भोर संस्थाको आर्थिक सहयोगमा पर्सा जिल्लाको जिराभवानी गाऊँपालिक वार्ड नम्बर १ पकड़िका बिपन्न तथा गरीब समुदायलाई राहत वितरण गरेको छ ।
गरिब तथा निमुखा व्यक्तिहरु भोकभोकै भएका बेला स्थानीय निकायको पहुँचसम्म नपुगेका समुदायका व्यक्तिहरुलाई संस्थाले २० केजी चामल, दाल २ केजी, खानेतेल एक लिटर, हरियो तरकारी ५ केजी, स्वाबिन एक केजी, आलु २ केजी, प्याज २ केजी, नुन एक केजी, साबुन २ पिस र लौका एक पिस गरी वितरण गरिएको संस्थाका अध्यक्ष राम कुमारले जानकारी गराएका छन् ।
ज्याला मजदूरी गरेर जीवको पार्जन गरिरहेका यी समुदायका व्यक्तिहरुले हालसम्म राहतको नाममा एकढिको नुन समेत नपाएको अवस्थामा यी सहयोगले राहत पुग्ने पिडित व्यक्तिहरुले जानकारी गराएका थिए ।
भोर संस्थाको आर्थिक सहयोगमा वितरण गरिएको राहतमा सामाजिक अभियन्ता प्रकाश थारूले संयोजना गरेका थिए भने स्थानीय रामशरण खवास, अजगैबीनाथ ग़ौरो, प्रभु चौधरीले सघाएका थिए ।
यी बाहेक उक्त गाऊँपालिकाको वार्ड नम्बर एक चमरी टोल , बेलटारी, वार्ड नं ५ को हरैया, सखुवनीय र शंकर सरैयाका विपन्न बर्गहरुले अझसम्म पनीं राहत नपाएर समस्यामा परेका छन् ।