पर्सामा हरेक नयाँ अफिसर आएपछि उनीहरुको एउटा एजेण्डा बन्ने गर्छ वीरगन्जलाई सुन्दर र व्यवस्थित शहर बनाउने अभियान । यो पटक पर्सामा आएको प्रहरी उपरिक्षक गंगा पन्तले पनि त्यो एजेण्डालाई अभियानका रुपमा अगाडी बढाउने कुरा गरेकी छन् । यसको लागि आमनागरिकको भूमिका भने अहम् हुनुपर्ने उनको तर्क छ । कोरोनाको माहामारीको कारणले सबैलाई समेट्न त सकिएको छैन । तर आगामी दिनमा समाजिक उतरदायित्य बाकेर अगाडी बढेका ब्यतिm र संस्थालाई समेटेर अगाडी बढ्ने प्रहरी उपरिक्षक पन्तको भनाइ छ ।
व्यवस्थित र सुन्दर शहर बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका, वीरगञ्ज उद्योग वाणिज्य संघ, व्यवस्थित वीरगञ्ज अभियानलगायतसँग सहकार्य गर्दै अभियान अगाडी बढाउने जनाइएको छ । उद्योग वाणिज्य संघ, बैङ्कर्स एसोसियसन, जवाफदेहिताका लागि हाम्रो अभियान, वीरगञ्ज युवा समाज, सानो पाइला, भोलिन्टियर लगायत ४१ वटा सरकारी तथा गैर सरकारी संघ संस्था लगायतले अभियानमा सहयोग गर्न सहमति गरेको बताएका छन् ।
विश्वभरि महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण रोकथामकाको लागि विविध जनचेतनामूलक कार्यक्रम गर्न, पर्सामा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न समुदाय प्रहरी साझेदारीमा अभिवृद्धि गर्ने, सरोकारवालालाई नै जिम्मेवार बनाउने, अपराध अनुसन्धान, अपराध रोकथाम तथा नियन्त्रण गर्न र आपराधिक गतिविधिको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन समुदायलाई नै जिम्मेवार बनाउने, महिला तथा बालबालिका एवं अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि विभिन्न अल्पकालीन र दीर्घकालीन कार्यक्रम गर्ने उद्देश्यले अभियान सञ्चालन गर्ने प्रहरी उपरीक्षक पन्तको भनाइ छ ।
प्रतिबन्धित औषधिहरू सीमापारि सहजै पाइन्छ । सवारी पार्किङ व्यवस्थित नहुँदा वीरगञ्ज अस्तव्यस्त देखिएको छ, अहिले सीसीटीभी हेरेर अपराधी समात्न सक्ने अवस्था छैन, एसपी पन्तले तर्क गरिन्, ‘समुदायसँग गरिने सहकार्य, समझदारी, सहमति र सद्भावको विकास नै व्यवस्थित वीरगञ्जका लागि समुदाय प्रहरी साझेदारीको परिकल्पना हो उनले भनिन् ।’
पहिलो चरणमा, वीरगञ्जको फुटपाथ, सडक, फलफूल तथा तरकारी बजार व्यवस्थित गर्न तत्काल काम सुरु गर्ने, स्वास्थ्य तथा अन्य सुरक्षा सचेतनामूलक कार्यक्रम गर्ने, सीसीटीभी जडान र विस्तारका लागि पहल गर्ने, लागुपदार्थको ओसारपसार, दुव्र्यसन नियन्त्रणका लागि आवश्यक कदमहरू चाल्ने, मोटरसाइकल चोरी, लुटपाट आदि जस्ता समस्या आउन नदिने तयारी गरिएको छ । त्यसका लागि एसपी पन्तले आइतबार बिहान सरोकारवालालाई बोलाएर अभियानको बारेमा जानकारी समेत गराएकी छन् । रामजानकी मन्दिर र बिमा संस्थानको जग्गा समेत भाडामा लिएर पार्किङका लागि प्रयोग गर्ने तयारी महानगरको छ । वन वे निर्धारण, पार्किङस्थल छनौट, वन साइड पार्किङ र रोड फर्निचर लगायतका कार्यका लागि महानगरसँग सहकार्य भइरहेको ट्राफिक प्रहरी निरीक्षक कमलराज पण्डितले बताए ।
जनताले अपेक्षा गरेको जस्तो महानगर बनाउँछु : सरावगी
सुन्दर र व्यवस्थित शहरको लागि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जनताले चाहेको जस्तो महानगर बनाउने फेरि पनि दावी गरे । तर त्यसको लागि पहिला आम नागरिकको मानसिकतामा परिवर्तन हुनु पर्ने उनको तर्क छ । संघ संस्था र नागरिक समाजले साथ दिएकै कारण वीरगञ्जले पीसीआर मेसिन खरिद गर्न सकेको बताउँदै उनले सबैको साथ पाए दुई वर्षमा वीरगञ्जलाई समृद्ध शहर बनाउँछु उनले दावी गरे ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले काम पनि नगर्ने र आलोचना मात्रै गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । खुसी खुसी जे गर्न सक्नुहुन्छ गर्नुस्, गर्न नसक्ने आँट पनि नगर्नुस्, अरूको आलोचना मात्रै गरेर नबस्नुस्,’ अध्यक्ष केडियाले भने, ‘सीसीटीभी जडानका लागि वीरगञ्जमा पैसाको कमी छैन पुग नपुग जोहो पनि गर्न सकिन्छ । हामी होस्टेमा हैंसे गरी साथ दिन्छौं उनले भने ।
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न