विपत् बाजा बजाएर आउँदैन भन्ने कुरा अहिलेका मानिसको पालामा चल्तिमा आएको उक्ति होइन ।
यो परापूर्वकालबाटै चल्तीमा रहेको उक्ति हो । यो उक्ति यत्तिकै अग्रजहरुले चलन चल्तीमा ल्याएका भने पक्कै होइन । कारण प्रविधिसँग खेलिरहेका वर्तमान युगका मानिसका लागि पनि झन प्रभावकारी र मनन्योग्य छ । भविष्यमा हुन सक्ने गम्भिर दुःखद्लाई पहिले नै आँकलन गरिनु पर्छ । विपत् आएकै समयमा त्यसबाट बच्न र बचाउन सकिन्न भन्ने नै यो उक्तिको मुख्य आसय पाइन्छ ।
दशकौं पहिलेबाट यस्ता मनन् योग्य उक्ति चलन चल्तिमा रहे पनि राज्यका जिम्मेवार ठाउँमा रहने व्यक्ति र निकायले भने खासै यसको गाम्भिर्यतालाई वास्ता गरेको जस्तो देखिन्न । त्यसैले पनि हरेक बर्ष आउने विपत् व्यवस्थापनमा समेत तलदेखि माथिका सरकार र राज्यका नियमनकारी निकाय र व्यक्ति अझै चुकिरहेका छन् । आवश्यकता अनुसार सचेत हुन सकेका छैनन् । नेपालको सन्दर्भमा हिउँदको शीतलहरी, चीसो र बर्षात्को बाडी पहिरो र डुवान हरेक बर्षका नियमित विपत्का सृंखला हुन् । यी कुराहरुमा राज्य र उसको जिम्मेवार निकाय सचेत भएर पूर्व तयारी गर्ने हो भने हरेक बर्ष हुने ठूलो धनजनको क्षतिलाई कम गर्न बल मिल्छ । यी नेपालका नियमित जस्तो आउने विपत्का प्रकार हुन् ।
अहिले केही दिनका लागि मात्र आएका यस्ता विपतिले थोरै दिनमा नै मुलुकलाई हायक कायल बनाउँदै छ । पहाडमा बाडी पहिरो र तराईमा डुवान तथा कटान दीर्घकालिन योजना बनाएर व्यवस्थापन गर्न नसकिने विपत्का प्रकार होइनन् । यसमा विकासका नाममा पहाडमा जता पायो त्यता सडक सञ्जाल बनाइने र जमिनको भूक्षयलाई बल पुग्ने काम गरिनु ठूलो कमजोरी रहेको पाइन्छ । विकास निर्माण, बस्ती विकास र खेती किसानी गर्ने जमिनको प्रकार छुट्याउने विज्ञसँगको परामर्श समेत त्यहाँ भएको देखिन्न । अनि तराईमा अव्यवस्थित बस्ती विकास, नदिको बहावलाई बाधा पर्ने गरी नदिको जमिन कब्जा र नदिको चुश्त तटबन्ध नगरिनु र सडकको स्तरीय निर्माण तथा सीमा पारीको सडक सञ्जालको नाममा बन्दै गरेको बाँध नै तराईका लागि विपत्को मुख्य कुरा भएको छ । यी र यस्ता कमजोरीलाई सच्याउँदै स्तरीय बस्ती विकास र भूउपभोग नीतिको पूर्ण परिपालना भए यसले सहजै विपत् निम्तिन सक्ने सम्भावना कम भएर जान्थ्यो ।
यसको अलावा कोरोना भाइरस ( कोभिड १९ ) जस्ता अन्यत्रबाट उछिट्टिएर आउने जस्ता विपत्हरुको सामनाका कुरा त बाहिरी तौर तरिकालाई नियालेर स्वयम्को सतर्कताले पनि केही हद सम्म पर धकेल्न सकिन्थ्यो । यस्ता विपत्हरुबाट मुलुकवासीलाई कसरी बचाउने र बढि सजगतामा क्षति कम गर्न कसरी भूमिका खेल्ने भन्ने कुरा सोच्न आवश्यक छ । कोरोना विश्व महामारीका समयमा नेपालले सुरुका दिनमा अपनाएको सजगतालाई थोरै निरन्तरता दिएर बाहिरबाट आएका व्यक्तिको लागि क्वारेन्टाइनको चुश्त व्यवस्था र परिक्षिणलाई थप प्रभावकारी बनाएको भए निश्चय पनि नेपालमा बढि जोखिम हुनबाट जोगिन सक्यो । तर त्यसमा अन्तिम क्षणमा सर्वसाधारण र सरकार बाहिर हुने राजनीतिक दलको अधैर्यताले सडकसम्म हुत्तिंदा त्यहाँ कमजोरी भएको छ ।
यस्ता कमजोरी आगामी दिनमा गर्नु हुन्न । क्षणिक फाइदाका लागि दीर्घकालिन समस्या निम्त्याउनु भन्दा विपत् बाजा बजाएर आउँदैन भन्ने कुराको हेक्का सुरुमा नै राख्न सक्नु पर्छ ।
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न