नेवि संघ पर्साको जिल्ल अधिवेसनको उद्घाटन सत्र सम्पन्न भएपनि आपसी मतभेदका कारण नेतृत्व चयनको विषयलाई लिएर संगठन भित्र व्यापक विवाद देखिएको छ ।
पटक पटकको प्रयास पश्चात झन्डै १० वर्ष पछि गत शनिबार नेपाली विद्यार्थी संघ पर्साको अधिवेशनको उदघाटन सत्र सम्पन्न भएपनि नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरुको हटका कारण नेतृत्व चयन हुन नसकेको नेवि संघका विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।
अध्यक्ष पदका लागि जीवन सापकोटा, विस्वास रञ्जन द्विवेदी र राम निवास यादवले उम्मेद्वारी दिएपनि पार्टीका जिल्ला सभापति अजय द्विवेदी र सचिव श्याम पटेलले एकलौटी किसिमबाट आफ्नो निकटका व्यक्तिलाई जिल्ला अध्यक्षमा मनोनित गर्न खोजे पछि अधिवेशन अगाडि बढ्न नसकेको विद्यार्थी नेताहरुले बताएका छन् ।
आफ्नो निकट र नातेदार पर्ने विश्वास रञ्जन द्विवेदीलाई सर्वसहमतबाट नेवि संघको अध्यक्षमा चयन गर्ने सभापति द्विवेदीको अडानका कारण अधिवेशन अगाडि बढ्न नसकेको नेवि संघका एक विद्यार्थी नेताले बताए । उनका अनुसार जिल्लाका अन्य नेताहरु नेवि संघको कार्यसमिति चयन निर्वाचन प्रणालीबाट गर्ने पक्षमा रहे पनि पार्टीका अध्यक्ष र सचिवको हटकै कारण जिल्लामा अझै नेवि संघलाइ नेतृत्व छान्न समस्या भएको हो ।
संघको १२ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र गत २३ गते सम्पन्न भएको थियो । उद्घाटन सत्र सम्पन्न भए पनि केन्द्र र अन्य जिल्लाका नेताहरुले बन्द सत्र मार्फत नेतृत्व छान्ने प्रयास गर्दा पनी आपसी मतभेदका कारण प्रयास विफल हुँदै आएको छ । तिन उम्मेदवार मध्ये पार्टीका सभापति द्विवेदीले आफ्नो नातेदार पर्ने विश्वास रञ्जन द्विवेदीलाई अप्रजातान्त्रिक तरिकाबाट अध्यक्षमा उचाल्न खोजे पछि अधिवेशन भाडिएको हो ।
ढिलो भईरहेको नेतृत्व चयनको विवादलाई सल्टाउन पार्टीले पर्सा क्षेत्र नं. १ का सभापति विजय सर्राफको नेतृत्वमा एउटा निर्वाचन समन्वय समिति समेत गठन गरेको छ । पार्टी सचिव श्याम पटेल, कोषाध्यक्ष इम्तियाज आलम, नेवि संघ पर्साका पुर्व अध्यक्ष बैकुण्ठ श्रीवास्तव, केन्द्रिय सदस्य सुधिर पटेल र बद्रि नारायण तिवारी रहेको उक्त ६ सदस्यी समिति पनि पार्टी सभापतिले आफ्नो निकटका व्यक्तिलाई राखेको भन्दै विद्यार्थीहरुले त्यसको समेत विरोध जनाएका थिए ।
यस सन्दर्भमा नेवि संघका केन्द्रिय सदस्य बद्रि नारायण तिवारी संग बुझ्दा उनले यस्तो कुनै विवाद नरहेको प्रस्टयाए । नेतृत्व चयनको विषय लगभग टुंगो लागिसकेको अवस्था छ, उनले भने, आजभोलिमा निर्णय आउछ । अलि ढिलो भएपनि कुनै विवाद छैन, निर्वाचन भन्दा पनि सबैलाई समेटेर सर्वसहमतबाट अध्यक्ष छान्ने पक्षमा हामि छौं । संगठन भित्र लगानी, दृढता र सबैलाई एक ढिक्कामा राखेर अगाडि बढ्न सक्ने क्षमता भएको व्यक्तिलाई नै हामीले नेतृत्व तहमा पुर्याउन खोजेका हौँ । यसमाआफ्नो व्यक्तिलाई प्राथमिकता दिने जस्तो कुनै कुरै नरहेको बताए ।
यता नेवि संघका जिल्ल संयोजक दिलिप कार्कीले बल जबरजस्ती गरेर पनी भएन् पार्टी भित्रको केही समस्या रहेपनी केहि समयका लागि अधिवेशन स्थगित गरिएको बताए । प्रजातान्त्रिक विचारधारको पार्टी भएकोले थोरै मतभेद देखिएको हो, यो त १४ वर्षपछी न जिल्ला अधिवेशन हुदैँछ त्यसले गर्दा अली समय लागेको उनले बताए । यस्तो जहाँ पनि हुन्छ, हामि आफै पनि पूर्ण रुपले सहमति गराएर दिर्गकालिन रुपमा नेतृत्व चयन गर्न खोजेका छौँ, कार्कीले भने, छिटै यसको समाधान भेट्छ र जिल्लमा रहेको मतभेद पनि अन्त्य गर्न हाम्रो प्रयास रहेकोले केहि ढिलासुस्ती भएको बताए ।