पर्सामा ५० प्रतिशत भन्दाबढि धान रोपाई सम्पन्न भएको छ । कोरोना प्रभावले मेशिनले धान रोपाई दिवस मनाईएको छ ।
‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारा सहित कृषि ज्ञान केन्द्र पर्साले १७ औं राष्ट्रिय धान दिवस मनाएको छ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै थोरै व्यक्तिहरुको उपस्थितिमा कृषि समाग्री अनुसन्धान केन्द्र पर्साको हाताभित्र रहेको खेतमा धानको बेर्ना रोप्दै उक्त दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले हालसम्म पर्सा जिल्लामा ५० प्रतिशत भन्दा बढि धानको रोपाई भइसकेको बताए ।
मौसमको अनुकुलताको कारण यस वर्ष धानको वीउ चाँडै हुर्कनुको साथै खेतमा पानी प्रयाप्त भएको कारण राष्ट्रिय धान दिवसको दिनसम्म ५० प्रतिशत धानको रोपाई सम्पन्न भइसकेको बताए । पर्सा जिल्लामा चालु आर्थिक वर्ष २०७६/०७७ मा ४५ हजार हेक्टरमा धान खेती गरिएकोमा प्रतिहेक्टर ४.८ मेट्रिक टनको हिसाबले २ लाख १६ हजार मेट्रिकटन धान उत्पादन भएको थियो भने आगामी आर्थिक वर्ष २०७७/०७८ मा ४६ हजार ५ सय हेक्टरमा धानखेती गरिने अनुमान गरिएको छ । जस अनुसार प्रतिहेक्टर ५.५ मेट्रिक टनको हिसाबले २ लाख ५५ हजार ७ सय ५० मेट्रिक टन धान उत्पादन गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साको तथ्याँकले देखाएको छ ।
धान रोपाई फोटो फिचर
नेपाल कृषि प्रधान देश भनिएतापनि माटोमा प्रांगरिक पदार्थ न्यून हुनु, गुणस्तर वीउ प्रतिस्थापन दर न्यून हुनु, सन्तुलन मलखादको प्रयोगमा कमि हुनु, मौसमी प्रतिकुलता, खडेरी, बाढि, जलवायू परिवर्तन, रोगकिरा महामारी, जग्गा खण्डिकरण, आवाशीयकरण क्षेत्रमा विस्तार, आद्योगिक क्षेत्रमा रुपान्तरण जस्ता समस्याले गर्दा व्यवसायिक उत्पादनमा कमि हुन पुगेको प्रमुख डा. यादवको भनाई छ । अर्कोतर्फ उचित किसानको पहिचान, अनुदानको मल पाउन समस्या, सिचाईको समस्या तथा जनशक्ति पलायन जस्ता विविध समस्याले गर्दा पर्सामा कृषि फस्टाउन सकेको छैन भने प्रदेश २ का ७० प्रतिशत भन्दा बढि नागरिक कृषिमा आत्मनिर्भर रहेतापनि कृषि क्षेत्रलाई प्रोत्साहनको निम्ति प्रदेश सरकारको लगानी खासै नदेखिएको उनको भनाई छ ।
सिँचाईको अवस्था हेर्ने हो भने हालसम्म कुनै वर्ष पनि यहाँका किसानहरु नहरको पानी चाहेको बेला प्रयोग गर्न सकेका छैनन् । सिचाईको लागि पानी चाहेको बेला नहर सुख्खा रहन्छ भने नचाहेको बेला नहरमा टन्नै पानी हुन्छ जसले गर्दा भएको खेतीलाई पनि असर पार्ने गरेको छ । भारतको त्रिवेणी भैसालोटन स्थित निर्माण गरिएको नारायणी नदीको व्यारेजबाट ९२ किलोमिटर भारतीय नहर हुँदै दोन शाखा नहरबाट पर्साको जानकीटोला, इनर्वा हुँदै पर्सा, बारा तथा रौतहट जिल्लामा रहेको ३८ हजार हेक्टर खेतमा सिचाईको लागि पानी आउने गरेको छ ।
सधैं भारतीय पक्षले छोड्दै आएको पानी यस वर्ष पनि अहिलेसम्म पानी छाडेको छैन । यस वर्ष मौसमको अनुकुलताको कारण समयमा वर्षा भएपछि किसानहरु धान रोप्न पाएका छन् । नत्र त्यही गत वर्षझै पम्पिङ्ग सेटकको साहारामा खेत रोप्नु नत्र नहरको पानीको मुख ताक्नुको विकल्प थिएन । खास गरेर पर्साबासीहरु नहरको पानीमा निर्भर रहेको कारण प्रत्येक वर्ष समयमा पानी नआउँदा पर्साका किसानहरु मर्कामा पर्ने गरेका छन् । नेपाल भारत सीमाक्षेत्र जानकीटोलादेखि रौतहटसम्म १ देखि १५ नम्बरसम्म ब्लक छुट्याई नहरमा पानी छाड्ने गरिएको छ । बारा, पर्सामा १ देखि १० नम्बर ब्लकसम्म नहर रहेको छ भने ११ देखि १५ ब्लक नम्बरको नहर रौतहट जिल्लामा पर्ने गरेको छ ।
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न