१) नवजात शिशु अवस्था कस्तो अवस्था हो ?
नवजात शिशु अवस्था सबैभन्दा संवेदनशिल अवस्था हो । जन्मदेखि १ महिनासम्मको उमेरलाई नवजात शिशु अवस्था भनिन्छ । यस उमेरमा शिशुलाई बाहिय वातावरणमा समायोजन हुन निकै कठिन हुन्छ । यो अवस्थामा आमा तथा परिवारले शिशुका बारेमा विषेश ख्याल राख्नुपर्छ ।
२) चीसो मौसममा नवजात शिशुलाई लाग्ने रोगहरु मुख्य के–के हुन् ?
नवजात शिशुको शरीर धेरै नै संवेदनशिल हुन्छ । स्याहारमा थोरै कमिकमजोरीले पनि संक्रमणको जोखिम बढाउँछ । संक्रमणले निमोनिया, मेनेन्जाईटिस र मृर्गौला सम्बन्धी समस्या हुन सक्छ । नेपालमा १९ प्रतिशत नवजात शिशुको मुत्यु संक्रमणकै कारण हुने गरेको छ ।
बच्चामा कम तौल वा चिसो बढी भएमा हुने रोगलाई हाईपोर्थमिया भनिन्छ । जाडोको समयमा बच्चालाई न्यानो राख्न सकिएन भने बच्चाको तापक्रम घट्न गई बच्चा चिसो हुने, शरीर नतात्ने र खाएको पनि शरीरमा नलाग्ने हुन सक्छ । श्वास लिन गाह्रो भई श्वास बन्द पनि हुन सक्छ । यो ठूलो कन्सर्न हो । जसलाई हाइपोर्र्थमिया भनिन्छ ।
३) महिलाले गर्भावस्थामा आफुलाई कसरी सुरक्षित राख्दा स्वस्थ्यकर बच्चा जन्माउन सक्छन् ?
स्वस्थ आमाबाट नै स्वस्थ बच्चाको अपेक्षा गरिन्छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो । बच्चा पेटमा रहँदा आमाले गर्ने खानपानले पनि बच्चाको स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ । पोषणयुक्त र ताजा खानपान गरेको छैन, डाईट मिलाएको छैन भने बच्चा रोगी जन्मिने खतरा रहन्छ । त्यसैले एउटा गर्भवती महिलाले खानपानदेखि आराम, व्यायाम लगायत कुरामा निकै ध्यान पु¥याउनु पर्ने देखिन्छ । यस्तो समयमा आराम बढी गर्नु पर्दछ । समय समयमा स्वास्थ्य परीक्षण गराई रहनु पर्छ । कुनै समस्या भएको खण्डमा डाक्टरसंग प्रत्यक्ष रुपमा नलुकाई समस्या बताउनु पर्छ ।
४) जन्मिसकेपछि अहिले पनि जनचेतनाको स्तर शहरभन्दा ग्रामिण भेगमा कम छ नि ? तपाईहरुको अनुभव चाही के छ ?
जनचेतना गाउँमा मात्र हैन कि शहरमा पनि कमि छ । नवजात शिशुलाई के चाहिन्छ भने ? त्यो बुझ्न जरुरी छ । शिशुलाई केही गर्ने हैन कि आमाको दूध खुवाउने, तातो, न्यानो र सफा बनाइराख्ने । यो तिन कुरालाई ध्यानमा राख्यौ भने इन्फेक्सन हुनबाट जोगिन्छ । यसमा तेल गाजलको कुरा छैन । यो ट्रम बच्चाको लागि हो । जुन बच्चा समयमा भइरहेको छ, सानो छैन समयमा भएको छैन तर एउटा बच्चा प्रिटम भएको छ भने त्यसमा के कुराहरु जोडिदिनु पर्छ त्यो संगसंगै कुनै समस्या छ भने हामीले सपोर्ट गरिदिनु पर्छ । एउटा सानो बच्चा भएको छ भने उसलाई सास फेर्न अफठ्यारो भएको छ भने अक्सिजन दिएर सजिलो बनाइदिनु पर्दछ । ट्रम बच्चा वा नरमल बच्चालाई तिनवटा कुरा बाहेक केही नलगाउने । जुन तरिकाले रोक्छ त्यही तरिकाले सपोर्ट गर्नुपर्दछ ।
५) नाक, कान, आखाँ र नाइटोमा तेल हाल्नु गलत हो ?
जसरी मिडिया मार्फत वा स्थानीयस्तरकै स्कूल, राजनीतिकर्मी र सरोकारवालासंग समन्वय गरेर काम गर्नुपर्दछ । या कुनै स्वास्थ्यकर्मी कहा जचाउँन जानुहुन्छ भने गर्भमा बच्चा रहँदा त्यति बेला नै हामीले उहाँहरुलाई सम्झाउने गर्छौ । किनभने अचानक एकदिन उसको बच्चा काखमा हुन्छ । त्यो दिन मात्र तपाइले ज्ञानगुनको कुरा गर्नु हुन्छ भने उसले तपाईको कुरा सुनेको हुदैँन । तर त्यहि कुरालाई हामीले सुरुदेखि काउन्सेलिङ्ग गर्यो भने उनीहरुले आफ्नो व्यवहारमा परिवर्तन ल्याउछन् ।
६) कुनै महिलाको दुध नआएर जन्मेको ४–५ दिनमा नै अरु पौष्टिक आहार खुवाएको पनि चलन छ नि ?
बच्चा हुने वित्तिकै आमाको दुध थोरै आउँछ । यो पनि एउटा मेकानिजम हो । किन दुध थोरै आएको हो त ? किनभने पहिलो ३ दिन बच्चालाई दुध बढी चाहिदैन । १–२ थोपा दुध खाए पनि फरक पर्दैन । पहिलो ७ दिनमा बच्चाको तौल कम हुन्छ । उसको शरीरमा पानी बढी नै हुन्छ । यदि हामीले बाहिरबाट दुध दियो भने पानी निस्कन पाउँदैन । त्यो हाम्रो नकरात्मक सोच हो । बच्चा हुने बित्तिकै बढी दुध खुवाउनु पर्छ । आमाको जति दुध आउँछ त्यति नै धेरै हुन्छ । त्यो बिस्तारै दुध बढ्दै जान्छ । जसरी बच्चाको खानाको मात्रा बढ्दै जान्छ त्यसरी नै आमाको दुध पनि बढ्दै जान्छ ।
७) आमाको दूध अमृत समान मानिनुको कारण के हो ?
शिशु जन्मिएको आधा घण्टा भित्र स्तनपान अर्थात आमाको दूध खुवाइ सक्नु पर्छ । आमाको पहिलो बिगौती दूध खुवाउँदा शिशुको शरीरभरी पुग्छ । बिगौती दूध शिशुका लागि पहिलो खोप सरह मानिन्छ । यही दूधले नै शिशुमा रोग प्रतिरोधात्मक क्षमताको रक्षा गरी शिशुलाई स्वस्थ्य राख्ने काम गर्छ । यस्तो दूधमा भिटामिन ए प्रशस्त पाइने हुँदा शिशुको आन्द्रा तथा नसाहरु परिपक्व बनाउन सहयोग गर्छ । यस कारण नवजात शिशु अवस्था जीवनको निर्धारक भनिन्छ । यो अवस्थामा शिशुको हरेक क्रियाकलापका लागि नौलो र चुनौतीपूर्ण अवस्था हो । शिशुको साल, नाल काट्दा विशेष सावधानी अपनाइएन भने विभिन्न खालको सङ्क्रमण भई दीर्घरोग लाग्नुका साथै शिशुको मृत्यु समेत हुन सक्छ ।
८) कस्तो शिशुलाई एकदम स्वस्थ्यकर शिशु भनिन्छ ?
एउटा त ९ महिनामा जुन बच्चा भएको छ। जुन बच्चा कम से कम अढाइ केजी र अझ ४ केजी सम्मको छ । जुन बच्चा हेर्दा चञ्चल छ । आखाँ हेर्दा चञ्चल र अरु बेला सुती रहेको छ । सधारणतया बच्चाहरु हात खुट्टा छातीमा राख्छन । उसले कम से कम ३० पटकभन्दा बढी सास लिइरहेको हुन्छ । उसको धडकन नरमल १२० जति हुन्छ । उसलाई छाम्नु पर्यो भने न्यानो महसुस हुन्छ । उसको तापक्रम ९७.५–९९.५ हुन्छ । त्यो बच्चाले २ देखि ३ घण्टामा खान्छ । अनि सुत्छ । एक दिनमा लगभग ६ देखि ८ पटक सम्म पिसाब फेर्छ । उसले आमाको दुध खाएको बेला यस्तो पनि हुन सक्छ कि २–३ दिन सम्म दिसा नगरोस् या कहिले १ दिनमा १०–१५ पटक सम्म पनि दिसा गर्छ । यदि उसको पेट फुलेको छैन, बान्ता गरेको छैन भने ऊ स्वस्थ्यकर बच्चा भनिन्छ ।
९) यस अवस्थामा अभिभावकले ध्यान दिनुपर्ने मुख्य कुरा के हुन् ?
यो अवस्थामा आमा तथा अभिभावकले शिशुका लागि विशेष ध्यान दिनुपर्छ । आमाले शिशुलाई स्तनपान गराउनु पहिले नै दूधलाई राम्ररी सफा गरी जन्मिएको आधा अण्टाभित्र दूध चुसाउनुपर्छ । जन्मने बितिकै नुहाउनु हुदैन । सफा कपडाले पुछ्नुपर्छ । आमा र शिशु दुवैको स्वास्थ्यमा बढी सचेत हुपर्छ । शिशुलार्ई दुई घण्टाको फरकमा दूध चुसाउनु पर्छ । नाइटो पाक्ने, दूध नचुस्ने, पिसा कम फेर्ने, बढी रुने लगायतका समस्या देखिए तत्काल अस्पताल लैजानुपर्छ । तातो पार्ने नाममा झ्याल ढोका बन्द गरेर आगो, हिटर वा ब्रिकेट केहीमा पनि सेक्नु हुँदैन । अक्सिजन खुल्ला छिर्ने ठाउँ हुनुपर्छ । आँखामा गाजल, कान वा नाइटोमा तेल लगाउनु हुँदैन । यसो गर्दा विभिन्न खालका सङ्क्रमण देखिन सक्छ । सुत्केरी हुँदा अप्रेसन गरेको परिस्थितिमा वा विशेष कारणले शिशुले दूध खान पाएन भने ल्याक्टोजिन वा गाईको दूध विशेष सरसफाई गरेर चिकित्सकको सल्लाह बमोजिम खुवाउनुपर्छ ।