प्रदेश नं. २ कै सार्वधिक पिसिआर टेष्ट गरिरहेका नारायणी अस्पताल ल्याब टेक्नीसियनहरुलाई पानीको समेत व्यवस्था गरिएको छैन् ।
सधैभरी भाईरस संगै जोखिम मोलेर परिक्षण गरिरहेका ल्याबका टेक्नीसियनहरु पानी खान समेत नपाएर समस्यामा परेका हुन् । जेठमा तराईको गर्मी त्यसमा जोखिमपुर्ण काम एक पटक पिसिआर ल्याबमा गएपछि कुनै बेला १८ घण्टासम्म खट्नु परेपनी पानीको व्यवस्था नहुदाँ समस्या हुने गरेको हो । बढीजोखिममा रहेका पिसिआर ल्याबका टेक्नीसियनका लागी पानिको समेत व्यवस्था छैन् भने कोरोना संक्रमित भर्ना भएदेखी संक्रमितको उपचारमा एकपटक पनी नपुगेका चिकित्सकलाई भने तीन तारे होटलमा बासको व्यवस्था गरिएको छ ।
संक्रमणको घडीमा आफ्नो पनी दायित्व भएकाले ल्याब कर्मचारीहरु डिउटिलाई आफ्नो दायित्व सम्झेर खट्ने गरेका छन् । संक्रमण फेला परेका दिन रातरातभरी प्रदेशका कुन जिल्ला र कुन गाऊँमा स्वाब संकलन गर्ने हो ठेगान छैन् तर कम्तीमा पानी र खाजाको व्यवस्थापन गरिदिनुपर्ने बेलामा पानीका लागी सास्ती खेप्नुपरेको ल्याबका टेक्नीसियनले बताए ।
लिबर, खकार, रगत त्यसैगरी आरडिटि टेष्ट, स्वाब संकलन र पिसिआर ल्याब गरि हाल ३ वटा ल्याब सञ्चालनमा रहेका छन् । जसमा १५ जना जनशक्ति परिचालन गरिएको छ । पिसिआर ल्याब भित्र मात्रै ५ जना कर्मचारीहरु खटेका छन् भने बाँकी अन्य ल्याबमा परिचालन गरिएको छ । लकडाउन अवधिभर राष्ट्रिय प्रयोगशाला काठमाडौँ र वीरगंज गरी हालसम्म १६ सय जनाको पिसिआर टेष्ट गरिसकेको नारायणी अस्पतालले प्रदेशको ८ वटै जिल्लाका कोरोना संक्रमितहरुको उपचार तथा कन्ट्राक्ट ट्रेसिङ्गको अधारमा स्वाब संकलन गर्ने काम गरिरहेको छ ।
वीरगंजमा एकैदिन एकै परिवारका १७ जनामा वितेको वैशाख २४ गते कोरोना संक्रमण देखिएको दिन रातभरी ल्याबका टेक्नीसियन खटेका थिए । त्यसलग्तै वैशाख ३० गते २ सञ्चारकर्मी सहित ३९ जना र अबेर राती १८ जना गरी एकैदिन ५७ जना संक्रमित फेला परेपछि एकै व्यक्तिले ३/३ सिफ्ट गर्नु परेको थियो त्योदिन पनि कोही पानी खोज्दै थियो भने कोही चाऊचाऊ ल्याईदिन आफ्न्तहरुसंग आग्रह गरिरहेका थिए । पिपिए लगाएपछि खोल्न नसकिने र लक डाउन भएकाले बाहीर गएर किनेर ल्याउन समेत अवस्था नरहेकाले सानै समस्या विकराल बनेको हो ।
यति जोखिमपुर्ण काममा संक्रमित कहाँ जानै नपरेको चिकित्सकलाई तीन तारे होटलमा र हामीलाई पानी समेत बञ्चीत गराइनुमा नराम्रो लाग्ने गरेको कर्मचारीहरुको भनाई छ । यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्याय मोबाईल अफ गरेर बसेका छन् । पटक पटक सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा आउन चाहेका छैनन् ।