वर्तमान सरकारले ल्याएको नागरिकता संशोधन ऐन विद्येयक विरुद्ध जनता समाजवादी पार्टीले विभिन्न दुई समूहमा वीरगंजमा प्रदर्शन गरेको छ ।
जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहको नेतृत्वमा वीरगंज स्वीमिङ्गपुल स्थितबाट निकालिएको विरोध प्रदर्शन घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आवश्यक नै नभएको मुद्दालाई अहिले उठान गरेर मधेशमाथि विभेद गर्न खोजिएको आरोप लगाए । उनले भारतबाट विवाह गरि नेपाल आउने चेलीमाथिको अधिकारप्रतिपनि वर्तमान सरकारको कुदृष्टि भएको भन्दै सरकारले यस्तो कुदृष्टि नहटाए २०६२ सालदेखि यही वीरगंजमा हुँदै आएको आन्दोलन पुनः चर्किन सक्ने चेतावनी समेत दिए ।
मेयर सरावगीले वर्तमानको कम्युनिष्ट सरकारले मधेशलाई विकास हुन नदिने, सधैं आन्दोलनको रुपमा प्रयोग गरेर मधेशी जनतालाई बर्बाद गर्ने षडयन्त्र गरि रहेको भन्दै अहिले पनि मधेशी जनताहरुलाई आन्दोलनको नाममा अल्झाई देशको सम्पत्ति बेच्ने योजनामा सरकार लागि परेको रहेको आरोप लगाए । भारतबाट विवाह गरेर आएका चेलीहरुले हालसम्म नेपाललाई के विगारेको छ ? पहिला प्रमाणित गर्नुपर्यो, नत्र यो कुदृष्टि नजर हटाई जबसम्म यो विभेदकारी ऐन खारेज हुँदैन, तबसम्म आन्दोलनलाई जारी राख्ने बताए ।
यसैगरि विरोध सभामा सहभागी जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले यो ऐनले बुहारीमाथि अन्याय गरेको बताए । उनले सरकारले पुनः मधेशीमाथि अन्याय लाद्न नागरिकता विद्येयक ल्याएको भन्दै केपी सरकारले आफ्नो विफलता लुकाउन नागरिकता सम्बन्धि विद्येयक नयाँ चालको रुपमा ल्याएको बताए । यसरी नै जसपा नेतृ करिमा बेगमले सरकारले फेरि महिला तथा मधेशीमाथि विभेद गर्ने गरि कानुन बनाउन लागेकोप्रति आपत्ति जनाइन् । विद्येयक फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिइन् । यसरी नै विरोध प्रदर्शनमा सहभागी अन्य नेताहरुले कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विद्येयक जारी गरी सदियौँ देखिको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको उनीहरुको आरोप छ । विरोध प्रदर्शनमा पार्टीका नेता शशीकपुर मियाँ, सिपू तिवारी, प्रेमबाबु पटेल, मुकेश द्विवेदी, रम्भा मिश्र, बैजुलाल श्वर्णकार, संतोष तिवारी, लियाकत अली, उमेशलाल सहनी, लक्ष्मीकांत तिवारी, फिरोज मन्सुर लगायतको सहभागिता थियो । यसैगरि अर्कोतर्फ जनता समाजवादी पार्टीका नेता रामनरेश यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको थियो ।
घण्टाघर स्थित आयोजित विरोधसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं. ४ का सांसद लक्षमणलाल कर्णले नागरिकता संशोधन ऐन खारेज गराउनका निम्ति मधेशीहरु जागरुक हुनुपर्ने बताएका छन् । उनले पुनः मधेशीलाई नेपाली अधिकारबाट बञ्चित गरिएको छ, मधेशीहरुलाई नेपाली नागरिक सम्झिएको छैन, मधेशमा १ सय ५ जना सहिद भएका छन्, नागरिकता विद्येयक विरुद्ध ठूलो लडाई हुने भन्दै नागरिकता ऐन ल्याएर सरकारले नेपाल भारत बीचको सम्पूर्ण सम्बन्धमाथि नै धावा बोल्न खोजेको बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन समानी, राजेश्वर साह तेली, जनता समाजवादी पार्टीका नेतृ तथा प्रदेशसभा सदस्य करिमा बेगम, रेखा साह, पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुन, प्रदेशसभा सदस्य सिंघासन साह कलवार लगायत जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न