नेपाललाई भारतसँग जोड्ने एकमात्रा रेलमार्ग वीरगन्ज स्थित सुख्खा बन्दरगाह संचालनको लागि टेण्डर प्रक्रिया टुंगिएको छ । आ.व. २०७७/०७८ देखि आगामी पाँच वर्षको लागि सुख्खा बन्दरगाह संचालनको जिम्मा भारतको न्यू दिल्ली स्थित प्रिस्टाइन मेगा लोजिस्टिक पार्क प्रा.लि.ले पाएको छ ।
विगत ५ महिना अगाडि २०७६ मंसिर २४ गते सुख्खा बन्दरगाह संचालन गर्ने नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडेल यातायात विकास समितिले आह्वान गरेको टेण्डर प्रक्रियाबाट प्रिस्टाइन मेगा लोजिस्टिक पार्क प्रा.लि.ले आगामी ५ वर्षको लागि सुख्खा बन्दरगाह संचालनको लागि ठेक्का साकार गरेको छ । उक्त कम्पनीले ३ अर्व ३३ करोड रकम कबोल गरेपछि सुख्खा बन्दरगाह संचालनको ठेक्का प्रिस्टाइन प्रा.लि. ले पाउने भएको हो ।
सुख्खा बन्दरगाह संचालन गर्ने क्रममा प्रिस्टाइनले नेपाल इन्टरमोडेल यातायात विकास समितिलाई प्रत्येक वर्ष पाँच किस्ता मार्फत रकम भुक्तानी गर्ने सहमति भएको छ । पहिलो वर्ष ३३ करोड, दोश्रो वर्ष ४० करोड, तेश्रो वर्ष ५३ करोड, चौथो वर्ष ६७ करोड तथा पाँचौ वर्ष ८२ करोड भुक्तानी गर्ने सहमति भएको नेपाल इन्टरमोडेल यातायात विकास समिति (आई.सि.डि.) वीरगन्जका प्रमुख कमल ज्ञवालीले बताए । सुख्खा बन्दरगाह ठेक्का लगाउनका लागि टेण्डर आह्वान गरिएपछि नेपालका एक वटा तथा भारतका चार वटा कम्पनीले प्रतिस्पर्धा गरेको थियो ।
टेण्डर प्रतिस्पर्धामा नेपालका हाइवे जगदम्बा जे.वि. तिनकुने काठमाडौं तथा भारतका प्रिस्टाइन मेगा लोजिस्टिक पार्क प्रा.लि., न्यू दिल्ली, कन्टेनर कर्पोरेशन अफ इन्डिया (कोनकर) मातहतका हिमालय टर्मिनल प्रा.लि., आदानी लोजिस्टिक लि. गुजरात तथा इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फास्टक्चर प्रा.लि. महाराष्ट्रले भाग लिएका थिए । प्रतिस्पर्धाको क्रममा सबैभन्दा अग्र स्थानमा रहेको प्रिस्टाइन मेगा लोजिस्टिक पार्क प्रा.लि.ले ३ अर्व ३३ करोड रकम कबोल गरेको थियो भने दोश्रो स्थानमा रहेको हिमालय टर्मिनलले २ अर्व ८१ करोड ९० लाख रकम कबोल गरेको थियो ।
विगत १५ वर्षदेखि सुख्खा बन्दरगाह संचालन गर्दै आएको (कोनकर) कन्टेनर कर्पोरेशन अफ इन्डिया मातहतका हिमालय टर्मिनल भने यस पटकको टेण्डरमा दोश्रो स्थानमा परेको छ । हिमालय टर्मिनलले कबोल गरेका रकम भन्दा लगभग ५० करोड बढि रकम प्रिस्टाइनले कबोल गरेपछि सुख्खा बन्दरगाह संचालनको ठेक्का पाएको हो । यसरी नै तेश्रो स्थानमा रहेको आदानी लोजिस्टिक लि. ले २ अर्व ८० करोड ६० लाख रकम कबोल गरेको थियो भने चौथो स्थानमा रहेको हाइवे जगदम्बा जे.वि. तिनकुने काठमाडौंले २ अर्व ४६ करोड रकम कबोल गरेको थियो ।
यसरी नै पाँचौ स्थानमा रहेको इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फास्टक्चर प्रा.लि. महाराष्ट्र भारतले २ अर्व ४४ करोड ५० लाख रकम कबोल गरेको थियो । सुख्खा बन्दरगाह संचालनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका नेपाल इन्टरमोडेल यातायात विकास समितिले न्यून्तम २ अर्व ४० करोड रकम माग दाबी गरेको थियो । विगत १५ वर्षदेखि सुख्खा बन्दरगाह संचालन गर्दै आएको हिमालय टर्मिनलको म्याद यही असार २२ गते सकिँदैछ ।
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न