नेपालको पूर्वी खोटाङ्गमा जन्मिएकी सरु बस्नेत हाल बारा जिल्लाको निजगढ नगरपालिका वाड न ७ स्थित बसोबास गर्दै आएकी छिन् । पिता लालबहादुर बस्नेत र माता डम्मर कुमारी बस्नेतको जेठो सन्तान हुन् उनी । सानै देखि परोपकारी भावना बोकेकी बस्नेतको जन्म २०४६ सालमा भएको हो । बारा जिल्ला निजगढ निवासी राजकुमार थापा सगँ वैवाहिक सम्बन्धमा बाधिएकी उनको एक छोरा र एक छोरी छन् । सानै उमेर देखि अध्ययन तथा लेखन कार्यमा रूचि भएकी बस्नेतले बाग्मती सेकेन्डरी स्कूलबाट एस एल सी उतिर्ण गरेकी छन् । स्वरकी धनी उनलाई फेसबुक तथा युट्युब मार्फत छन्दमा कविता वाचन गर्न भ्याइ नभ्याई छ हिजोआज । गजल, मुक्तक र कविता द्धारा साहित्यीक यात्रामा प्रवेश गरेकी उनले बिगत एक बर्ष यता छन्दमा कविता लेख्न सुरु गरेकी छन् । सानोछदा महाकवि लक्ष्मी प्रसाद देवकोटा, माधव घिमिरे, भानुभक्त आचार्यका कविता जति पढे पनि कहिल्यै नघाउने बस्नेत सादा जीवन उच्च विचारमा नै आफ्नो जिन्दगीको अस्तित्व लुकेको छ भन्छिन् । विश्वनै कोरोना महामारीले शिथिल बनाएको यस घडिमा साहित्यको अवस्था कस्तो छ ? लकडाउनको असहज परिस्थितिले साहित्य क्षेत्रमा के कस्तो प्रभाव पारेको छ भन्ने सेरोफेरोमा रहेर यस साता मध्य नेपाल सन्देश पत्रीकाको लागि गरिएकोे विशेष कुराकानी ।
१) साहित्यको क्षेत्रलाइ लकडाउनले कस्तो असर पारेको छ ?
कोरोना महामारीले विश्वलाई नै अस्तव्यस्त बनाएको समयमा साहित्यको अग्र साहित्यकारलाई असर नपार्ने भन्ने त कुरै छैन । शब्दको खेतिलाई श्रोता सम्म पु¥याउन अथवा कुनै ठाउँमा भेला भएर साहित्यीक कार्यक्रम गर्न नसक्दा देशप्रेम वा समाज परिवर्तनको प्रयासको लागि कोरिएका शब्द सामाजिक संजालमै सिमित राख्नु परेको छ । भेला गोष्ठी आदि इत्यादिलाई नराम्रो असर पारेको छ । तर हामीले यस्तो असहज परिस्थिमा पनि ईन्टरनेटको माध्यमबाट लेखन कार्यलाई, तिब्रता दिएका छौ । विभिन्न अनलाइन कार्यक्रम सञ्चालनमा सहभागी भैरहेको छु । कोरोनाको महामारीबाट कसरी जोगिन सकिन्छ भन्ने कुरालाइ लेखन मार्फत जनमानसमा पु¥याउने काम फेसबुकलाइभ र युट्युभबाट गरिरहेकी छु ।
२)साहित्यीक यात्रामा प्रवेश गरेको कति भयो ? कहाँ बाट प्रेरणा पाउँनु भयो ?
साहित्य प्रतिको मेरो रुची सानै देखिको हो । तर निरन्तर रूपमा कलम चलाउन थालेको लगभग ६ वर्ष जति भयो ।प्रेरणा नै भन्नू पर्दा नवज्योति साहित्य समाज एउटा साहित्यिक संस्थामा आबद्ध भएपछि सुरु गरेकी थिए । पछिल्लो समय नेपाल सरकारबाट स्वीकृति प्राप्त संस्था साहित्यिक चौतारी नेपालमा जोडिएपछि भने मेरो साहित्य प्रतिको झुकावले तिव्रता पाएको हो । सुरूमा साधारण सदस्यबाट प्रवेश गरेको म अहिले साहित्यिक चौतारी नेपालको केन्द्रिय कोषाध्यक्ष पदमा छु ।
३)शब्दले कुनै हतियार बिना नै युद्ध जित्न सक्छ ! भन्ने उक्तिलाई तपाईं कसरी लिनुहुन्छ ?
यो एकदमै सही हो । कलमले साधारण भाषामा तिखा व्यंग्यात्मक शब्दले प्रहार गर्न सक्छ । लेखकमा त्यो खुबी छ कि छैन भन्नेमा भर पर्छ । शब्दमा समाज परिवर्तन गर्न सक्ने कला हुन्छ, कतिपय कुराहरु जो ठुलो ठूलो हतियारले गर्न सक्दैन त्यहाँे शब्दको हतियार प्रयोग भएका छन । लेखाइको माध्यमले विभिन्न प्रकारबाट युद्ध गरिएका प्रमाण खोज्ने हो भने हामीसगँ प्रर्याप्त छन् ।
४) तपाईं कुन कुन विधामा रचना कोर्नुहुन्छ ? नेपाली बाहेक अन्य भाषामा पनि कलम चलाउनुभएको छ ?
विशेष गरी म छन्द कवितामा कलम चलाउन रुचाउँछु । यस विधामा कलम चलाउन थालेको लामो समय भएको छैन मात्रै एक वर्ष भयो । त्यो भन्दा अघि म गजल, मुक्तक लेख्थें । नेपाली भाषा बाहेक कहिलेकाहीँ मुड चल्दा फाट्टफुट्ट हिन्दी भाषामा लेख्छु । अन्यमा भने लेखेको छैन ।
५)लेखन कार्य भन्दा बाहेक अरू के गर्नुहुन्छ ?
गृहिणी भएको कारणले अन्य कुनै काम गरेकी छैन । घर परिवारका सदस्यको रेखदेख सगैँ बालबच्चालाई समय दिएर बाँकी बचेको समय रचना लेख्ने र वाचन गर्नेमा नै खर्च गर्ने गरेकी छु ।
६) तपाईंले अहिलेसम्म कुनै कृति प्रकाशित गर्नुभएको छ ? आफ्नो कृतिको बारेमा केही भनिदिनुस् न ?
मैले पहिलो कृतिका रुपमा गजलसङ्ग्रह प्रकाशित गरेकी छु । (रोशनी गजलसङ्ग्रह) ,जसमा १०१ गजल समावेश गरिएको छ । यसभित्र स्वतन्त्र, बहर र छन्द गजल छन् । २०७६/०१/२० गते सो पुस्तकको विमोचन गरिएको थियो । दोस्रो सङ्ग्रह पनि प्रकाशित गर्ने योजनामा छु ।
७) अन्त्यमा तपाईंले भन्नैपर्ने केही कुरा ?
साहित्य भनेको समाजको एउटा ऐना हो । यसले हरेक विषयमा बोल्न सक्छ । समस्या अनि समाधान दुबैकुरालाई औल्याउन सक्ने आधार शब्द नै भएको हुँदा साहित्यलाई सबैले माया गरौं । शब्द जन्माउन र ती जन्माएको शब्दलाइ समाज सम्म पु¥याउन साहित्यले ठूलो भुमिका खेलेको हुन्छ । तसर्थ साहित्यको सम्मान गर्नु पर्दछ । साहित्यकारको लागि साहित्य नै जीवन हो । यसलाई सोच्ने र हेर्ने जुन हाम्रो समाजको सङ्कीर्ण सोच छ त्यसलाई परिवर्तन गर्नुपर्ने देखिन्छ । साहित्यले कलासाहित्य र भाषाको संम्बद्धन गरेको हुन्छ । साहित्य बिना कुनै पनि समुदाय वा राष्ट्र पूर्ण हुँदैन । यो कुरालाई हामीले कदापि भुल्नु हुँदैन भन्न चाहन्छु ।
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न