नारायणी अस्पतालमा उपचार भईरहेका कोरोना संक्रमित सबै डिस्चार्ज भएपछि ओपिडि सेवा सञ्चालन गर्ने नगर्ने अन्यौलता छाएको छ ।
प्रसुती वार्ड ब्लकको तीन तल्ला सम्म उपचाररत संक्रमितहरु सोमबार डिस्चार्ज भएपछि आज बरुण यन्त्रका टेक्निीशयनहरुले सेन्टिराईजेशनको काम गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए ।
अस्पताल सञ्चालनबारे अधिकार भित्र नपर्ने वीरगंज महानगरका मेयर विजय सरावगीले भने, ७२ घण्टा भित्र अस्पताललाई सञ्चालनमा ल्याईने सोमबार नै विभिन्न सञ्चामाध्यममा जानकारी गराईसकेका छन् । संघिय सरकार अन्तर्गत पर्ने अस्पताललाई अधिकार भित्र नै नपर्ने मेयर सरावगीको भाषणबाजीले चिकित्सकहरुमा मतभेद श्रृजना गरिएको एक चिकित्सकले बताए ।
विश्व स्वास्थ्य संगठनको गाईडलाईन अनुसार कुनै कुनै देशहरुमा १० दिनपछि पनि अस्पताल सञ्चालनमा आएको छ कोभिड १९ उपचारमा संलग्न चिकित्सक डा. उदयनारायण सिंहले भने, कुनै ठाऊँमा प्रत्येक दिन ३० दिनसम्म पनी सेन्टिराईज गरेर सञ्चालन गरेको अवस्था छ यस अवस्थामा स्वास्थ्य मन्त्रालयको निर्देशन र गाइडलाईन विना सञ्चालन गर्नु घातक हुन सक्ने भएकाले वहाँहरुको निर्णय पर्खिएको उनले जानकारी गराए ।
निकै पुरानो भवण भएकाले भवणका ग्रिल, भिता, शौचालय लगायतमा पटक पटक सेन्टिराईजेशन गर्नुपर्ने अर्का चिकित्सक डा. निरज सिंहले बताए । उनले भने, सञ्चालन हुदैँमा पनि पटक पटक सेन्टिराईज गर्नुपर्छ । कुन विरामी कहाँका हुन् तीनमा कोरोना संक्रमण छ की छैन् तीनिहिरुलाई सेन्टिराईज गरेर पठाउने र भर्ना गराउने लगयतको बारेमा सुरक्षात्मक गाइडलाईन बनाएपछि मात्रै ओपिडि सेवा सञ्चालन गर्न सकिने चिकित्सक सिंहले जानकारी गराए ।
हाल पर्सामा वीरगंजको गण्डकस्थित अस्थाई हस्पिटल गण्डकमा ३० जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।