लकडाउन भएका कारण मुश्लिम समुदायहरु घरको छतमा नवाज पढी हर्षाेहुलासका साथ इदुउल फित्र (ईद) मनाएका छन् ।
पर्सा जिल्लामा बसोबास गर्ने मुस्लिम समुदायहरुले इदुउल फित्र इदको अवसरमा समाजिक सञ्जाल तथा फोन गरेर आ–आफ्ना ईस्ट मित्रहरुमा शुभकामना साटासाट गर्दै हर्षोउल्लासका साथ ईद मनाएका छन् ।
ईस्लाम धर्मावलम्बीहरुले विगत एक महिनादेखि दैनिक साढे १७ घण्टा निराहार ब्रत बस्दै दिनभरीमा पाँच पटकसम्म नमाज पढेर रोजा बस्ने गर्छन । करिब एक महिना अगाडी चाद हेरेर ब्रत बसेका ब्रतालुहरुले रमजान महिनाको अन्तिम दिनसाझ ईदका चाद आकाशमा हेरिसकेपछि यो ब्रत सम्पन्न गर्ने गर्छन ।
एक महिनाको कडा ब्रतपछि साँझ इदको चाँद हेरी नजिकको मस्जिद र ईदगाहमा पुगेर अल्लाहसंग आर्शिवाद माग्दै रमजान महिना भरिकोपर्व सम्पन्न हुने गर्दछन् । तर लक डाउनको कारण यसवर्ष मुस्लिम समुदायका व्यक्तिहरुले घरको छत वा खुल्ला ठाऊँमा नवाज पढी व्रत समापन गरेको छ ।
पर्साको मुर्ली, नगवा, छपकैया, श्रीपुर, ग्रामीण क्षेत्रका पनि विभिन्न मस्जिद र इदगाहमा पर्साका मुस्लिमहरूले नवाज पाठ गरी शुभकामना आदान प्रदान गरेका छन् । ईदगाहमा दुवा मागिसकेपछि ब्रतालुहरु कब्रिस्तानमा पुगी कब्रमा दफन भएका आफना पूर्वजहरुबाट भएको गल्तीको लागि अल्लाहसंग क्षमायाचना गर्दै उनीहरुको आत्माको चिरशान्तिको कामना समेत गर्ने गर्दछन् । तर यसवर्ष यी र यस्ता नियमहरु गर्न नसकेको मुर्लिका एक स्थानीय मोहमद मिराजुलले बताए ।
वीरगंजमा बसोबास गर्ने करिव २५ हजार स्थानीय मुस्लिम समुदायले बीरगंजमा रहेका लाठ गल्ली, छपकैया, मुर्ली, नयकाटोला, गण्डक, नगवा, लगायतका दर्जनौँ मस्जिदमा पुगी नमाज पढी दुवा मागिसकेपछि एक आपसलाई अंगालो हालेर शुभकामना आदानप्रदान दिने गरेका थिए ।