लगातार चार दिनदेखि परि रहेको झरी वर्षाको कारण पर्सा जिल्ला स्थितका नदीहरुमा पानी बहानवको सतह बढेको छ ।
नदीहरूमा पानीको सतह बढेसंगै जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दाहरुमा त्रास बढेको छ । पर्सा जिल्लाको सिर्सिया, तिलावे, भलुवाही, नौरंगिया लगायतका नदीहरुमा पानी बहावको सतह बढेसँगै उक्त क्षेत्रका स्थानीयहरुमा त्रास बढेको हो । विगत चार दिनदेखि परि रहेको अविरल वर्षाको कारण तराईका जिल्लाहरु बाढीले प्रभावित भइरहेको बेला पर्सामा भने बाढीको खासै प्रभाव परेको छैन तर नदीहरुमा भने पानीको सतह बढ्दै गएको छ । जसबाट पर्सा जिल्लाको ग्रामीण भेगका बासिन्दाहरुमा त्रास बढेको हो ।
वर्षाको कारण भेडहा खोला क्षेत्र आसपासका वीरगन्ज महानगरपालिका वडा नं. २९ बस्डिलवा, वडा नं. ३० लालपर्सा, वडा नं. ३१ बेलवा तथा सिर्सिया खलवाटोला लगायतका स्थानीयहरुमा त्रास बढेको छ । गाउँ नजिकैसम्म बाढी आएपछि स्थानीयबासीहरु त्रसित बनेका छन् । यतातिर सिर्सिया नदीमा पनि पानी सतहको बहाव बढेसँगै वीरगन्ज महानगरपालिका श्रीपुर, रानीघाट, अशोकवाटिका लगायत खलवाटोलाका स्थानीयहरुमा पनि त्रास बढेको छ तर बाढीले अहिलेसम्म क्षति भने पु¥याएको अवस्था छैन । नदीमा पानी बहावको सतह बढेसँगै खेतमा पनि पानीहरु जमेको छ । यस वर्ष जेठ महिनाको दोश्रो हप्तादेखि मौसम अनुकुलता रही चाहेजति वर्षा भएको कारण किसानहरु समयभन्दा दुई हप्ता अगावै धानबाली लगाई सकेका छन् असारको अन्तिम हप्तासम्म पनि मौसमले साथ दिएको कारण पर्सामा बाढीको प्रकोप परेको छैन ।
असार १५ गतेलाई नेपाल सरकारले नै राष्ट्रिय धान दिवस मनाएर धान रोपाई शुरु गर्ने गरेको अवस्थामा यस वर्ष पर्सा जिल्लामा मौसम अनुकुलताका ५० प्रतिशत भन्दा बढि धान रोपाई सम्पन्न भइसकेको थियो । धान रोपाई सम्पन्न भएको लगभग तीन हप्तापछि पर्सा जिल्लाका नदीहरुमा पानी सतह बढेपछि खेतहरुमा पनि पानी जमेको कारण खासै धानबालीलाई प्रभावित पारेको छैन । तर एक हप्ता भित्र पानीको सतह कम भएन भने धानबालीमा पक्कै क्षति पु¥याउने किसानहरुको भनाई छ ।
वर्षेनी बाढीले वितण्डा मच्चाएपछि तटबन्धै कारण पर्सा जिल्लाको छिपहरमाई गाऊँपालिका र पाकहामैनपुर गाऊँपालिकाको मिर्जापुर, भलवहिया, सम्झाता, भेडिहर्वा, चरगाह, पुर्वारी, टिहुकी, जयमगलापुर, बुढगाई, झलमहिया, तुलसी बार्वा, बन्जारी, भिस्वा लगायतको गाऊँ बर्षेनी डुबानमा पर्ने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साको विपद व्यवस्थापन समितिको बैठकले पनि पूर्व तयारीमा रहेको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताए । हालसम्म पर्सा जिल्लामा बाढीले कुनै किसिमको क्षति पु¥याउने अवस्था छैन, यदि यस्तो अवस्था सृजना भयो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई तैनाथ गरिएको बताए ।
यता छिमेकी जिल्ला बारा जिल्लामा भने बाढीले वितण्डा मच्चाई रहेको छ । बाढीले बारा जिल्लाको मोतिशर, भलुहि, पसाह, जमुनि लगायतको नदीमा पानीको बहाव बढेकोले त्यस क्षेत्रका केही बस्तीहरु डुबानमा परेका छन् भने बालीनालीमा क्षति पु¥याएको छ ।