प्रहरी उपरिक्षक पन्तलाई ७ प्रश्न !
लकडाउनमा प्रहरीलाई भ्याई नभ्याई छ, अझै सिमावर्ति सहरका प्रहरीलाई डिउटि खटाउनदेखी कोरोनाको जोखिम पनि उतिकै छ । यसै सन्दर्भमा प्रहरी उपरिक्षक गांगा पन्तलाई लकडाउन र प्रहरी विवादमा पर्नुको कारण लगायत समसमायिक विषय बारे कुराकानी गर्नु भएको छ । मध्य नेपाल टिभिका लागी प्रहरी उपरिक्षक गंगा पन्तसंग गरिएको कुराकानी :
१) कोरोनाको संक्रमणमा लकडाउन चलिरहँदा प्रहरीलाई कस्ता चुनौति छन् ?
आफू सुरक्षित रहँदै आम नागरिकको सुरक्षा गर्नु पर्ने दायित्व प्रहरीलाई छ । आफू नै सुरक्षित नभई आम मानिसको सुरक्षा गर्न पनि सकिदैन । फेरि यो सरुवा रोग भएको कारण ग्रुपमा बस्ने खाने भएकोले सामाजिक दूरी कायम गर्न आफै भित्र पनि समस्या छ ।
लकडाउन कार्यान्वयनको अतिरितm प्रहरी बोर्डर एरियामा भएकोले स्वभाविक रुपमा खुल्ला सिमा भएका कारण आउँने चुनौतिहरु पनि सामना गर्नु पर्ने हुन्छ । समान्यमा अवस्थामा दिइने सुरक्षालाई पनि प्रहरीले निरन्तरता दिनुपर्ने हुँदा प्रत्यक्ष रुपमा जनसम्पर्कमा रहुनु पर्ने यो एउटा चुनौति नै हो । त्यसका अतिरिक्त लकडाउनलाई आम नागरिकले सहज रुपमा नलिएको र बुद्धिजीविले पनि अन्यथा व्याख्या गरिदिने जस्ता कार्यले प्रहरीलाई अझ धेरै चुनौति थपेको छ ।
२) त्यसैले हो प्रहरीबाट हस्तक्षेप भयो भन्ने गुनासोहरु आइरहेका छन् नि ?
लकडाउन भएको अढाई महिना भइसकेको अवस्थामा यस क्रममा लकडाउन पालना गराउन खोज्दा व्यक्तिहरुले निर्वाध रुपले हिड्न नपाउदा त्यस्ता व्यक्तिबाट बढि गुनासा आएका होलान् । जहाँ पनि हिड्न पाउँनु पर्छ भन्ने कुरालाई अधिकारको रुपमा लिदा प्रहरीसंग मनमुटाव हुन सक्छ । प्रहरीले बाटोमा चेकजाँच गर्ने र अनावश्यक हिडडुल गर्नेलाई रोक्ने त प्रहरीको काम नै हो लकडाउनमा ।
यो लकडाउन कार्यान्वयनको पाटो हो । नागरिकलाई लामो समयसम्म कुनै कुरामा प्रतिबन्ध लगाउँदा स्वभाविक रुपमा प्रहरीसंग जनताको दुरी बढ्ने हुन्छ । किन भने राज्यको प्रतिनिधिको रुपमा बाटोमा प्रहरी रहेको हुन्छ र सबैलाई आक्रोश र समस्या पोख्न अग्रपक्तिमा प्रहरी हुने भएकोले प्रहरी नै पाउने हुन्छन् । त्यसैले यसलाई हामीले स्वभाविक रुपमा लिएका छौ ।
३) महिला प्रहरी प्रमुख भएको पर्सा प्रहरी क्रुर भयो भन्ने आरोप छ नि ?
यो क्रुर भयो भन्ने शब्द प्रहरीसँग मेल खादैन । यो आम नागरिकको गुनासो पक्कै पनि होइन । किन भने काम गर्ने क्रममा समस्याहरु आउँछन् । स्वभाविक रुपमा प्रहरीले चेकजाँच नगर्ने भन्ने हुँदैन । चेक जाँच गर्दा प्रहरीले गरेको चेक जाँचलाई आफ्नो मर्यादा माथिको हनन् हो भनेर नागरिकले बुझ्दा प्रहरीले काम गर्न सक्ने अवस्था हुँदैन । गलत काम गर्नेको कुरा म हिजो पनि सुन्दिन थेँ, आज पनि सुन्दिन र भोलि पनि सुन्ने छैन । प्रहरीले कानुनको परिधिमा रहेर काम गर्नु पर्ने हुन्छ । गरेका पनि छौ र गर्छौं पनि । त्यसलाई अफवाको रुपमा सामाजिक संजालमा फैलाएर केही फाइदा छैन । बरु प्रहरीको स्थान उच्च नै बनाउँछ ।
त्यस्ता अफवाह गलत मनोवृत्ति भएका केही व्यक्तिहरुले प्रहरीसंग अनावश्यक फाइदा लिन नपाउँदा त्यो गरिएको हुन सक्छ । त्यसलाई समाजले पनि हेरेको छ । हामी सबैलाई खुशी पार्न बसेका पनि होइर्नौ । राम्रो काम गर्ने हो । गलत काम गर्ने कस्को मन खुशी भएन त्यो उसको कुरा हो । राम्रो तरिकाले पुलिसिङ्ग गर्ने हो गलत काम गर्नेलाई कानुनको दायरामा ल्याउने ल्याउने हो यो प्रहरीको कर्तव्य हो । त्यही अनुसार पर्सा प्रहरीले पनि काम गरेको छ र गर्छ पनि । लकडाउनको समयमा सचेत नागरिकले त उल्टै प्रहरीले खुकुलो छोडिदियो भन्दै फोन गरिरहेका छन् ।
४) स्वास्थ्यकर्मी, सरसफाइकर्मी र संचारकर्मीसंग पर्सा प्रहरीको सम्बन्ध चिसिएको समाचारले सामाजिक सञ्जालमा व्यापक्ता पाएको थियो नि ? त्यो सहि हो र ?
पर्सामा मात्रै होइन जहाँ पनि प्रहरीका सानो कुरा ठूलो बनाउने काम हुने गर्छ । प्रहरीलाई भजाएर खेती गर्न बस्ने जमात पनि समाज हुन्छ । वहाँहरुले खेती गर्नु स्वभाविक पनि हो । आम नागरिक, संघ सस्था र संचारकर्मीहरुसंग हाम्रो सम्बन्ध बिग्रिएको छैन । पर्साको धेरै भाग ग्रामिण भेगमा पर्ने भएको हुँदा मैले आमनागरिकलाई सुसुचित गर्न संचारकर्मी, त्यसमा पनि रेडियोकर्मी उपयुक्त हुन्छन् भनेर सहकार्य गरिरहेको छु । मातहतका सबै सुरक्षाकर्मीलाई पनि त्यसरी नै निर्देशन छ ।
हामीले कहिले काही आउँने समस्यालाई सहज रुपमा लिएका छौ । कसैले सामाजिक सञ्जालमा स्टास्टस लेख्दा त्यहाँ व्यक्ति र स्टाट्स मात्रै हुदैन । उतm ब्यतिmको पृष्ठभूमि पनि जोडिएको हुन्छ । ती कुराहरुलाई आम जनताले पनि राम्रोसंग केलाउन जानेका छन् । कसले के भन्छ ? भन्दा पनि हामीले के गर्नुपर्छ ? भन्ने कुरालाई प्राथमिकतामा राखेका छौ । पर्सा प्रहरी त्यसरी नै चलेको छ । नागरिकको सुरक्षा र संक्रमण नियन्त्रणको लागि यो भन्दा कडा रुपमा प्रस्तुत हुनुपर्छ भने हामी प्रस्तुत हुन्छौ । किनकी हाम्रो दायित्व नागरिकको सुरक्षाको हो । गलत गर्नेलाई प्रोत्साहन गर्नु पर्छ भन्ने हुन्न त्यो दिइन्न पनि ।
५) ठूलालाई चैन सानालाई ऐन भने झै लकडाउनमा पहुँचवाला बाहेककालाई सास्ती दिइयो भन्ने चर्चा पनि छ नि ?
लकडाउन कार्यान्वयन गर्ने कुरामा लकडाउन के हो ? कसरी पालना गर्ने ? कस्तो स्वरुपमा लैजाने भन्ने तय गर्न नसक्दा सबैमा एक किसिमको अन्यौलता छाएको थियो । जसका कारण केही समस्याहरु देखिएका हुन सक्लान् । अब ति कुराले खासै महत्व राख्दैन । अहिले समग्रमा कसलाई छुट दिइएको छ ।
छुट पाउनु पर्ने सेवाहरु के के हुन् भन्ने तय गरिएको छ । त्यति हुँदा हुँदै पनि काम गर्ने क्रममा आउन सक्ने कुनै पनि चुनौतिहरुलाई कार्य क्षेत्रमा खटिएका कर्मचारीहरुबाट समाधान नभएको खण्डमा हामीले हेल्पडेक्सको स्थापना गरेका छौ । कसैलाई केही अनभिज्ञता भए वा समस्या भए हामीलाई १०० नम्बरमा कल गर्दा तत्कालै त्यसको रेस्पोन्स हुन्छ ।
६) अहिले प्रहरी प्रशासन अग्रपंक्तिमा रहेर काम गरिरहेको हुनाले कोरोनाको जोखिम अत्याधिक छ । पिसिआर परीक्षणको अवस्था चाही के छ ?
पर्सा प्रहरीमा ९ सय जनशक्ति छ । सबै जनाकै पिसिआर गर्न सक्ने अवस्था छैन । किनकी अहिलेको अवस्थामा हाम्रो पहिलो प्राथमिक्ता आम नागरिक हुन् । अथवा अहिले कन्ट्याक टे«सिङ्गबाट आवश्यक भनेर तोकिएका व्यक्ति छन् । त्यति हुँदाहुदै पनि काम गर्ने क्रममा संक्रमितसंग प्रत्यक्ष सम्पर्कमा आएका १ सय ५० जना प्रहरी जवानहरुहरुको पिसिआर परिक्षण गरिसकेको अवस्था छ ।
यदि त्यसरी कोही प्रहरी प्रत्यक्ष सम्पर्कमा भए भन्ने लाग्यो भने जसले भोली स्वयम प्रहरी कर्मचारी, अन्य प्रहरी, आम नागरिक संक्रमित हुने अवस्था आयो भने मात्रै हामी परीक्षण गराउँछौ । यस बारेमा नारायणी अस्पतालमा मेडिकल सुपरिटेनडेन्ट संग समन्वय गरेर काम गरिरहेका छौ । प्रहरीको पिसिआर परीक्षण भन्दा पनि अहिले प्रहरी नियन्त्रणमा भएकाहरुको पिसिआर बिना कुनै पनि व्यक्तिलाई अदालत, कारागारले नलिदिने हुँदा त्यसमा अलिकति चुनौति छ । तर त्यसमा पनि समन्वय भइरहेको छ ।
७) अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
यो अवस्थामा स्वःजागरण नै प्रमुख कुरा हो । कोही पनि व्यक्ति आफै जागरुक भयो भने यो संक्रमणबाट सक्छ र अरुलाई पनि बचाउन बल मिल्छ । अहिले आरोप प्रत्यारोप लगाउने अवस्था छैन । सबै पेशामा संलग्न व्यक्ति एक ठाउँमा भएर कोरोना संक्रमणलाई रोक्नु पर्ने अवस्था छ । एकातिर कोरोनालाई राखेर अर्कोतर्फ हामी सबै एक हुनु पर्ने अवस्था छ ।
यो समय आफूले पनि योगदान दिने समय हो । राज्यले के ग¥यो वा प्रशासनले के ग¥यो भन्ने बेला मात्र होइन । कोरोना संक्रमणलाई न्यूनिकरण गर्न आफू पनि के गर्नु पर्छ भन्ने तर्फ सबैले सोचौं ।