यस्तो छ, निर्णयहरु
आज जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । वीरगंजमा भोलि शनिबार बिहान ५ बजे देखि अनिश्चित कालको लागी निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ ।
यस्तो छ, निर्णयहरु संकट व्यवस्थापन केन्द्र पर्साकाे साउन ९ गते बसेकाे वैठककाे निर्णयहरू :-
१) कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार एवं व्यवस्थापन सम्बन्धमा विश्लेषनात्मक समीक्षा गरियो । सम्बद्ध सबै निकायहरुले आपसमा सहयोग र समन्वय गरी कोभिड—१९ को रोकथाम, नियन्त्रण एवं व्यवस्थापनलाई थप प्रभावकारी बनाउने ।
२) यस जिल्लामा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण व्यापक बन्दै गएको देखिएको, पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमितहरु समेत देखापर्न थालेका, संक्रमित केहीको मृत्यू समेत भएको र कोभिड अस्पतालको आइसोलेसनमा रहेका अन्य केहीको अवस्था समेत जटिल देखिएकोले यसको संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम मिति २०७७ श्रावण १० गते विहान ५ बजेदेखि अर्को आदेशनभएसम्म पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी निषेधाज्ञा जारी गर्ने र उक्त निषेधाज्ञा अवधिभर लागू हुने गरी निम्न आदेशहरु जारी गर्ने :-
(क) निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर ननिस्कने ।
(ख) शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गर्ने ।
(ग) स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने ।
(घ) छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछिपि मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाई Area Domination गर्ने । नेपाल सरकारको निर्णय बमोजिम अत्यावश्यक अवस्थामा नेपाल आउनु पर्ने नेपालीहरुको लागि नेपाल प्रवेश गर्न ताकिएको रक्सौल बीरगंज सीमा नाकाबाट आउने नेपालीहरुलाई नेपाल सरकारको निर्णय अनुसार स्वास्थ्य र सुरक्षाका मापदण्डहरुको पालना गर्दै होल्डिङ् सेन्टरहुँदै सम्वन्धित स्थानीय तहमा क्वारेन्टाइनसम्म पुर्याउन भने बाधा पर्ने छैन ।
३) माथि उल्लेखित निर्णयको अवज्ञा वा अवलेहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गर्ने । कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत सहयोग लिने ।
४) कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र Contract Tracing गरी चेकजाँचको कामलाई तीब्र पार्ने । संक्रमणको बढी जाखिम भएका स्थानहरुमा समेत PCR चेकजाँचको लागि Random रुपमा स्वाव संकलन गर्ने । यसको संयोजन बीरगंज महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, जिल्ला स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा गर्ने । कोभिड संक्रमण पुष्टि भएका व्यक्ति तथा शंकास्पद व्यक्तिहरु ओसार पसार गर्नको लागि वीरगंज महानगरपालिकाले संभवभएसम्म एम्बुलेन्स वा सो नभए एम्बुलेन्स चालकको व्यवस्था गर्ने,PCR चेकजाँचको लागि आवश्यक सामाग्री उपलब्ध गराउने र थप उपकरण एवं स्वास्थ्य सामाग्रीको व्यवस्थाको लागि सम्वन्धित तालुक निकायहरुमा अनुरोध गर्ने ।
५) कुनै उद्योग, प्रतिष्ठान एवं निजी घरहरुमा बस्ने व्यक्तिहरु कसैमा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा त्यस्ता उद्योग, प्रतिष्ठान एवं घरहरु सिल गरी स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिसको आधारमा ती निकायको प्रत्यक्ष निगरानीमा रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको होम क्वारेन्टिन सम्बन्धी मापदण्ड, २०७७ बमोजिम होम क्वारेन्टिनको रुपमा संचालन गर्ने ।
६) लक्षण नदेखिएका कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिहरुलाई हालको लागि सिद्धार्थ माविमा स्थापना गरिएको सेमि आइसोलेसनमा राख्ने । यस्ता लक्षण विनाका पोजेटिभ पुष्टि भएका व्यक्तिहरुको संख्या बढ्दै गएमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति गरेको कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम हुने गरी स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिस र निगरानीमा रहने गरी घरमै आइसोलेसनमा बस्ने सुविधा दिने । तोकिएका आधार र मापदण्ड पुरा नहुने अवस्था देखिएमा भने तोकिएका आइसोलेसन सेन्टरमै ल्याउने ।
७) ठूलो संख्यामा कोरोना परीक्षण गर्दा संक्रमित तथा क्वारेन्टिनमा राख्नुपर्ने शंकास्पद व्यक्तिहरुको संख्या बढ्न सक्ने संभावनालाई मध्यनजर राख्दै सबै सरोकारवाला निकायहरुले आपसी सहयोग र समन्वयमा क्वारेन्टिन, आइसोलेसन सेन्टर तथा कोभिड अस्पतालहरुको क्षमता विस्तार गर्ने ।
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न