कोभिड १९ को महामारीबाट विश्व देश लकडाउनमा २ महिना पुग्नै लागेको छ । यस्तो अवस्थामा मानव जीवन बचाउनु पहिलो प्राथमिकता हो भने धरापमा पर्न लागेको अर्थतन्त्रलाई कसरी उकास्ने यो विषयमा समेत चिन्तन गर्नु पर्ने बेला भइसकेको छ । अहिलेको यो महामारीबाट कसरी पार पाउने भन्ने विषयमा कोरोना भाइरसको सन्दर्भमा सबै नागरिक सचेत हुनु पर्दछ । दैनिक रूपमा कमाएर खानु पर्नेलाई धेरैलाई प्रभाव पार्ने छ । विकसित राष्ट्र पनि यसबाट अछुतो रहन सकेनन् । किनकि त्यहाँ पनि अभाव देखिन थालिसकेको छ । यस हिसाबले नेपाल पनि यसबाट अछुतो रहने भएन । अछुतो छैन पनि ।
कोरोनाको महामारीका कारण विश्वको कुनै पनि ठाउँ, वर्ग, अर्थतन्त्र अछुतो रहेन । यसले गर्दा अर्थतन्त्रको संरचना भोलिका दिनमा परिवर्तन गरिदिने, विश्वको ध्रुवीकरण फरक पारिदिने सम्भावना छ । साथै यसले विश्वका मानिसहरूको बानी ब्यहोरा फरक पार्छ कि भन्ने पनि देखिएको छ । मान्छेको परनिर्भर र अन्तर निर्भर हुने कुरालाई पनि पुनर्विचार गर्नु पर्ने स्थिति आएको छ । अहिलेको अवस्थामा हात मिलाउन समेत बन्देज गरिएको छ । यसले कुन देशको परम्परा संस्कार उपयुक्त रहेछ भनेर पुनर्विचार गर्नु पर्ने देखिएको छ । हिजोका हाम्रा समृद्धिका सपनाहरू पुरा गर्ने कुरा पनि यसले गर्दा पछि धकेलिन्छ । पूर्वाधार निर्माण गर्ने कुरा पनि पछि जान्छ । यो समस्याले मान्छेको रोजगारी, पुनरनिर्माण, उद्योग, शिक्षण संस्था सबैलाई प्रभाव पारेको छ । भोलि दिनमा गरिबको संख्या बढेर थप जनसंख्या गरिबीको रेखामुनि जान्छ कि भन्ने सम्मको स्थिति देखिएको छ ।
रोगीको स्वास्थ्य जाँच गर्न पूर्वाधार पनि चाहियो । फेरि परीक्षण गर्दै गर्दा त्यसमा संलग्न चिकित्सक, नर्स र प्राबिधिकहरूको सुरक्षालाई पनि प्राथमिकतामा राख्नु पर्छ । दोस्रो कुरा जीवनलाई जोगाउने कुरामा अन्य खालको रोग लाग्न सक्छ । माहामारीमा खाने पिउने कुराको राम्रो व्यवस्थापन हुन सक्तैन । त्यसले बालबालिका, ज्येष्ठ नागरिक थप समस्यामा पर्छन् । त्यस कारण उनीहरूलाई औषधि, स्वास्थ्य सेवादेखि लिएर अन्य खाद्य पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज बनाउनु पर्छ । विशेष गरी त्यो वर्ग, समुदायलाई बढी प्राथमिकता दिनु पर्छ । यसै गरी जो दैनिक रोजीरोटीकालागि सङ्गर्षरत हुन्छन् । जो असक्त छन, रोगी छन् उनीहरूको जीवन जोगाउने कुरामा बढी ध्यान दिनु पर्छ ।
सरकारले आपूर्ति गर्छाै भनिरहेको छ । उत्पादन भएन भने आपूर्ति कहाँबाट हुन्छ ? यो समस्या लामो समय जाने भयो भने आपूर्ति कहाँबाट हुन्छ ? त्यसको पूर्व तयारीको लागि अति आवश्यक बस्तुहरूको उत्पादनलाई कहिन कहीँ, कुनै न कुनै ढङ्गले, चाहे त्यो दैनिक खाने तरकारी होस् या खाद्यान्न आपूर्ति व्यवस्थापनलाई सहज बनाउँनुपर्छ ।
मानिस, मेसिन र पैसा सबै स्थिर भएको बेलामा अर्थतन्त्र पनि स्थिर भएको हुन्छ । भोलि अर्थतन्त्र ओरालो थला पर्दाको अवस्थालाई मूल्याङ्कन गरेर अर्थतन्त्रलाई उकास्ने रणनीति सरकारले तयार गर्नुपर्छ । रणनीति बनाउँदा सरकारले सबै सित मिलेर, सहभागिता मूलक ढङ्गले, जनताको समेत साथ लिएर, अगााडि बढ्नु पर्ने हुन्छ ।
यस्तो अवस्थामा निर्माण क्षेत्रलाई कसरी अघि बढाउने भन्ने मुल कुरा हो । दोस्रोमा उद्योग क्षेत्रमा कहाँ कसरी नोक्सान प¥यो, भोलि ऋणीहरूले बैङ्कहरूको व्याज तिर्न नसक्लान, बैङ्किङ क्षेत्रमा पनि समस्या छ । उनीहरूको सावा व्याज नउठ्ला, बैङ्किङ क्षेत्रलाई पनि अप्ठ्यारो पर्ला, उद्योग ल्याउने त्यसलाई के ग¥यो भने उकासिन्छ ? नीतिगत व्यवस्था तथा आर्थिक प्याकेज कसरी बनाउने भन्ने बारेमा बिज्ञहरुको टोली बनाई रणनीतिक कार्य योजना यथाशिग्र बनाउनु पर्दछ ।
आन्तरिक पर्यटन र बाह्य पर्यटनलाई कुन अवस्थामा कहिले सम्म अघि बढाउने भन्ने विषयमा साबिकको भन्दा फरक ढङ्गले सोच्नु पर्छ । विश्वमा जलवायु परिवर्तनको प्रभाव भन्छौ । यो पनि जलवायु परिवर्तन प्रभावको एउटा असर हो । प्रकृतिको प्रतिरोध गर्ने क्षमता हाम्रा क्रियाकलापले ह्रास गराइदिएका छौ । यी कुरालाई बढी ख्याल गर्नु प¥यो र विश्वले पनि त्यही ढङ्गले सोच्नु प¥यो । नेपालले पनि आफ्नो तहमा, आफ्नो अर्थ प्रकृति, आर्थिक, सामाजिक र भूगोल अनुसारको नीति लिनु पर्छ ।
अहिले सबैभन्दा बढी अगुवाइ गर्ने सरकारले नै हो । तर सरकारको साथै प्रतिपक्षको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुनु पर्छ । सबै स्टेक होल्डरले यो माहामारीबाट बच्न बराबरी भूमिका खेल्नु पर्छ । अझै बढी जनताको भूमिका चाहिन्छ । तर अगुवाइ सरकारकै हुनुपर्छ । नेपालका सरकारहरू अहिले मात्रै होइन । कहिल्यै चित्तबुझ्दा कार्यहरु गरेको हेक्का छैन । चित्त बुझ्दो किसिमले सरकारले काम गरेको भए यो अवस्थानै आउने थिएन । सुरुवातकै समयमा विश्व स्वास्थ्य सङ्गठनले के भन्छ भनी निगरानी बढाउँदै आफ्नो सुरक्षाका उपायहरू अवलम्बन गर्नु पर्दथ्यो । त्यसमा सरकारकाहरुका ध्यान पुगेको छैन ।
अर्थतन्त्रमा पर्न थालेको प्रभाव, पर्यटनमा परेको प्रभाव अध्ययन गर्नु पर्छ । हाम्रा योजना कस्ता हुन्छन् र कसरी जोगिने भनेर हामी बाहिरका मान्छेले भनिरहेकै छन । सरकार तात्न त तात्यो तर अलि ढिलो तात्यो । विश्वमै अलि बढी नै प्रभाव परेपछि र दोस्रो सङ्क्रमित भेटिएपछि अत्तालिएर सरकार तात्यो । यो कुरालाई समयमै लिनु पर्दथ्यो तर अलि ढिलो ग¥यो । तर जे भए पनि अहिले सरकाले चालेका कदमलाई सबैले साथ दिनु पर्छ । सरल अवस्थामा लिएको वित्तीय नीतिले अहिले काम गर्छ त ? यतिखेरको वित्तीय नीति कस्तो हुनु पर्छ ? पहिले सहज अवस्थामा लिइएका सबै नीति काम नलाग्ने त हुँदैनन् । तर धेरै कुरा अहिले फरक ढङ्गले, रणनीतिक हिसाबले तय गर्नु पर्छ । हिजो कहाँ थियौ ? अहिलेको अवस्थाले हामीलाई कहाँ प¥ुर्याउँदै छ, भनेर नीति अघि सार्नु पर्छ । यति बेलाको अवस्थामा तल्लो वर्गका मानिसहरूको दैनिकीमा सबैभन्दा बढी प्रभाव पर्छ । त्यसलाई रोक्न प्याकेज दिने । यस्तो बेला गरिबीका रेखामुनि भएका निम्न वर्ग ठूलो मारमा पर्छन् । बालबालिका कुपोषणमा पर्न सक्छन् । शिक्षामा पर्याप्त लगानी नहुन सक्छ । विदेशमा गएकाले रोजगारी गुमाएका हुन सक्छन् । यो अवस्थालाई हेरेर सरकाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउन ढिला गर्नु हुँदैन ।