नेपाल दरुण दल पर्साले रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्यरालाई कडा कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
पुनलाई तत्कालै सहिद घोषणा गर्नुपर्ने, उच्च स्तरीय छानविन हुनुपर्ने लगायतको माग राख्दै प्रजिअ मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको हो ।
गत आईतबार महामानव विपि कोईरालाको १०५ औं जन्म जयन्ती देशैभरी मनाई रहदाँ रोल्पा सुुलिचौर बजारमा नेकपाका कार्यकर्ता देव घर्ति लगायतका हातहतियार धारी समूहले रोहित पुनको निर्मम तरिकाले गोलि प्रहार गरि हत्या गरेको भन्दै उनको परिवारलाई राहत प्रदान गरी हत्यारालाई छिटो भन्दा छिटो कडा कार्वाही गराउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
अहिलेको सरकारले दुई तिहाईको दम्भ देखाउदै लोकतन्त्रको हन्न र मुलुकलाई अधिनायकबाद तिर धकेल्न लागेको नेविसंघ पर्साका तत्कालिन सभापति दिलिप राज कार्कीले आरोप लगाए । उनले भने कम्युनिष्टहरुको सरकार भएदेखि नै मुलुकमा अशान्ति, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरुको बढोतरी भईरहेकोले यो सबैको विरुद्धमा सरकारले गम्भिर भएर कदम नचाले कांग्रेश आन्दोलनमा समेत जान सक्ने तर्क गरेका थिए ।
महिला हिंसामा परेका नारीहरुको सुरक्षा गर्न सक्ने समिति चयन गर्दा समेत आफ्नै पार्टीका मान्छे राख्ने र बलात्कारी मान्छेलाई बचाउने काम सरकारले गरिरहेको उनिहरुको गुनासो थियो ।
वीरगंजको घण्टाघरबाट निस्केको ¥यालीमा नेपाल तरुण दल पर्साका सचिव विवेक चौरसिया, नेविसंघ पर्साका संयोजक दिलिप राज कार्की, युवा नेता राकेश यादव, रामबिलास यादव, सुधिर पटेल लगायत नेविसंघ र तरुण दल पर्साका विधार्थी नेताहरुको उपस्थिति रहेको थियो ।