करको विरोधमा वीरगंजको मुख्य सडकमा युवानेताहरु निरवस्त्र भएर प्रदर्शन गरेका छन् ।
नेपाल सरकारले यही जेठ २५ गते गतेसम्म बक्यौता कर बुझाउनुपर्ने सम्बन्धी जारी गरेको सूचनाको विरोध गर्दै वीरगन्जका सचेत युवाहरुहरुको समूहले घण्टाघरमा प्रदर्शन गरेको छ । पानी परि रहेकै बेला युवाहरुको समूह घण्टाघरमा जम्मा भई आफूहरुले लगाएको कपडा फुकालेर त्यही फाल्दै लकडाउनको बेला सर्वसाधारणलाई घरमा थुनेर सरकारले कर बुझाउन भनेपछि सरकारको कडा विरोध गरेका थिए ।
उनीहरुले भित्री कपडा बाहेक सम्पूर्ण कपडा फुकालेर घण्टाघरमै फाली लकडाउन अवधिभरको कर, बैंक व्याज, बैंक किस्ता लगायतका कर्जाहरु मिनहा गर्नुपर्ने माग गरेका थिए । सरकारले लकडाउनको नाममा सर्वसाधारणलाई घरमै थुनेर बक्यौता कर बुझाउन सूचना आह्वान गर्नुले जनताप्रतिको उदायित्व सरकारले विर्सेको भन्दै सरकारलाई सचेत गराउनका लागि विरोध प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी युवा नेता अखिलेश साहले बताए ।
जनता भोको छन्, चुलो निभेको छ, अर्थमन्त्री मुर्दाबाद, कर तिर्न सक्दैनौं, बैैंक व्याज मिनहा गर, सम्पूर्ण कर मिनहा गर, व्यापारी मार्न पाइँदैन, गरिब मजदुरलाई समुचित राहत डुबन्ते अर्थमन्त्री चाहिँदैन” लगायतका नारायुक्त प्लेकार्ड बोकी युवाहरुको समूहले विरोध प्रदर्शन गरेको थियो । वर्तमान अवस्थामा हुनेखाने व्यक्तिहरुलाई पनि जीवन यापन गर्न धौ धौ परि रहेको अवस्थामा सरकारको यो कदमबाट सम्पूर्ण नागरिकहरुमा त्रासमय बातावरण सृजना भएको कारण लकडाउन अवधिभरिको सम्पूर्ण कर सरकारले मिनहा गर्नुपर्ने बताए ।
विरोध कार्यक्रममा सहभागी अर्का युवा नेता रहबर अन्सारीले तीन महिनाको लकडाउनको कारण जनताहरुको ढाँड भाँचिसकिएको अवस्थामा अर्थमन्त्रालयले जनताको हितमा कुनै किसिमको काम नगरेको कारण विरोध प्रदर्शन गरिएको बताए । उनले सर्वसाधारण जनताहरु अहिले नाँगिसकिएका छन्, जसको शरिरमा रगत छैन तिनीहरुलाई रगत दान गर्न सरकारले जबरजस्ती दबाब दिई रहेको भन्दै व्यापारीहरुको व्यापार बन्द छ, कमाई छैन, सडकमा आई सकेका छन्, त्यस्तालाई जबरजस्ती निचोडेर केही फाइदा नहुने बताए ।
उनीहरुले यस दबाब पश्चात पनि सरकारले केही राहत नदिए सम्पूर्ण व्यापारीहरुले आफ्नो पसलको साँचो अर्थमन्त्री समक्ष बुझाईदिने चेतावनी समेत दिए । विरोध पश्चात युवाहरुले खोलेको कपडा त्यही घण्टाघरमै छाडेर पानीमा भिज्दै आफ्नो घर फर्केका थिए ।
सरकारले जेठ २५ गते भित्र कर नतिरे जरिवाना लिने सूचना जारी गरेपछिको विरोधमा युवा नेता रहबर अंसारीले मुख्य सडक मै निरवस्त्र हुदैँ सरकारको विरोध जनाएको छ ।
जनता भोका भएका बेला सरकारले कर तिर्ने समय तोकेर नागरिकको ढाड सेक्ने काम गरेको आरोप लगाउँदै उनले भाषणकै क्रममा लु सरकार निरवस्त्र छै, लिने भए लेऊ भन्दै विरोध जनाएका हुन् ।
विभिन्न नारा सहितको प्लेकार्ड बोकेर प्रदर्शन गर्दै अर्थमन्त्री र सरकारको विरोध गरेको थियो । कोरोनाले घरघर पिडित भईरहेको बेलामा राहत र सरकारको उपस्थिति खोजेको बेलामा सरकारले विभिन्न किसिमका अव्यवहारीक काम गर्दै आएकाले विरोधमा उत्रनु परेको युवाहरुको भनाई रहेको छ ।
करको चौतर्फी बिरोध हुन थालेपछि सरकारले कर तिर्ने समय थप गरेको छ । बुधबार दिउँसो आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको नयाँ सूचना जारी गरेको छ ।