियोलोजी महाशाखाको टोलीले शुक्रबार र शनिवार गरेको स्वाब संकलनमा वीरगंजका पत्रकारमा पनि कोरोना संक्रमण देखिएको हो ।
पर्सालाई बदनाम गराउने काम हुँदैछ : चिकित्सक
हामी चेकजाँच गरिरहेका छौँ तर बङ्गलुङ गएका मजदुरहरु वीरगंज कसरी आए त्यहाँ पिसिआर टेष्ट नगरि पर्सा पठाएकाले पर्साको वीरगंज मात्रै कोरोनाको जोखिम अब रहेन । पर्साको छिपहरमाई गाऊँपालिकाको १४ जनामा संक्रमण देखिएको छ । यसले गर्दा हामी चेकजाँच गरिरहेकाले संक्रमित थुपार्ने मात्रै काम भएको चिकित्सकहरुको भनाई रहेको छ ।
नारायणी अस्पतालमा उपचार गर्ने ठाऊँको अभाव
पर्सामा ३९ जना थपिएसंगै अहिले वीरगंजमा ६९ जना संक्रमित उपचाररत पुगेको छ । यस अवस्थामा संक्रमितलाई कहाँ राख्ने भन्ने समस्या भएको नारायणी अस्पताल कोरोना संक्रमितको उपचारमा लागेका चिकित्सक डा. निरज सिंहले बताए । उनले भने २ महिनाको बच्चादेखी ६५ वर्षका वृद्ध समेत रहेकाले अस्पतालको भवनले मात्रै सम्भव छैन् ।
सर्वदलिय बैठकमा चिकित्सकहरुले वीरगंजको नेशनल ट्रेनिङ्गलाई लिएर संक्रमित राख्ने र उपचार गर्ने गराएको भए पर्याप्त ठाउँ हुने थियो । तर चिकित्सकहरुको सुझाव नमानेकाले अहिले कोरोना संक्रमित राख्न समस्या भएको उनले बताए ।
आज संक्रमितमध्ये १२ वर्षदेखि ५३ वर्ष उमेर समूहका छन् । संक्रमण पुष्टि भएकामध्ये वीरगंज महानगरपालिका वडा नं. २ का पाँच जना, ३ का ८ जना, ४ का एक जना, वडा नम्बर १६ मा ११ जना गरी वीरगंज महानगरपालिकामा मात्र २५ जनामा संक्रमण देखिएको हो । त्यस्तै अन्य १४ जना छिपहरमाई गाउँपालिका वडा नं. ५ का हुन् ।