रामनगिना प्रसाद कानु वीरगंजवासीको लागी नौलौ नाम भने पक्कै होईन । २०२६साल कार्तीक १५ गते बीरगज महानगरपालिका वडा नम्वर १० मा जन्मिएका कानु हाल वीरगंज महानगरपालिका वडा नम्वर १०का निर्वाचीत वडाअध्यक्ष हुन । बुवाको निधन पश्चात जिवन कष्टकर बितेको उनले बताए परिवारको सम्पुर्ण जिम्मेवारी बहन गर्नु पर्ने भएकाले सोचे जति पढाई पढन नसकेकोमा आफै संग जिवनमा गुनासो रहेको तितो सत्य उनले पोखे । पारिवारीक समस्या टार्नलाई बीचैमा पढाईलाई बिराम लगाई चप्पल फ्याक्ट्रीमा कामदारको रुपमा काम गर्न सुरु गरेको उनले बताए । काम गरेको केही बर्ष पश्चात आफ्नै सानो चप्पल ब्यवसाय सुरु गरेका कानु ,कडा मिहेनत परिश्रम र लगनशिलताका कारण हाल २०० जना कामदारलाई रोजगार दिन सफल भएका छन ।
समाज सेवा गर्ने चाहाना भएकाले घडिअर्वा छठ पोखरी संचालक समितीको अध्यक्ष समेत रहि कार्य गरि हाल शिव पार्वती मठ संचालक समितीको अध्यक्ष समेत रहि कार्य गदै आईरहेका छन । २०४५ साल देखी नेपाली कंग्रेसमा आबद्ध भएका कानु निरन्तर सोही पार्टीमा आबद्ध रही राजनीतिक गरेका हुन । ब्यवसाय राजनीतिक तथा समाजसेवामा निस्वार्थ भई कार्य गरेकै कारण आज उनले जनताको विश्वास जित्न सफल भए । यो अंकमा मध्य नेपालले तिनै वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष रामनगिना प्रसाद कानुसंग समसामयिक विषयमा गरिएको कुराकानी :
१) वडा नम्वर १० लाई समृद्ध बनाउन के के योजना बनाउनु भएको छ ?
सबै भन्दा पहिला नाला सडक सरसफाई बिजुली मा जोड दिएका छौ यस वडामा जन चेतना छैन अब जन चेतना दिनको लागि पनि विभीन्न प्रक्रियाहरु अगाडि बढाउदै छौ त्यसका साथ साथै शिक्षामा पनि जोड दिदैछौ ।
२) प्रदेश नम्वर २ मा मधेशी पार्टीको बाहुल्यता हुदाँ हुदै तपाई नेपाली कंग्रेस बाट कसरी विजयी हुनु भयो ?
मैले धेरै पहिला देखि नै सामाजिक कामहरु गर्दै आईरहेको थिए त्यसै कारणले मलाई जनताहरुले नै रोजाएर मैले नेपाली कंग्रेस बाट टिकट पाए र विजयी पनि हुन सफल भए ।
समाज सेवी भएको कारणले नै आफ्नो स्वार्थ भन्दा अरुको खुुसीको लागि काम गर्दै आएकोले नै मलाई यस १० नं. वडा बासीले विजयी गराएका हुन ।
३) यस वडा बासीलाई घर घरमा सिंह दरबार आएको महसुस गराउन सक्नु भएको छ त ?
हामीले घर घरमा सिंह दरबार आएको महसुस गराउन सकेका छैनौ किनकी धेरै जसो गल्ती महानगरपालिकाको पनि छ, फोहर व्यवस्थापन का लागि ट्रयाक्टर पठाउन भनौ भने कहिले कर्मचारी छैन कहिले ट्रयाक्ट छैन जस्ता अन्य बहानाहरु गर्छन । जुन सरकारले सिंह दरबार आएको महशुुस गराउन सबै कामहरु वडा मै हुन्छ भनेको थियो । त्यो काम केहि पनि वडा स्तर बाट हुन पाएको छैन सधै जनतालाई महानगरपालिका नै दौड्न परिरहेको अवस्था छ ।
४) यहाँले राखेका एजेन्डाहरु पारित गर्नलाई कतिको कठिनाई या सजिलो भयो ?
एजेन्डाहरु परित गर्न कठिनाई नै परेको अवस्था छ जुन वडास्तरमा पाउनु पर्ने अधिकार नपाएर धेरै गाह्रो भएको छ खास कारण चाहि के हो भने सरसफाईको लागि पनि समस्या नै भएको छ जनतालाई चाहिने भनेको नै सडक नाला विजुली अन्य कुरा नै हुन जहा फोरम नेपालको बाहुलयता बढि छ त्यहा त हामी नेपाली कंग्रेस एमाले लाई अपहेलना गरेको अवस्था छ यो आर्थिक वर्षमा जे जस्तो भए पनि आउदो आर्थिक वर्षमा अली राम्रो हुन्छ भन्ने विश्वास राखेका छौ ।
५) यस वडामा भएका महिला तथा बेरोजगार युवाहरुको लागि के योजना बनाउनु भएको छ ?
हाम्रो योजना बेरोजगार महिलाहरुको लागि सिप मुलक तालिम जस्तै सिलाई कटाई ब्युटीसियन लघु उधम जस्ता विभिन्न किसिमका सिप सिकाई उहाहरुलाई रोजगारी दिन सक्षम बनाउने हाम्रो योजना छ ।
वेरोजगार युवाहरुको लागि यहि आफ्नो देशमा केही सिपहरु सिकेर आफै देशमा रोजगारीको सिर्जना गराउने लक्ष्य दिएका छौ । यस वडामा ग्रीन सिटी आर्दशनगर पर्छ र यस्तो सुन्दर वडामा केहि उधोगहरु सन्चालन गरि वेरोजगारी युवाहरुलाई अवसर प्रदान गराउन उद्देश्य राखेको छु ।
६) यो वडामा घडिर्अवा पोखरी पनि रहेको छ । यस पोखरीको व्यवस्थापन कसरी राख्ने योजना बनाउनु भएको छ ?
यो स्थानिय निकाय को चुनाव हुनु अगावै देखि नै घडिअर्वा पोखरी ठेक्कामा लागि सकेको थियो पहिले कर्मचारी तन्त्र थियो त्यसै कारणले ठेक्कामा लगाईयो तर यो गलत कुरा हो । यस घडिअर्वा पोखरीलाई पर्यटकीय स्थल बनाएर राम्रो सँग सरसफाई गराएर रमणीय स्थल बनाउने यस पोखरीको बिचमा रहेको सुर्य नारायण मन्दीरको संरक्षण र पुजा पाठ गराउने लक्ष्य लिएका छौ मैले यस पोखरीको विषयमा महानगरपालिका को बोड बैठकमा पनि कुरा राखि सकेको छु उहाँहरु सबै जनाको साथ र सहयोग पाए भने एउटा रमणीय तथा पर्यटकीय स्थल बनाउने योजना रहेको छ ।
७) यस वडामा घडिर्अवा पोखरी बाहेक अरु केहि सार्वजानिक सम्पतीहरु छन् ? यदि छन् भने के के छन् जसबाट आर्थिक लिन सकियोस् ?
यस वडामा घडिर्अवा पोखरी र ठाकुरराम क्याम्पस पनि छ । यस वडामा शिव पार्वती मठ पनि रहेको छ यस ठाउलाई रमणीय ठाँउ बनाउने इच्छा छ जस्तै हाम्रो वडामा समसाान घाट पनि छ त्यस ठाँउलाई पनि व्यवस्थित गर्ने योजना बनाएका छौ ।
कुनै ठाँउमा पनि कुनै शुल्क नलगाई निःशुल्क सबै ठाँउमा मानिसहरु हिड डुल गर्न पाउने बनाउछौ यसको लागि वडा स्तर मै बजेट छुट्याउछौ जस्तै अहिले घडिअर्वा पोखरीमा ठेकेदारले अति नै शुल्क लिदै आई रहेको छ त्यस क्षेत्रमा केहि कार्डहरु व्यवस्था गरेर केहि न्युन शुल्क लिएर सहज वातावरणमा घुम फिर गराउने हाम्रो योजना रहेको छ ।
८) वडा नम्वर १० का बासीले तपाईलाई विजयी गराउनु भयो अब तपाई यहाँको वडा बासीलाई के दिने योजना छ ?
सबै भन्दा पहिला उहाँहरुलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु उहाँहरुले जति मलाई विश्वास गरेर मत दिएर जिताउनु भएको छ उहाँको विश्वासलाई म सधै कदर गर्छु । सधै उहाँहरु कै लागि काम गर्ने छु भन्ने विश्वास दिलाउन चाहन्छु ।