१९ असारमा कैलालीको धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा १९ र २३ वर्षीया दुई युवतीको शव फेला पर्यो । प्रहरीका अनुसार, विष सेवनबाट आत्महत्या गरेका उनीहरु दुवै समलिंगी सम्बन्धमा थिए ।
सप्तरीका मनीष यादव ९२८० ले २१ जेठमा आत्महत्या गरे। टेष्ट्यूब मार्फत छोरी जन्माएका उनी पहिलो ‘ट्रान्सम्यान’ थिए। दैनिक मजदूरी गर्ने उनी बन्दाबन्दीमा काममा जान नपाउँदा आर्थिक संकटमा थिए। त्यही कारण परिवारमा पनि तनाव भएको थियो । परिवारसँगको सम्बन्ध असहज हुँदा पनि बन्दाबन्दीको समय परिवारसँगै बिताउनु पर्दा मानसिक समस्या पैदा भएको थियो ।
राजविराजका हिरन्या ९४५० ले पनि ५ असारमा आत्महत्या गरे । अघिपछि परिवारबाट छुट्टै बस्ने हिरन्या बन्दाबन्दीमा आर्थिक संकट आएपछि गाउँ फर्किएका थिए। यौनिक तथा लैङ्गिक अल्पसंख्यक पहिचानलाई त्यतिवेलासम्म उनले परिवारबाट लुकाएका थिए । तर लामो समय परिवारका सदस्यसँगको हेलमेलले उनले पुरुषभन्दा फरक व्यवहार गरेको खुल्यो। अनि पारिवारिक तनाव उत्पन्न भयो । त्यही कारण उनले आत्महत्या गरेको हुनसक्ने बताइन्छ ।
नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङको जानकारीमा बन्दाबन्दी यता आत्महत्या गर्ने लैगिंक अल्पसंख्यकका संख्या सात पुगिसकेको छ ।
गुरुङका अनुसार, सामाजिक अस्वीकार्यता र विभेदसँगै बन्दाबन्दीमा बाँच्नका लागि परेको सकसका कारण आत्महत्या यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा आत्महत्याको घटना बढेको छ । “आफ्नै समुदायमा रमाउने लैङ्गिक तथा अल्पसंख्यक समुदायलाई बन्दाबन्दीले एक्लो र कमजोर बनाएको छ” उनी भन्छिन् ।
“यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरु दैनिक काममा जान नपाउँदा दैनिक गुजारा गर्नै नसक्ने अवस्थामा छन्। घरभाडा तिर्न नसक्दा दुव्र्यवहार बढ्दो छ। त्यही कारण नैराश्यता उत्पन्न भएको छ”, उनी भन्छिन् ।
दाङकी नारायणी चौधरीले ८ असारमा काठमाडौंस्थित आफ्नै कोठामा आत्महत्या गरिन् । अघिल्लो दिन मात्र पिंकी गुरुङ उनको कोठामा गएकी थिइन् । उनीहरूबीच बन्दाबन्दीका कारण उब्जिएको आर्थिक, मानसिक तथा सामाजिक समस्याबारे छलफल भएको थियो । गुरुङ भन्छिन्, “जस्तोसुकै समस्या भए पनि चिन्ता नलिन सम्झाएकी थिएँ । तर उनले हिम्मत हारिन्।”
नीलहीरा समाजले बन्दाबन्दीमा जीवीकोपार्जनकै समस्या बढेको भन्दैं राहत संकलन र वितरण पनि गर्दै आएको छ । अध्यक्ष पिंकी गुरुङ स्वयं यसकार्यमा खटिएकी छिन् । योसँगै आत्महत्याका घटना रोक्न आफ्नो फेसबूक पेजमा लगातार समस्यासँग जुध्न आफ्ना समुदायका सदस्यलाई आग्रह समेत गरिरहेकी छन् ।
राज्यले गरेको विभेदकै कारण यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आत्महत्याको अवस्था आएको उनको जिकिर छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सानै उमेरदेखि तिरस्कार र हाँसोको पात्र बनाइने उनी बताउँछिन्। बन्दाबन्दीले एकान्तवासमा रहनु पर्दा साथीसँगीसँग टाढिनु परेकै कारण मानसिक समस्या पनि भएको उनको भनाइ छ। त्यस्तै आफ्नो जोडीसँगको असमझदारीले पनि तनाव बढाएको छ।
ट्रान्सकल्चरल साइकोसोसल अर्गनाइजेसन ९ टीपीओ की मनोविमर्शकर्ता पार्वती श्रेष्ठ अन्य समुदायसँग खुलेर कुरा गर्ने अवस्था नहुँदा मानसिक समस्याका विषयमा परामर्श दिने साथी नभएकै कारण बन्दाबन्दीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा आत्महत्याका घटना बढेको हुनसक्ने बताउँछिन् । मानसिक स्वास्थ्यको विषयमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई सहज हुने गरी शुल्क परामर्श लिन सकिने सूचनालाई सबैको पहुँचमा पुर्याउन ध्यान दिनुपर्ने उनको भनाइ छ।
मानवशास्त्री डा। डम्बर चेम्जोङ आत्महत्यालाई मनोवैज्ञानिक कोणबाट मात्र बुझ्नु गलत हुने बताउँछन् । राज्य र समाजले आर्थिक, लैङ्गिक विपन्न र सीमान्तकृत वर्गलाई बेवास्ता गरेको उनको भनाइ छ । “राज्य सत्ता र अन्य निकायले जोखिमको समयमा दरिलो व्यवस्थापन गरेर हरेक नागरिकलाई समान व्यवहार गरेको भए समस्या विकराल बन्दैनथ्यो”, उनी भन्छन्।
निर्मम राज्य व्यवस्था, समाज र परिवारको नकारात्मक दृष्टिकोण र व्यवहार जस्ता कारणले उनीहरूका जीवनप्रति नै वितृष्णा पैदा हुने चेम्जोङ बताउँछन्। “राज्य संरचनाले विभेद गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समाजले सधैं उपेक्षा गरिरहेको छ । उपेक्षित वर्ग समुदायको सधैं आर्थिक, सामाजिक, मानसिक पाटो कमजोर हुन्छ, जसले आत्महत्या जस्तो निर्णय लिन सहज बनाइदिन्छ”, उनी भन्छन्।
कानून व्यवसायी सुजन पन्त संविधानले प्रदान गरेको हक पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकले उपभोग गर्न नपाएका कारण पनि उनीहरुमा तनाव थपिएको बताउँछन् । “संविधानको धारा ४२ अनुसार राज्यको हरेक निकायमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समावेश हुने अधिकार छ। तर राज्यले उचित नीति नबनाउँदा रोजगारको अधिकार, राज्यको हरेक निकायमा समान सहभागिता, समलिङ्गी वैवाहिक सम्बन्धको अधिकार, नागरिकताको अधिकार अझै उपयोग गर्न सकेका छैनन” उनी भन्छन् ।
हिमालखबरबाट