वीरगंजको अ–अस्थाई उच्च अदालतलाई स्थाई पुर्ण अदालत बनाउन सांसद यादवको माग
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले वीरगंजको जनकपुर अ–अस्थाई अदालत ईजलाशलाई पुर्ण अदालत बनाउनुपर्ने माग गर्नु भएको छ ।
संघिय संसदमा २०७७ को विनयोजित विधेयक माथिको छलफलमा बोल्दै सांसद यादवले देशभरमा ९ वटा मात्रै स्थाई इजलास भएकाले पुर्ण इजलास कायम गर्नुपर्ने उनको माग थियो । मुद्दा मामिलाको चाप बढी भएकाले पुर्ण स्थाई इजलास कायम गर्दा जनताले राहत पाउने भएकाले वीरगंजको अ–स्थाई इजलासलाई स्थाई बनाउन माग गरेका हुन् ।
नारायणी रंगशालालाई संघिय सरकारले अन्तराष्ट्रिय रंगशाला बनाओस् की त प्रदेश सरकारलाई जिम्मा देओस् : सांसद यादव
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले काठमाडौँको दशरत रंगशाला संगैको नारायणी रंगशालालाई अन्तराष्ट्रियस्तरको रंगशाला बनाउनु पर्नेमा ५० लाखको बजेट छुट्याएर वीरगंजबासीसंग बैइमानि गरेको बताउनु भएको छ ।
सरकारले खेलकुदलाई प्राथमिकता दिने भन्ने तर देशकै ईतिहास बोकेको रंगशालालाई ५० लाख मात्रै बजेट छुट्याउनु हस्यास्पद कुरा भएकाले कि त अन्तराष्ट्रियस्तरको रंगशाला बनाउन सक्ने बजेट छुट्याओस् हैन् भने प्रदेश सरकार अन्तर्गत कायम गर्न माग गर्नु भएको छ ।
प्रदेश अन्तर्गत भएको भए यस रंगशालाले मर्मत सम्भारको पखाईमा गुज्याईरहेको हुन्थेन् । सांसद यादवले भने, संघले नबनाए प्रदेशले अन्तराष्ट्रिय स्तरको बनाएर देखाउने तर त्यसको अधिकार प्रदेशमा कायम गर्नुपर्ने उनको भनाई थियो ।
मधेशीलाई थोत्रो राष्ट्रियता सिकाउने कर्मा छिरिङ्ग शेर्पालाई तुरुन्त निलम्बन गर्न सांसद यादवको माग
नेपाल फुटबल महासंघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा जो मधेशी समुदायलाई अघात पुग्ने स्टेटमेन्ट दिएका छन् उनलाई यथाशिघ्र कार्वाही गर्न सांसद प्रदिप यादवले सरकार समक्ष माग गरेका छन् ।
संघिय संसदमा बोल्दै सांसद यादवले १७ सय वर्गकिलोमिटरको सिमानालाई रक्षा गर्दै आएका मधेशी समुदायलाई सेनाको व्यारेकमा गएर राष्ट्रियता सिकान दिएको अभिव्यक्ति पक्कै पनी राष्ट्र तथा राष्ट्रियताको सवालमा नभएकाले सरकारले तुरुन्त निलम्बन गर्नुपर्ने उनको भनाई थियो ।
सिमाको रक्षा गरिरहेकै कारण पटक पटक सिमानामा मधेसी समुदाय कुटिएकाले सिमानाका रक्षक मधेशी समुदायलाई अघात हुने काम अव्यवहारीक रहेकाले सरकारले निलम्बन गराउन खेलकुद मन्त्रिले समेत खुट्टा कमाउने नहुने बताएका थिए ।
देशभरका एलानी जग्गाको स्वबासि लालपुर्जा वितरण गर्न सांसद यादवको माग
देशभरमा रहेको एलानी जग्गाको स्वबासि लालपुर्जा वितरण गर्न पर्सा निर्वाचन क्षेत्र नम्बर एकका सांसद प्रदिप यादवले माग गर्नु भएको छ ।
सांसद यादवले देशभर र खासगरी तराईमा नेपाल सरकारको एलानी तर जोतभोग गर्दै आएका स्थानीयहरुको जग्गा प्रयाप्त रहेकाले स्वाबासि लालपुर्जा वितरण गर्न सांसद यादवको माग छ ।
लालपुर्जा वितरण भए नेपाल सरकारको मालपोतको कर समेत संकलन हुने भएकाले भुमि सुधार अन्तर्गत रहेको एलानी जग्गाको लालपुर्जा वितरण गर्न वहाँको माग छ ।
सांसद यादवको सहकारी मन्त्रिलाई प्रश्न बैकको अभिभावक राष्ट्र बैक, सहकारीको अभिभावकको ? जनताको पैसा लिएर भाग्नेलाई तह लगाउन राष्ट्र बैैक जस्तै भरपर्दो संस्था गठन होस्
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले सहकारी संस्थाले जनताको पैसा लिएर भाग्ने काम अत्याधिक मात्रामा भएकाले तह लगाउन राष्ट्र बैैक जस्तै भरपर्दो संस्था बनाउनुपर्ने नेपाल सरकार समक्ष माग गर्नुभएको छ ।
सांसद यादवले स्थानीय निकायलाई दिएको अधिकारले मात्रै नपुग्ने भएकाले बैंकहरुको बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंक जस्तै सहकारीहरुलाई कस्सी लगाउने त्यस्तो भरपर्दो संस्था हुनुपर्ने उनको भनाई छ ।
एक एक पैसा जम्मा गरेको रकम जम्मा पारेर टाप कस्ने सहकारीको निरन्तर गतिविधि निगरानी गर्ने र गल्ती गर्नेलाई कार्वाही गर्ने गरी त्यस्तो संस्था आवश्यक रहेको उहाँको भनाई थियो ।