प्रदेश नम्बर २ को स्थानीय तहमा निर्वाचित भएका निर्वाचित जनप्रतिनिधिहरुको व्यवस्तता यो आर्थिक बार्षको अन्त्यमा निकै बढेको छ । पर्सा जिल्लाको दोस्रो सदरमुकामका रुपमा परिचित पोखरीया नगरपालिकााका निर्वाचित जनप्रतिनिधिहरु पनि यो सिजनमा व्यस्त नहुने कुरै भएन । स्थानीयहरुको चाहना पुरा गर्नका लागि अहिले आर्थिक बर्षको अन्त्य भए पनि अरु स्थानीय तहका जनप्रतिनीधि झैं पोखरियाका जनप्रतिनीधिहरु पनि जनताका विकासे काममा जुटेका छन् । पोखरीया नगरपालिकामा संघिय समाजवादी फोरम नेपालको तर्फबाट उपमेयर पदमा निर्वाचित सल्मा खातुनसंग नगरको पछिल्लो अवस्था र न्यायिक क्षेत्रका बारेमा मध्य नेपालले गरेको थप कुराकानी :–
१) हिजो अन्तरवार्ता लिने ठाउँमा हुनुहुन्थ्यो । आज जवाफ दिने ठाउ“मा पुग्नु भएको छ । एक वर्षको अवधिमा कस्तो अनुभव गरिरहनु भएको छ ?
अन्तरवार्ता लिन सजिलो छ । तर दिन एकदमै गा¥हो काम लाग्यो । किनकी यो स्थानमा पुग्दा जनताप्रतिको जवाफदेहिता बढेको छ । आफुले बोलेको कुराले नजानेर भए पनि कसैलाई आघात नपुगोस् भन्ने पनि हुन्छ ।
२) उपमेयरलाई न्यायिक क्षेत्रको जिम्मेवारी पनि दिइएको छ । ग्रामिण भेगको नगरपालिकामा कस्ता खालका मुद्दाहरु आउने गरेका छन् ?
अहिले सम्म हामीकहाँ सबभन्दा बढी जग्गा, जमिन एकले अर्काको अलि बढि मिचेको मुद्धा बढी आउँने गरेका छन् । त्यसपछि घरेलु झगडा, कुलो लगायतका मुद्धाहरु बढि आएका छन् ।
३) मुख्यतया प्रहरी प्रशासन बिनाको मुद्दा मामिला फैसला गर्दा मन्जुरी नहुने,तपाईसँग व्यक्तिगत दुश्मनी जस्तो मनसाय बनाउने जस्ता समस्या कतिको आएको छ ? त्यस्तो आभास हुन्छ कि हुदैन ?
हामी राजनीतिक पृष्टभुमिबाट आएकाले जनतामा केही हदसम्म त्यस्तो भान हुनु अस्वभाविक हैन । तर मैले काम गर्दा चनाखो भएर गर्ने गरेकी छु । म सकेसम्म सबैको चित्त बुझाएर पठाउने गरी काम सम्पादन गरिरहेको छु ।
४) गाऊ्ँ घरको मुद्दा बढी देवानी मुद्दा, घर, जग्गा, बाली नाली, झै झगडाहरु होला, त्यस्ता मुद्दा मामिलामा हाल सम्म नगरपालिकाले दण्ड जरिवाना पनि तिराएको छ ? तिर्ने अवस्था सिर्जना भएको छ कि छैन ?
अहिले सम्म दण्ड र जरिवाना गरेका छैनौ । तर मेलमिलाप र आपसी सहमति मै टुङ्ग्याएका छौ । त्यस्तो अवस्था आएको छैन ।
५) यस नगरपालिकामा मात्रै होइन । तराईकै शिक्षाको अवस्था सुधार गर्न जरुरी छ । यस मानेमा यहाँहरुले आफनो नगरपालिकाका लागी पनि केहि योजना बनाउनु भएको छ ? कस्ता योजना प्राथमिकतामा परेका छन् ?
यहाँ शिक्षाको अवस्था सुधार गर्नका लागि हामीले बालिका शिक्षा, दलित समुदायको विद्यालयमा पहुँच, तथा पढ्न पाउँने उपयुक्त वातावरण, अभिभावकहरुसंगको छलफल, निरन्तर विद्यालय अनुगमन लगायतमा विशेष जोड दिइराखेका छौं । र बालिकाहरुको पहुँच बढाउँन बालिका स्वर्णिम योजना, छात्रवृत्ति, शिक्षा सामग्री वितरण, खेलकुद तथा अन्य क्रियाकलाप पनि गराउँदै आएका छौ ।
६) पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरीया, यस भेगका अधिकांस स्थानीयहरु कृषिकर्ममा लागेका छन् । तिनीहरुको सेवा–सुविधाका लागी नगरपालिकाले यस आर्थिक वर्षमा के–के योजना ल्याएको छ ?
कृषकहरुका लागि हामीले विभिन्न व्यवसायिक तालिम, स्पेयर ट्याङ्की, विउ वितरण, धारा तथा बोरिन जडान, बाख्रा वितरण, क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरेका थियौं । आगामी वर्षमा युवाहरु र महिलाहरुलाई विशेष रुपमा लक्षित कार्यक्रम ल्याउँने छौ ।
७) कृषिको कुरा गर्दा अहिले धेरै कृषकको गुनासो छ, जनप्रतिनिधि नहुदाँ हामीले ३ विगहामा जम्मा वर्षको ८ रुपैयाँ मालपोत कर बुझाउँथ्यौं । तर अहिले प्रतिकठा १० रुपैयाँ बुझाउनु परेको छ अझै जनता मारमा परेको भन्ने सुनिन्छ ? तिनिहरुका लागी यहाँको नगरपालिकाले सेवा सुविधामा कतिको न्याय गरेको छ ?
गरिब कृषकलाई मार पर्ने गरी हामी काम गर्न चाहन्नौ । तर अहिलेको अवस्था र आवश्यकता अनुसार करको दर र दायरामा वृद्धि गर्नुपर्ने आवश्यकता अनुसार वृद्धि गरिएको हो । त्यसमा कृषकलाई सहज हुने गरी व्यवस्था गर्नेछौ । साथै वृक्षारोपण गरिएको जग्गालाई विशेष छुट दिइएको छ ।
८) यहाँको नगरपालिकाबाट पनि महिलासिप विकासको तालिमहरु भएको छ । तर ती तालिमले कतिको आत्मनिर्भर बनाएको छ ? नगरपालिकाले मुल्यांकन गर्दै छ कि छैन ?
यस पटक त्यस्ता निकै कम तालिमहरु संचालन भएका छन । तर जति भए ति उपलब्धिमुलक हुन भन्ने हाम्रो चाहना हो । यसका लागि हामीले उहाँहरुलाई उत्प्रेरित गर्ने गरेका छौ ।
९) ग्रामिण भेगको एउटा मात्रै हैन अन्य ठाँउका महिला, युवतीहरुको समस्या छ, सिप सिकेर पनि बजारिकरण नभएकाले यतिकै त्यो सिप २ देखी ४ महिना मै समाप्त हुन्छ । त्यस अवस्थाका महिलाहरुलाई बजारीकरणको व्यवस्था यहाँहरुले गर्नु भएको छ कि छैन ?
ग्रामिण भेगको मात्र हैन, अहिले हरेक ठाउँका महिलामा यही समस्या छ । ति महिलाहरुको लागि मेरो विशेष योजना छ । आगामी आर्थिक वर्षदेखि हामी त्यस्ता केही योजना ल्याउँदै छौ । जसमा तालिम मात्र नभइ नगरपालिकाले नै केही लगानी गर्ने, अनुगमन तथा बजार व्यवस्थापनको जिम्मा समेत लिई व्यवसायिक महिला समुह तयार गर्ने छौ ।