एक महिला सहित एकसय दुईजनाले रक्तदान गरेका छन् । लकडाउनमा रगतको अभाव परिपुर्ति गर्न जी.पी.कोइराला फाउण्डेसनले अकास्मिक रक्तदान कार्यक्रममा एक महिला सहित एकसय दुईजनाले रक्तदान गरेका छन् ।
फाउण्डेसनका संयोजक मोहमद शाहबुद्दिनको समापतित्वमा आयोजित रक्तदान कार्यक्रममा कृष्ण ओझा, मनोहर साह, संतोष गुप्ता, मोहम्मद शाहबुद्दिन, नवाज अलि, राजेश क्षेत्री, किरण केसी, आशिष यादव लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाली काग्रेंस पर्साका जिल्ला सभापति अजय कुमार दुवेदी, नेपाली काग्रेस पुर्व सांसद अनिल कुमार रुगंटा, प्रदेश सभासद ओमप्रकास शर्मा, वीरगंज महा नगरपालिकाका उप प्रमुख शान्ति कार्की, वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल, नेत्र ज्योति संघका केन्द्रिय सदस्य श्याम कुमार पोख्रेल, नेपाली काग्रेसका महा समिति सदस्य प्रकास उपाध्याय, नेपाली काग्रसका युवा नेता राम नारायण कुर्मी, फाउण्डेशन पर्साकी सहसचिव मीण्टु देवि सिंह, फाउण्डेशनकि सदस्य प्रीति सिंह, फाउण्डेशन पर्साका सल्लाहकार हरेराम ठाकुर, प्रध्यापक एवम समाजसेवी रुदल ठाकुर लगायतको उपस्थिति रहेको थियो ।