बैंक तथा वित्तिय संस्थाहरुमा भएको आलोपालो खुल्ने प्रणालीले सेवाप्रदायक क्षेत्र वरपर अत्याधिक भीड बढ्न थालेको छ । बाराको सिमरामा अवस्थित बैंक तथा वितीय संस्थाहरु वरपर पनि लकडाउनको समयमा पनि यस्तै भीड बढ्न थालेको हो ।
कोभिड संक्रमण नहोस् भन्ने उद्देश्यले जारी लकडाउनको समयमा बैंकहरुले सेवा दिने भनी आलोपालो प्रणालीमा काम गरिरहेका छन् । तर यसले गर्दा बाराको सिमरा चोक आसपास रहेका बाणिज्य बेैक, नबिल बैक, एनसिसि बैक, सिद्धार्थ बैंक, ऐभरेस्ट बैक लगायतका बैकहरुमा सैयौंको संख्यामा सेवाग्राहीहरुको भीडन लागेको छ । कोरोनाको कहरमा दूरी कायमको कुरा वैंकहरुको कारण नै पालना नभएको स्थानीयले बताउन थालेका छन् ।
भित्री सडक पसल बाहेकका स्थानमा अत्यावश्यक सामान खरिद गर्न जाँदा पनि दूईभन्दा बढी व्यक्ति साथै देखिए स्थानीय प्रहरी प्रसाशनले संक्रामण ऐन उल्लंघन गरेको भनी कारबाही गर्ने गरेको छ । तर लामो समयसम्म घर कोठामा नै थुनिएका मानिसको खर्च समेत सकिन थालेकोले बैंक तथा वित्तिय संस्थाको ढोका चाहार्नु पर्ने बाध्यता सर्वसाधारण र बैंकमा पैसा भएकालाई परिरहेको छ । यो समस्यालाई मध्यनजर गरेर नै सरकारले बैंकहरुलाइ व्यवस्थापन पनि मिलाएर सेवा दिन भनेको हो । तर बैंकहरुमा त्यस्तो व्यवहारिक पक्ष देखिएको छैन ।
त्यसैको कारण हो जरुरी काम पुरा गरेर ढुक्कले खाना खाने सोचले कार्यालयको पहिलो प्रहरमै बैंक पुगेका मुकुन्द खरेलको बैंकमा चेक साँँट्ने पालो पौने २ बजे आयो । त्यसमाथि मुख्य ढोका देखि दुई तला माथिको काउन्टरसम्मको खचाखच लाईनमा उकुस मुकुस भएर रहनु पर्दाको उनको अनुभव कडा छ । “दशैंका बेला नोट साँट्न आए जस्तै लाग्यो । भिडकम हुने र दूरी पालनाको कुरा बैंकहरुमा नहुने रहेछ उनले भने । सेवाग्राहीले पनि सबैले नियम पालन गरेको एक इन्च पनि भान भएन उनले थपे ।
अझै प्रशासनका अधिकृतहरु पनि झुण्डमै आए र लाइनकालाई पछि पार्दै आफ्नो काम गरेर गए” । जो लाइनमा अटे कोच्चिएर बसे, जो लाइनमा अटेनन् ति बैंककै छेउछाउ बस्ने गरेका छन् । यसले गर्दा बैंक क्षेत्रमा सेवाग्राहीहरुको भिडले लकडाउनको खिल्ली उडाएको पाइन्छ । एकदिन बैंकमा जानु भनेको यत्तिका दिन घरमै बसेर सुरक्षित रहनु अर्थ नभएको अर्का सेवाग्राही भवन खड्कालाई पनि लागेको छ । उनी भन्छन् “दैनिक गुजारा चलाउन बैंक नगई भएन । तर भोक मार्न बैंक जाँदा बैंकको लाइनले तर्साउँछ । रोगले भेट्ला भन्ने डर, यत्ति लामो समय घरमै सिमित भएर बसियो र बचियो, तर अब....?” भन्दै लामो स्वास फेर्छन् । घर बाहिर जाँदा शारिरीक दुरी कायम गरिरहेकी अर्की सेवाग्राही कल्पना अधीकारी भन्छिन् “सिमित समयका लागि बैंक खुल्छ, सबैलाई मौका छोप्नु परेको छ, अनि भिड हुनु स्वभाविक भए पनि व्यवस्थापनका उपाए नअपनाउदा दुरीको कायम गर्नु पर्ने शिद्धान्त एका देशको कथा जस्तै भएको पाइयो उनले भनिन् ।
वास्तवमै लकडाउनको परिधिमै रहेर परिस्थिति अनुकुल बनाउने वैकल्पिक उपाय खोज्नु जरुरी ठान्छन् अर्का सेवाग्राही राजु गौतम । उनी भन्छन् “थोरै समयका लागि तर दैनिक रुपमा वित्तिय सेवा उपलब्ध गराउन सके भिडभाडको समस्या न्युनीकरण हुने उनले सुझाव दिए ।
यसतर्फ बैंक सञ्चलकहरु पनि सहमत देखिन्छन् । सरकारको निर्देशानुसार आलोपालो कर्मचारी बोलाएर विहान १० बजे बाट दिउँसो २ बजे सम्म साताको ३ दिन संचालित बैंकहरुमा लाग्ने भिडले बैंकका कर्मचारी र संचालकहरु पनि आजित बनेका छन् । “सिमित समयमा सिमित कर्मचारीबाट सेवा प्रदान गर्नुपर्ने बाध्यात्मक अवस्थाका विच अति आवश्यक बाहेकका जस्तै ब्यालेन्स बुझ्न, लामो समय नचलाइएका खाता एक्टिभेट गर्न वा यसै रुमल्लिन बैंक आउने र लाईनमा दुरी कायम गरौभन्दा झगडा गर्न तत्पर हुने केही सेवाग्राहीहरुका कारण आफूहरु पनि दिक्क भएको एभरेष्ट बैंक लिमिटेड सिमरा शाखा प्रमुख क्षितिज पराजुलीले बताए । यि समस्या समाधानका लागि स्थानीय प्रशासनले विकल्प खोज्नै पर्ने भएको उनको तर्क छ । “मिलेसम्म बैंक खोल्ने अवधि, नत्र सेवा समय बढाउन सके भिडलाई कम गर्न तथा लाईनमा आवश्यक दुरी कायम गर्न सकिने उनको भनाइ छ । यसो भएमा सेवाग्राहीलाई मात्र नभई हामीलाई पनि राहत हुन्थ्यो ।” उनले भने ।
विश्व माहामारी नियन्त्रणका लागि लगाइएको नियम भएकोले केन्द्रबाटै नयाँ निर्देशन जारी नभएसम्म त्यसलाई तलबाट मात्र परिमार्जन गर्न अलि अप्ठ्यारो भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । दिन थप्न वा सेवासमय बढाउन अहिलेकै अवस्थामा अलि नसकिने उनको भनाइ छ ।