प्रदेश २ को नारायणी अस्पतालमा मात्रै कोरोना संक्रमितको उपचार हुँदै आएको मा अब वीरगंजको चिनिमेल नजिक रहेको सिद्धार्थ माध्यमिक विद्यालयलाई आईशोलेसन बनाउने निर्णय भएको विपत व्यवस्थापन समितिले जनाएको छ ।
संत्रमित बढ्दै गएपछि वीरगंजमा २ सय बेडको व्यवस्थापन गर्ने गरि सिद्धार्थ माध्यमिक विद्यालयलाई आईशोलेसन बनाउने निर्णय भएको कोरोना संक्रमितको उपचार गरिरहनु भएका प्रमुख चिकित्सक डा. उदयनारायण सिंहले बताए ।
उनले भने हामीले नेशनल ट्रेडिङ्गलाई बनाउने भनेका थियौँ तर त्यहाँ त्यती चाडै सम्भव नभएकाले सिद्धार्थ माध्यमिक विद्यालयलाई आईशोलेसन बनाएको हो ।
यसैगरी गएराती १८ जना फेला परेको कोरोना संक्रमित मध्ये १७ जना घरमै, रहेका छन् । बेड अभावले १७ जना घरमै रहेका छन् । संक्रमित मध्ये एकजना मात्रै अस्पताल आएका छन् ।
अन्यलाई आज साझ सिद्धार्थ माध्यमिक विद्यालयलाई आईशोलेसनमा राखिने जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की, वीरगंज महानगरका मेयर विजय सरावगी, मेसु डा.मनोज उपाध्याय लागायतले नारायणी अस्पतालले सिद्धार्थ माध्यमिक विद्यालयलाई आईशोलेसनमा रहेका संक्रमितहरुको पनी हेर्ने गरी निर्णय भएको जनाएको छ ।
यता स्वास्थ्य मन्त्रालयले गण्डक अस्पतालमा कोरोना संक्रमित राखेर उपचार गर्ने निर्देशन सहितको पत्र आएपनि हाल संक्रमित मध्येहरुको डिस्चार्ज भएपछि मात्रै व्यवस्थापन गर्न सकिने अस्पतालले जनाएको छ ।