वीरगंज अहिले कोरोना संक्रमणको केन्द्र विन्दु बनेपनि खुल्ला सिमाना भएको कारण भारतबाट नेपाल प्रवेश गर्ने कार्य अझैसम्म रोकिएको छैन ।
भारतबाटै आएका व्यक्तिहरुको कारण वीरगंजमा संक्रमण फैलिएको भन्दै विरोध भएपनि सिमा क्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरुको संख्यामा कमि भएपनि पूर्ण रुपमा रोकिएको छैन । केही दिन अघि लकडाउन खुकुलो भएसँगै दिनहुँ सयौं नेपाल भारत ओहर दोहर गरेकै कारण वीरगंजको समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भनेर विरोध हुन थाले पश्चात वीरगंजमा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी गरिएपनि नेपाल भारत ओहर दोहर गर्नेहरुको संख्यामा कमि भएको छ तर रोकिएको भने छैन । अहिले पनि सर्वसाधारणहरु सहजै रुपमा नेपाल भारत ओहर दोहर गर्ने गरेका छन् । नेपाल भारत खुल्ला सिमाना भएको कारण र वस्ती जोडिएको कारण सर्वसाधारण लगायत तस्करहरु पनि सहजै नेपाल भारत ओहर दोहर गर्न सफल भइरहेका छन् । केही दिन अघि लकडाउन खुले पश्चात खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय मजदुर लगायतका भारतीय नागरिकहरु नेपाल प्रवेश गरेसँगै वीरगंजमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएको हो ।
वीरगंज बजार खुलेपनि नेपाल भारत सीमा पूर्ण रुपमा बन्द रहेको बखत वीरगंजमा कोरोना संक्रमितहरुको संख्यामा कमि आएको थियो तर विभिन्न बहानामा भारतीय नागरिकहरु प्रवेश गरेसँगै वीरगंज अहिले कोरोना संक्रमितहरुको केन्द्रविन्दु बन्दै गएको हो । अहिले वीरगंजमा मात्रै दैनिक एक दर्जनदेखि दुई दर्जनसम्म नागरिकहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ । जसले गर्दा वीरगंजबासीहरु अहिले त्रासमय छन् र वीरगंजमा कोरोना संक्रमण नियन्त्रण गर्नका लागि वीरगंज महानगरपालिकामा निषेधाज्ञा जारी गरेर कन्ट्याक्ट टे«सिङ्ग र मास टेस्टिङ्गको कार्यलाई नियरन्तरता दिइएको छ । तर नेपाल भारत सिमा जतिपनि कडाई गरेपनि नेपाल र नेपाल भारत ओहर दोहर गर्नेहरुको संख्यामा कमि हुन सकेको छैन । भैसी व्यापारीहरु भैसी चराउने भन्दै भारतबाट नेपाल आउने गरेका छन् भने साना साना व्यापारीहरु तथा तस्करहरु पनि भारतमा गएर सामान किनेर सहजै ल्याउने गरेका छन् ।
विगतझै नभएपनि केही संख्यामा अहिलेपनि मानिसहरु निर्वाद रुपमा नेपाल भारत ओहर दोहर गरि रहेका छन् । विहान बेलुका व्यापारी तथा तस्करहरु ओहर दोहर गर्ने गरेका छन् भने नेपालमा काम गर्ने भारतीय मजदुरहरु पनि निर्वाद रुपमा सहजै नेपाल प्रवेश गरि रहेका छन् । नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरु पनि निर्वाद रुपमा भारत प्रवेश गरि रहेका छन् भने नेपालमा घर भई भारतमा बसेकाहरु पनि लुकिपिछी नेपाल प्रवेश गरि रहेका छन् जसले गर्दा अहिले वीरगन्जमा समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिएको भनेर बेलाबखत विरोध पनि हुने गरेको छ । यस अवस्थामा सिमा नाकामा जति कडाई गरेपनि खुल्ला सिमाना भएको कारण ओहर दोहर गर्ने नेपाली तथा भारतीय नागरिकहरुलाई रोक्न सुरक्षाकर्मीहरुलाई पनि धौधौ परि रहेको सुरक्षाकर्मीहरुले बताए ।
यताबाट लखेट्दा उता जाने, उताबाट लखेट्दा यता आउने यसरी नै दिन विति रहेको र अन्त्यमा नागरिकहरु ओहर दोहर गर्न सफल भइ नै रहेको सुरक्षाकर्मीहरुले बताउँछन् । कतिपय नागरिकहरुले धान खेत हुँदै सिमा ओहर दोहर गर्ने गरेका छन् । वीरगंजमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले यहाँ स्थित विभिन्न उद्योगहरुमा रहेका कामदारहरुको नामावली संकलन गरि अनुसन्धान पनि थालेको छ । सो क्रममा सिमरा स्थित जगदम्बा सिमेन्ट प्रा.लि.मा हजारौं मदजुरहरु भारतबाट आएको बुधबार भेटिएको छ । जगदम्बा इन्टरप्राइजेजका कार्यकारी अधिकृत सहित ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई मंगलबार सिल नै गरिएको छ । यसरी खुलेयाम भारतबाट नेपाल आएका मजदुरहरुमा कोरोना संक्रमण पुष्टि हुने गरेको र तिनीहरुले समुदाय स्तरमा पनि कोरोना संक्रमण फैलाएको भनेर विरोध पनि भइरहेको छ ।
प्रशासनले समुदाय स्तर अर्थात नेपाल भित्र भारतीय नागरिकहरुलाई खोज्नुभन्दा पनि सिमा नाकामा बढि कडाई गरेको भए सायद वीरगन्जको यस्तो भयावह अवस्था सृजना हुँदैन्थ्यो । अहिले प्रशासन तातेको छ, तर समुदायमा भारतीय नागरिक खोज्नुभन्दा पनि सिमा नाकामै रोके मात्रै कोरोना संक्रमण फैलिनमा रोक लगाउन सकिन्छ ।
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न