प्रत्येक वर्ष झै यस वर्ष पनि नेशनल ट्रेडिङ्ग देखी ब्रहमचोक सम्मको सडक, वीरगंजको घण्टाघर चोक देखि मुर्ली चोक हुँदै पावर हाउस चोक पुग्ने पिच सडक पुनः जीर्ण बनेको छ ।
केहि साता पहिले अविरल परेको वर्षाले नेशनल ट्रेडिङ्ग देखी ब्रहमचोक सम्मको सडक हिलाम्मे भएको छ । भने, घण्टाघर पावर हाउस सडक खण्डको पिच सडकको ठाँउ ठाँउमा खाल्डा खुल्डी भएरु पानी जमेर जीर्ण भएको छ । केही महिना पहिले मात्र टालिएका सडकका खाल्डाखुल्डी, असार अन्तिम साताको वर्षाका कारण फेरि पुरानो अवस्थामा पुगेको हो ।
प्रत्येक वर्ष झै यस वर्ष पनि सडक काम भएको थियो तर सडकको खाल्डा खुल्डी टाल्ने क्रममा ठेकेदारले कमसल काम गरेकाले अहिले फेरि उक्त सडक पुरानै जीर्ण अवस्थामा पुगेको हो । सडक जीर्ण भइ सवारी आवागमनमा असहज भइरहँदा पनि त्यसको मर्मत सम्भारका लागि सम्बन्धित निकायले कुनै चासो नदेखाएको नगरवासीको गुनासो छ । मर्मत सम्भार हुने वीरगंज देखि पावरहाउस मुख्य सकडकको यस्तो अवस्था छ भने बाकी सडकको कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । कतिपय सडकहरु निर्माणका क्रममा छन् जसका कारण झन् सडकको अवस्था बेहाल छ । सडक मर्मत तथा सम्भारमा सडक डिभिजनका बिभिन्न कार्यालयहरु अरबौ खर्च गर्छन तर यस्तो सडक किन मर्मत हुदैन ? दिनहुँ त्यही बाटो भएर भिआईपीहरुको पनि सवारी हुन्छ । तर त्यस तर्फ किन कसैको ध्यान जादैन ? आ.व. २०७६।०७७ को रकम सकाउन वीरगंजका केहि सडकहरु मर्मत भएका थिए । तर अहिले मेन रोडसंगै नेशनल ट्रेडिङ्ग देखी ब्रहमचोक सम्मको सडक हिलाम्मे र मुख्य सडक खाल्डो हुदाँ सडक मर्मत हुदैँन आखिर किन होला ?
वीरगंज पहिला देखि नै विकासको क्षेत्रमा पछाडी परेको नगर हो । झन फोहोर र मोहरमा सधै नै चर्चामा आईरहने ठाउँ हो । वीरगंजलाई मच्छरगंजको पनि नाममले चिन्ने गरिन्छ । अहिले विकासको नाममा सडकको विनास भईरहेको अवस्थामा के नामले चिन्ने महानगरपालिका कि आफनो पहिचान बदल्ने । आखिर विकासको नाममा आम जनताले कहिले सम्म यस्तो सास्ती भोगिरहने ? के नयाँ बन्ने सकडमा मर्मत गर्न सकिदैन र ? वीरगंजलाई महानगरपालिका बनाउनका लागि संघर्ष गर्नेहरुको ध्यान यतातिर किन गईरहेको छैन ? वीरगंजको विकासको लागि सवै स्थानियवासी, राजनीतिक दल, विकास प्रेमी यहाँका संघ संस्था, नागरिक समाज, मिलेर यस विषयमा ध्यान दिन जरुरी छ । वीरगंजको विकासका लागि आएका कार्यक्रम तथा रकमको बारेमा सवै जनाले चासो राख्न जरुरी छ । विकासका लागि योजनाहरु बनाउन जरुरी छ । होईन भने वीरगंज महानरपालिका सधैको लागि महानगरपालिका भएर जान्छ ।
वीरगंजका गल्ली तथा भित्रका प्रायजसो सडकहरु नामका मात्रै सडक जस्तो भएका छन् । पाइला पिच्छै खाल्डाखुल्डी, उबड खाबड बाटो, आधा कच्ची आधा पक्की सडक सबैको हालत उस्तै छ । बिशेष गरी घन्टाघरदेखि पावरहाउस, घण्टाघर देखि रानिघाट, ब्रहमचोकदेखी गिरीजामाई कोलोनी जाने बाटो अत्यन्तै दयनीय अवस्थामा रहेको छ । नयाँ सडकहरु बन्न सकिरहेका छैनन, केहि सडकहरु खनेर छोडेको अवस्थामा छन । भएका सडकहरुको मर्मत छैन । मर्मतको नाममा बजेट सिध्याउने काम मात्र भएको जस्तो देखिन्छ । पानी परेको बेला सडकको खाल्डाखुल्डीमा पानी जमेर दुर्घटनाको सम्भावना बढी हुने गरेको सवारी चालकहरु बताउँछन । मुख्य सडकलाई प्राथमिकतामा राखेर मर्मत सम्भार गर्नुपर्ने भए पनि सम्बन्धीत निकाय मौन रहेकाले सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन ।
मुख्य सडक मर्मतका लागि महानगरले चाँसो देखाउने की सडक विभागले ? जस्ले भएपनि समयमा नै सडक मर्मत गरी सम्भावित दुर्घटना बचाउने तर्फ कहिले सोच्ने ? प्रत्येक वर्ष वर्षायाम पछि यसको चर्चा हुने तर पछि बिर्सेर जाने आखिर कहिले सम्म यस्तो ?
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न