पर्साको ठोरी स्थित सुमेरु पर्वत माथि रहेको नेपाल भारत सीमा पिलर ढालिएको छ ।
ठोरी गाउँपालिका वडा नं. २ ठोरी भन्सार नजिकै रहेको सुमेरु पर्वतमाथिको नेपाल भारत सीमामा गाडिएको ३६ नम्बर पिलर ढालेर ५ मिटर मुनि झारिएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि भारतको अयोध्यामा नभई पर्सा जिल्लाको पश्चिमी ठोरी स्थित रहेको भनेपछि सुमेरु पर्वतको बीच भागमा रहेको सीता गुफा अहिले चर्चामा आएको थियो । चट्टानै चट्टानयुक्त बनेको सुमेरु पर्वको बीच भागमा रहेको सीता गुफाको माथिल्लो टुप्पामा रहेको नेपाल भारत सीमा ३६ नम्बर पिलर रहेको थियो ।
स्थलगत अनुगमनको क्रममा उक्त स्थानमा भगवान राम तथा सीतासँग जोडिएका शिवलिंग, कुण्ड, घडा लगायत विभिन्न प्राचीन सामानहरु सुरक्षित रहेको समाचारहरु बाहिर आएपछि शनिबार (आज) दिउँसोको समयमा पिलर ढालिएको स्थानीयहरुले बताएका छन् । स्थानीयहरुको अनुसार प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई स्वागत गर्दै ठोरीबासीले शनिबार धुमधामका साथ पुजाआजा गर्ने कार्यक्रम रहेकोमा विहानसम्म पिलर त्यही स्थानमा रहेको तर साँझ हेर्दा पिलर ढालिसकिएको हेरेपछि घटना सार्वजनिक भएको थियो ।
पुजाआजाको क्रममा सर्वसाधारणहरु सीता गुफाभन्दा मुनि झरेको मौका छोपेर पिलर ढालिएको स्थानीय रामसरण लामिछानेले बताए । उनीहरुका अनुसार भारतीय पक्षले गुफालाई आफ्नो सीमामा पार्ने षडयन्त्र गर्नका लागि भारतीय एस.एस.बी.को कुनै प्रतिनिधिले ढालेको हुन सक्ने बताए । सर्वसाधारण व्यक्तिलाई सीमासँग के मतलब छ ? र बेलाबखत रातारात एस.एस.बी.ले सीमामा रहेको पिलरलाई गायब गर्नुका साथै नेपालको भूमिभित्र ल्याएर राख्ने गरेको कुनै नौलो काम नरहेकोले यो पिलरलाई पनि उनीहरुले नै ढालेको हुन सक्ने बताए ।
घटना सार्वजनिक भएपछि तत्काल सशस्त्र प्रहरी निरीक्षक दिपक दहाल तथा नेपाल प्रहरी निरीक्षक अशोक कुमार साह सहितको टोली घटना स्थल पुगेको थियो । पिलर ढालिएको घटना सार्वजनिक भएपछि उक्त स्थानमा स्थानीयहरुको आवत जावतमा रोक लगाइएको छ भने भारतीय सीमा सुरक्षा बलका अधिकारी सहित सशस्त्र प्रहरी, नेपाल प्रहरीको अधिकारीहरु पुगेर अनुसन्धान गरि रहेको सशस्त्र प्रहरी निरीक्षक दिपक दहालले बताए ।
उनका अनुसार सीता गुफामाथि रहेको ३५ नम्बर पिलर ढालेर ५ मिटर मुनि झरेको छ, तर कसले पिलर ढालेको हो भन्ने अहिलेसम्म पत्ता नलागेको र अनुसन्धान कार्य भइरहेको प्रनि दहालले बताए ।
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न