वीरगंज महानगरपालिकाको बजेट पौने चार अर्वकाे सार्वजनिक, चालु आव भन्दा १३.७५ प्रतिशत कम कोरोना महामारी संक्रमलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले आगामी आवको बजेट चालु आव भन्दा १३.७५ प्रतिशत कम बजेट सार्वजनिक गरेको छ ।
आदर्शनगर स्थित नगरसभागृह टाउनहलमा आयोजित वीरगंज महानगरपालिका, नगरसभाको सातौं अधिवेशन कार्यक्रममा बजेट तथा योजना तर्जुमा समितिका सभापति तथा उपप्रमुख सुश्री शान्ति कार्कीले आगामी आवको लागि रु ३ अर्व ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैया बजेट सार्वजनिक गरेकी छिन् । चालु आर्थिक वर्ष २०७६÷०७७ मा ४ अर्व ४८ करोड १३ लाख ४८ हजार बजेट सार्वजनिक गरिएकोमा आगामी आर्थिक वर्षको लागि ६१ करोड ६१ लाख ५७ हजार ६ सय ६५ रुपैया कम अर्थात (१३.७५) प्रतिशत कम बजेट सार्वजनिक गरिएको हो ।
आगामी आर्थिक वर्षको चालुतर्फ रु १ अर्व ६२ करोड ६९ लाख १८ हजार अर्थात ४२.०९ प्रतिशत, पुँजीगत तर्फ रु २ अर्व १७ करोड ४६ लाख ७२ हजार अर्थात ५६.२६ प्रतिशत र वितिय व्यवस्था तर्फ रु ६ करोड २६ लाख अर्थात १.६५ प्रतिशत हुने हुने अनुमान गरेको बताइन् । महानगरपालिकाको कुल खर्चमध्ये आर्थिक विकास क्षेत्रमा रु २५ करोड ९५ लाख २५ हजार अर्थात ६.७१ प्रतिशत, सामाजिक विकास क्षेत्रमा रु ८७ करोड ७७ लाख ३६ हजार अर्थात २२.७१ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा रु १ अर्व ७७ करोठ ६ लाख १२ हजार अर्थात ४५.८१ प्रतिशत सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र (वन, वातावरण तथा विपद् समेत) तर्फ रु २३ करोड ७५ लाख १६ हजार अर्थात ६.१५ प्रतिशत र कार्यालय तर्फ रु ७१ करोड ९८ लाख १ हजार अर्थात १८.६२ प्रतिशत व्ययको अनुमान गरिएको कार्यक्रममा बताइयो ।
यसैगरि आगामी वर्ष संचालन हुने मुख्य योजनाहरुमा आर.यु.डि.पि. तथा एस.टि.आई.यु.ई.आई.पि. तर्फ रु १ अर्व ४ करोड ४७ लाख ५७ हजार, वडास्तरीय योजनातर्फ रु २४ करोड ७० लाख, मैचिङ्ग फण्ड रु १६ करोड ७७ लाख २५ हजार, लक्षित कार्यक्रम रु २ करोड ३४ लाख, तराई मधेश समृद्धि कार्यक्रममा रु ३० लाख, सडक बोर्ड कार्यक्रममा रु १ करोड, रोजगार कार्यक्रम रु ४० लाख, वहुक्षेत्रीय पोषण कार्यक्रम तर्फ रु २० लाख, सामाजिक सुरक्षा भत्ता तर्फ रु ४५ करोड, वडा भवन तर्फ रु ३ करोड, उज्यालो वभििरगन्ग कार्यक्रम तर्फ रु १२ करोड ८१ लख, शैक्षिक विकास तर्फ रु ६२ करोड ६४ लाख, स्वास्थ्य तर्फ रु १४ करोड ६८ लाख ८० हजार, कृषि विकास तर्फ रु ८३ लाख, पशु सेवा विकास रु ४३ लाख र जनसहभागितामा आधारित कार्यक्रम तर्फ रु ३ करोडको बजेट व्यवस्था मिलाइएको छ ।
यसरी नै आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यवहोर्ने श्रोत मध्ये संघीय सरकारको वित्तिय समानीकरण रु ४२ करोड ८८ लाख, राजस्व बाँडफँड रुरु २१ करोड १२ लाख, सशर्त अनुदान रु ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट वित्तिय समानीकरण रु १ करोड १६ लाख २० हजार, सशर्त अनुदान तर्फ ३ करोड, राजस्व बाँडफाँड तर्फ सवारीसाधान रु ३ करोड १४ लाख ४ हजार, घरजग्गा रजिष्ट्रेशन तर्फ रु १५ करोड नगर विकास अनुदान तर्फ रु १ अर्व ३ करोड ५६ लाख ५१ ह्जार, नगर विकास ऋण तर्फ रु ९१ लख ६ हजार, सडक बोर्ड तर्फ १ करोड र युनिसेफ तर्फ रु ४५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरि चालु आर्थिक वर्ष २०७६/०७७ मा कुल व्यय रु ४ अर्व ४८ करोड १३ लाख ४८ हजार अनुमान गरिएकोमा ११ महिनाको अवधिमा रु २ अर्व ११ करोड ६३ लाख ५८ हजार खर्च भई ४७.३० प्रतिशत प्रगति भएको छ भने पुँजीगत तर्फ रु ३ अर्व ३ करोड ८९ लाख ११ हजारको व्यय अनुमान गरिएकोमा ११ महिनामा रु १ अर्व १२ करोड ८३ लाख ११ हजार मात्र व्यय भई ३७.२० प्रतिशतले प्रगति भएको कार्यक्रममा बताइयो । अधिकाँश योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा भएकोले आर्थिक वर्षको अन्तसम्मा ७० प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
त्यसैगरि चालु तर्फ रु १ अर्व ४४ करोड २४ लाख ३७ हजार अनुमान गरिएकोमा ११ महिनामा रु ९८ करोड ८० लाख ४७ हजार मात्र खर्च भई ६८.५० प्रतिशत प्रगति भएको छ भने वित्तिय व्यवस्था तर्फ रु ७ करोड ४० लाख अनुमान गरिएकोमा ३ करोड ६० लाख १३ हजार ऋणको साँवा व्याज भुक्तानी गरि ४८.६७ प्रतिशत प्रगति भएको कार्यक्रममा बताइयो । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल रहेका थिए ।
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न