सरकारले बन्दाबन्दी केही खुलुलो बनाएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । सोमबार ५४ जना संक्रमित भेटिएको उपत्यकामा मंगलबार केही कम भएपनि बन्दाबन्दीको अवधिभन्दा बढी भेटिउका हुन् ।
मंगलबार २८ जना संक्रमित भेटिएका छन् । बन्दाबन्दी खुकुलो भएसँगै आवतजावत बढेकोले उत्पयकामा संक्रमितको संख्या बढेको हो ।
मंगलबार काठमाडौंमा १४, ललितपुर १० र भक्तपुर ४ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म उपत्यका भित्रका संक्रमितको संख्या २६७ रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंका १७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना संक्रमित रहेका छन् ।
रोग नियन्त्रण महाशाखा प्रमुख डा। बासुदेव पाण्डेका अनुसार काठमाडौंको कपन महाराजगञ्ज, नैकाप, बुढानिलकण्ट र चन्द्रागिरी लगायतका क्षेत्रमा संक्रमित भेटिएका छन् । यस्तै भक्तपुरको सल्लाघारी, चाँगुनाराण र ललितपुरको चापागाउँ, धोविघाँट, भैसेपाटी र ठेचो लगायतका ठाउँमा संक्रमित भेटिएका छन् ।
विदेशबाट आउने र देशभित्र विभिन्न क्षेत्रबाट आउनेहरुका कारण संक्रमण बढेको उनले बताए । मंगलबार देशभरी २०४ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार नेपालमा संक्रमितको संख्या १६१६८ पुगेको छ ।
प्रदेश नम्बर २ का महोत्तरी र रौतहट, प्रदेश नम्बर ५ को पाल्पा र सुदूरपश्चिम प्रदेशको अछाम कैलाली र बाजुरामा ५ सय भन्दा बढी संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ ।
सरकारले स्वास्थ्यकर्मी लगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारी समेत गरेको जनाएको छ ।
पीसीआर विधिबाट मंगलबार ६१३३ वटा परीक्षण भएका छन् । आजसम्म कुल २६१८६१ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । हाल २५७२७ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभरीका विभिन्न अस्पतालमा ८६३४ जना संक्रमित उपचाररत रहेका छन् । मंगलबार ६८८ गरी आजसम्म ७४९९ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार पछिल्लो समय संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको छ ।
सरकारले सबै अस्पताल र प्रयोगशालाहरुलाई गर्भवति महिला र सुत्केरी महिलाहरुको पीसीआर परीक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
उनीहरूको स्वाव संकलन गरी प्रयोगशालामा पठाउँदा र प्रयोगशालाले परीक्षण गरी संकलन भएको ठाउँमा पठाउँदा स्वाव राखिएको भाँडोमा रातो फित्ता वा डोरीमा राखेर पठाउन आग्रह गरिएको छ । - हिमालखबरबाट
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न