नो पार्किङ्गका लागि लगाइएको सिकर सहितको फ्लामे डण्डाले व्यापारमा असर परेको भन्दै व्यापारीहरुले विरोध प्रदर्शन गरेका छन् ।
व्यवस्थित वीरगन्ज अभियान अन्तर्गत वीरगन्जको घण्टाघरदेखि माइस्थानसम्म दुईतर्फि सडकको छेउमा नो पार्किङ्ग गर्नका लागि फ्लामे डण्डा गाडी सिकरले घेरिएको छ । जसले गर्दा वीरगन्जदेखि माइस्थानसम्म मोटरसाइकल पार्किङ्ग नगरिँदा सडक छेउमा रहेका व्यापारीहरुको व्यापारमा मर्का परेको भन्दै उनीहरुले नो पार्किङ्गमै उभिएर आधा घण्टा विरोध प्रदर्शन गरेका छन् ।
अव्यवस्थित वीरगन्जलाई व्यवस्थित गर्नका लागि दुईतर्फी सडक भएको स्थानमा पार्किङ्ग गर्न नदिने र एकतर्फि सडक छेउमा मात्र पार्किङ्ग गर्न दिने व्यस्था गरिएकोमा आदर्शनगर मोटरसाइकल पार्किङ्ग गरेर घण्टाघर सामान किन्न ग्राहकहरु नआउने भन्दै व्यापारीहरुले व्यवस्थित वीरगन्जको नाममा महानगरपालिका, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले आफूहरुलाई तहस नहस पार्न खोजेको बताए । उनीहरुले सडक छेउबाटै पार्किङ्ग नै हटाउनु छ भने घण्टाघरदेखि माइस्थानसम्म मात्रै किन ? पुरै वीरगन्जको सडकहरु छेउमा पार्किङ्ग निषेध गर्नुपर्यो भन्दै व्यापारीहरुले घण्टाघरदेखि माइस्थानसम्म गरिएको पार्किङ्ग निषेध नियमलाई हटाउनुपर्ने बताए ।
‘गरि खान देउ सरकार, हाम्रो पसललाई बन्धक बनाइयो, विकास गरौं सत्यनाश होइन, सरकार प्रशासन तथा महानगरपालिका ठूलो व्यापारीका लागि मात्रै, पार्किङ्ग निषेध गर्नैछ भने सम्पूर्ण घण्टाघरदेखि वीर्तासम्म गरौं, हामी पनि विकास चाहन्छौं तर हाम्रो पेटमाथि लात हानेर होइन’ लगायत विभिन्न नारायुक्त प्लेकार्ड बोकी व्यापारीहरु सडक छेउमै आधा घण्टा विरोध प्रदर्शन गरेका थिए । विगत लामो समयदेखि फुटपाथ खाली गराई पार्किङ्गको व्यवस्था गरिएकोमा हाल आएर व्यवस्थित वीरगन्ज अभियानको नाममा हाम्रो व्यापार चौपट गर्ने षडयन्त्र भइरहेको उनीहरुको भनाई छ ।
लकडाउनले ३ महिनाको व्यापार चौपट गरेकोमा जिविकोपार्जनमा पनि समस्या आएकोमा अहिले लकडाउन केही खुकुलो भएपछि व्यापार गर्ने बेला आएपछि यो नयाँ नाटक नौटंकी शुरु गरिएको उनीहरुको आरोप छ । तीन महिनाको लकडाउनबाट पुगेको क्षति व्यवहोर्न एक वर्षले पनि नभ्याउने भन्दै उनीहरुले अहिले चार महिनाको कर, घरभाडा तथा बैंक कर्जा तिर्न धौ धौ परि रहेको बेला व्यापार पनि संचालन नभएपछि आफूहरु सडकमा आउने उनीहरुको भनाई छ । लकडाउनबाट प्रभावित व्यापारीहरुको लागि सरकारले केही राहत ल्याउँला भन्ने आश थियो तर केही भएन, अब व्यापार पनि गर्न दिएन भने हामी कसरी बाँच्ने भन्दै चाँडो भन्दा चाँडो हाम्रो व्यापारलाई घेरिएको सिकर हटाउनुपर्ने बताए ।
वीरगन्ज महानगरपालिकामा दिनहुँ बढ्दो जनसंख्या तथा सवारी चाँपले गर्दा महानगरपालिकामा पक्कै पार्किङ्गको अभाव छ । वीरगन्जको घण्टाघरदेखि माइस्थानसम्म दुईतर्फि सडक भएको कारण दिनहुँ जाम लाग्ने गरेको समस्या कुनै नौलो होइन, तर अहिले लकडाउनले गर्दा खासै सवारी साधनहरु संचालनमा नआएको कारण त्यस्तो समस्या छैन । तर आगामी दिनमा त्यसको दीर्घकालीन समाधान गरिएन भने दुईतर्फि सडकमा दिनहुँ जामको समस्याले जडा गाड्नेछ । सडक फराकिलो गर्नका लागि प्रत्येक वर्ष सडक विभागले सूचना जारी गरेतापनि वीरगन्ज महानगरपालिकाको संरक्षणमा सडक फराकिलो हुन सकेको छैन ।
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न