लकडाउनको समय भएपनी आफ्नो अध्ययन मै व्यस्त छिन ओसिएना । केही समय अघि निजि विद्यालयहरुले संचालन गरेको अनलाइन कक्षा उनको विद्यालयले पनि संचालन गरेको छ । जसले गर्दा आफ्नो दिनचर्या प्राय अनलाइन कक्षामै व्यस्त हुुने गरेको उनी बताउछिन् । रोएल एकेडेमीको कक्षा दुईमा अध्ययनरत छात्रा हुन उनी । उमेरले ६ लागेकी ओसिएना निकै चञ्चले स्वभावकी छिन् । आमा शवनम श्रेष्ठ र बुवा ओम श्रेष्ठका एक्लो सन्तान हुन उनी । उनका बुवा आमा दुवै शिक्षण पेशामा आबद्ध छन् । हाल उनी पाँच जनाको परिवार सहित वीरगन्ज १२ स्थित बसोबास गर्दै छिन ।
लकडाउनको अवधि लम्बीय संगै अरु जस्तै उनी पनि अतालिएकी छिन । विद्यालयमा हुँदा विभिन्न खेलहरु खेल्ने, साथीहरुसंग रमाइलो गर्दै दिन बिताउने उनलाई घरबन्दीले निरास बनाएको छ । फुट्बल, लाफनडोरी दौड प्रति निकै लगाव भएकी ओसिएना नृत्यपनि गर्छिन । तर घरबन्दीले सबै खेलमा अल्प बिराम लागेको छ । विद्यालयमा हुँदा साथीहरुसंग बिताएको समय खेलको खेलहरु, विभिन्न कार्यक्रमहरुमा सहभागी हुदाका क्षणहरु निकै अविष्मरणीय रहेको उनले बताईन । तर अहिलेको दिन निकै पट्यार लाग्दो रहेको उनको अनुभव छ । यो लकडाउनको समयमा सबै भन्दा बढि बिद्यालय र साथीहरुको याद आउने उनले बताईन ।
घरमै तयार गरिदिएको केरा र स्याउको जुस, रोटी र भात खाने उनिलाई बाहिरी खानाको त्यति वास्ता नहुने हुँदा लकडाउनले आफ्नो मनपर्ने खानामा रोक नलागेको बताउँछिन ।
घरमै बसिरहनुको साट्टो सम्भव भए सम्म पढ्नु जाती भएकोले अनलाईन कक्षा आफुलाई राम्रो लागेको उनी बताउँछिन । घरमा बस्दा बस्दा निकै अल्छी लागिसकेको थियो । तर अहिले अनलाईन कक्षाले गर्दा दिन काट्न सजिलो भएको छ । अहिले अनलाईन कक्षाबाट भएपनि केही नयाँ कुराहरु सिक्न पाईएको छ भने साथीहरुलाई पनि हेर्न पाएको छु त्यसैले मलाई अनलाईन कक्षा रमाईलो लाग्यो उनले भनिन । यो बाहेकको अरु समयमा आफ्नो बुवासंग बिताउने गरेकी छिन् उनले । वुवा संगै बसेर पढ्ने, खेल्ने नाच्ने गर्छिन उनी । मलाई वुवासंग नाच्न खुबै रमाईलो लाग्छ । उनले खुशि व्यक्त गरिन ।
कक्षामा सधै प्रथम हुने ओसिएनालाई विज्ञान विषय असाध्यै मन पर्ने विषय हो । नृत्यमा रुचि देखाउने ओसिएनाको विश्व सुन्दरी (मिस–वल्र्ड)बन्ने चाहाना छ ।यो लकडाउनले सबैलाई प्रभाव पारेपनि कोरोना रोगबाट बच्न बाहिर नगइ घरमै बस्न, साबुन पानीले पटक–पटक हात धुन र पढेर वा केही काम गेर समय बिताउन उनले अनुरोध समेत गरिन ।