लकडाउणमा भारतमा रम, बियर, रक्सीको तस्करी भईरहेको छ । यस अवस्थामा कसरी गर्ला प्रहरीले कोरोना संक्रमितको रोकावट भन्ने प्रश्न उब्जीएको छ । कोरोना भाइरसले भारत अक्रान्त बनिरहेको बेला सिमानामा खटेका नेपाल प्रहरीको आखाँ अगाडी सिमानामा रम, वियर, रक्सी तस्करी हुदैँ आएको छ ।
भारतीय एसएसबिले विशेष अपरेशन चलाई सिमा नजिकै बनाएको टहराबाट भारी परिणाममा रक्सी बरामद गरेको छ । भारतको सिमावर्ति शहर रक्सौलको कोइरिया टोलामा बनाइएका अस्थाई टहरामा लुकाईराखेको अवस्थामा ५ बोरामा राखिएको साढे ४ सय भन्दा बढी विदेशी रक्सी नेपालबाट ल्याएको अवस्थामा बरामद गरेको सशस्त्र सिमा बल रक्सौलका प्रमुख राज कमावतले जानकारी गराएका छन् ।
लकडाउनमा सधारणतया मोटरसाइकल समेत चल्न नदिएको प्रहरीको आखाँ अगाडी तस्करी हुने गरेको छ । सिमामा खटिने प्रहरीले महिनवारी बुझ्दै तस्करी गराउने गरेको स्थानीयहरुले आरोप लगाएका छन् । भारतको विहारमा रक्सीमा पुर्ण रुपले बन्देज लगाएको छ यसबेला सिमावर्ति शहरमा रम, वियर, रक्सी प्रहरीकै मिलोमतोमा तस्करी हुने गरेको पाइएको छ ।
यससंगै जिल्ला प्रहरी कार्यालय एकपछि अर्को विवादमा तानिएका छन् ।
कहिले चिकित्सक, त कहिले बैकर्स, त कहिले सञ्चारकर्मीहरुलाई कुटपिट तथा दुव्यवहार गर्दै आएका पर्सा प्रहरीले सत्य सेवा सुरक्षणम्को धज्जी उडाउँदै आएको छ । लक डाउनको समयमा प्रमुख जिम्मेवारी बोकेको प्रहरीले कोरोना उपचारमा संलग्न चिकित्सक, बैकमा खट्ने कर्मचारी र व्यापारी र सञ्चारकर्मी समेत यसको सिकार हुने गरेको छ ।