सरकारले कार्यान्वयन हुने बजेट ल्याएको दाबी गरे पनि चालू आर्थिक वर्षमा असारे विकास रोकिने सम्भावना अभ छैन । आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति रोक्न संविधानमा १५जेठमै बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।
पहिले असार मसान्तमा बजेट ल्याउँदा विभिन्न प्रक्रियाका कारण आर्थिक वर्षको अन्त्यमा मात्र विकास खर्च हुने प्रवृत्तिका कारण बजेट ल्याउने समय अगाडि सारिएको हो । विगतमा असार मसान्तमा सार्वजनिक हुने बजेट संसदबाट असोजसम्ममा पारित हुन्थ्यो । त्यसैले बजेट पारित नहुन्जेल नियमित खर्च चलाउन पेश्की बजेटको व्यवस्था गरिएको हुन्थ्यो । बजेट पारित भएपछि मात्र ठूला परियोजनाको ठेक्का लगाउन आवश्यक पर्ने बोलपत्र कागजात तयार पार्न विज्ञ छनोट प्रक्रिया शुरू हुन्थ्यो । १५ जेठमा बजेट सार्वजनिक भएर असार मसान्तमा पारित हुँदा पनि सरकारी निकायले बोलपत्र कागजात तयार पार्न असोज कुर्ने प्रवृत्ति छाडेका छैनन् । यसै कारण सरकारको ठेक्का प्रणाली र खर्चमा सुधार हुनसकेको छैन ।
आम मानिसबीच मात्र होइन, बुद्धिजीवी तथा विश्लेषकहरू माझ पनि यस्तो खर्च गराइलाई ’असारे विकास’ भनेर ठट्टा हुने गरेको छ । असार महिनाको अन्त्यतिर रातारात गरेको पिच एक दुई दिनमै उप्किएको, सडक झन् जीर्ण बनेको दृश्य आम चर्चाको विषय बन्दै आएको निकै भयो ।
असार महिनामा हतारमा गरिएका कामका चित्र, श्रव्य दृश्य सामग्री तीन चार वर्ष यता सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देख्न सकिन्छ । के साँच्चिकै असार महिनामा विकास निर्माणको काम सबभन्दा बढी हुन्छ? के असारे विकास भन्ने विश्लेषण पूर्ण सत्य हो ?
आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा अन्तिम तीन महिना— वैशाख, जेठ र असार — मा पुँजीगत खर्च बढी हुनु र त्यसमा पनि असार एकै महिनामा ज्यादै बढी हुनुका केही धैरै कारणहरू छन् । यसले गर्दा फागुन चैतमा भइसकेको कामको पनि जेठको अन्त्य वा असार महिनामा रकम भुक्तानी हुन्छ । नेपाल सरकारको लेखाङ्कन प्रणाली नगदमा आधारित भएकोले समान र बिल प्राप्त हुँदैमा खर्च लेखाङ्कन हुँदैन । यदि दातृ निकायको सहयोगमा सञ्चालित आयोजनाको काम हो भने बिल स्वीकृत गर्नु अघि दातृ निकायको पनि सहमति चाहिन सक्छ, जसले भुक्तानी अझ ढिलो हुन सक्छ । तेस्रो कारण, कार्यान्वयन ढिलाइ, सरकारी संयन्त्रको कमजोर आयोजना तथा ठेक्का व्यवस्थापन र निर्माण व्यवसायीको अक्षमताले हुने गरेको छ, जुन नेपाली विकास प्रशासनको सर्वकालिक चरित्र हो । आर्थिक वर्ष शुरू भएपछि मात्र बोलपत्र तयारीको काम शुरू हुन्छ । कतिपय अवस्थामा आयोजनाको डिजाइन इष्टिमेट नै गरिएको हुँदैन । डिजाइन इष्टिमेट, बोलपत्र आदिको काम सकेर ठेकेदारलाई काम शुरू गर्ने आदेश दिँदा दिँदै फागुन लाग्छ । ठेकेदारले कामको गति पक्रेर बिल पेश गर्दा जेठ लागिसकेको हुन्छ । स्वाभाविक हो, भुक्तानी असारमा मात्र हुन सक्छ ।
सबभन्दा खतरनाक कारण
आम चर्चा पाएको असारे विकास यही वर्गमा पर्छ । सरकारभित्रको राजनीतिक नेतृत्व र सरकार बाहिर भए पनि प्रभावशाली राजनीतिक नेतृत्वको आग्रह वा दबाबमा धेरैजसो रकमान्तर हुन्छ । कतिपय वर्षमा असारको अन्तिम दिनमा बैक खुल्ने अन्तिम समयसम्म पनि यस्तो निकासा भएका छन् र खर्च भएको प्रतिवेदन आएका छन् । असारको अन्तिम हप्तामा रकमान्तर निकासा त प्रत्येक वर्ष नै जान्छ ।
आश्चर्य के हो भने, पूर्व तयारी राम्रो भएका, सार्वजनिक खरीद र वित्तीय अनुशासन सम्बन्धी कानुनहरू पालन गरिएका आयोजनाहरूमा खर्चको प्रगति त्यति राम्रो नहुन सक्छ, तर यी पूर्व तयारी बिनाका टुक्रे आअख्तियारीयोजनामा शतप्रतिशत खर्च हुन्छ । नेपालमा बजेट तयारी सधैंजसो राजनीतिक स्वार्थको सिकारमा हुने गरेको छ ।
ढिलो जाने, गएपछि समयमा सम्झैता नहुने र भए पनि कानूनी छिद्र हेरेर अनियमित आर्थिक प्रणाली खडा गर्ने काममा कर्मचारी तथा ठेकेदारबीच मिलेमतो हुन्छ । नहुँदो हो त कुनै कर्मचारीले तोकिएको मापदण्ड उल्लंघन गरेको भनेर कारबाही हुन्थ्यो । त्यसका लागि कानूनै नभएको हैन । तर कसैलाई छुनेबित्तिकै ‘लहरो तान्दा पहरो थर्किने’ डरले सिङ्गो कर्मचारी वृत्त मौन बस्छ । राजनीतिक दलका नेता, कर्मचारी र ठेकेदारबीचको मिलेमतोमा कानुनी व्यवस्था उल्लंघन गर्दै विकास बजेटको एकतिहाइभन्दा बढी रकम असार महिनामा मात्रै सक्ने गरिन्छ । सकेसम्म कानुनको कमजोरी खोज्ने, नसके उल्लंघनै गरेर भए पनि विकास बजेट वर्षको अन्तिममा सक्ने प्रवृत्ति मौलाउंदै गएको हो । यसमा राजनीतिक नेतृत्वदेखि कर्मचारी गतिविधिले समग्रमा कुल बजेटमध्ये विकास बजेट नै कम विनियोजन हुने, विनियोजन भएको सबै रकम खर्च नहुने र खर्च भएमध्ये पनि सबैभन्दा बढी वर्षातको महिना अर्थात् असारमा सक्ने परम्पराले विकासको गति धमिलिएको छ र विकासको नाममा देशको ढुकुटीमाथि चरम बेइमानी भइरहेको छ ।
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न