“स्वास्थ्य र सुन्दर संसार स्तनपान एकमात्र आधार” भन्ने नाराका साथ यो वर्ष विश्व स्तनपान सप्ताह मनाइदै छ ।
शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्त १ तरि देखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । विश्व स्तनपानको सप्ताहको लक्ष्य सन २०२५ सम्म रहेको छ । महिनासम्म कम्तीमा ५० प्रतिशत शिशुले प्रचुर स्तनपान गर्न पाउने यसको प्रमुख उदेश्य हो । बालबालिकाको जीवन विकासका लािग आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाट नै पाइने भएकोले यस सम्बन्धि सचेतना जगाउने यस सप्ताहको मुल उदेश्य हो ।
नेपाल लगायत विश्वका १ सय ६० भन्दा बढी देशले आजदेखि एक शिशुलाई आमाको दुध (स्तन) चुसाउने कामलाई नै स्तनपान भनिन्छ र कम्तिमा ६ महिना सम्म आमाको दुध मात्र खुवाउनुलाई नै “प्रचुर मात्रामा स्तनपान” Exclusive breastfeeding भनिन्छ । नेपाल जनसंख्यीक स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याकं अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्रै छ ।
यसैगरी जन्मनसाथ स्तनपान गराउनु अघि १० जना नवजात शिशुहरु मध्ये ३ जना नवजात शिशुहरुलाई ध्यु महाचिनी चटाउने गरेको पाइएको छ । नेपालमा शिशु जन्मदेखि १ महिना सम्म पुर्ण स्तनपान गराउने संख्या ८० प्रतिशत रहेको छ तर यो तथ्यांक घटदै शिशु २ देखि ३ महिला सम्मको हुँदा पुर्ण स्तनपान गराउने संख्या ७२ प्रतिशत मात्र रहेको छ र शिशु ४ देखि ५ महिनाको उमेर समुहमा स्तनपानको स्थिति हेर्ने हो भने ४१ प्रतिशतले मात्र पुर्णस्तनपान गराएको दखिन्छ । विश्व स्तनपान सप्ताहविश्व स्तनपान सप्ताह World Breast Feeding week (1st August – 7th August )
चिकित्सकका अनुसार नवजात शिशु जन्मिएको एक घण्टा भित्र नै आमाको पहेलो (विगौती) दुध खुवाउनुपर्छ, यसले पहिलो खोप सरहको काम गर्छ शिशुलाई रोगबाट बचाउन र रोगसँग लडनसक्ने क्षमता बढाउँछ ।
आमाको दुधमा पाइने तत्वहरु
- कार्बोहाइट्रेड (शक्तिदिने)
- प्रोटिन (शरिरको बृद्धिविकास गराउने)
- चिल्लो (शक्ति दिने) ,फ्याही एसिएहरु )
- भोक जगाउने र नियन्त्रण गर्ने लगायतका जैविक तत्तवहरु )
- भिटामिन ए , सि, डि, ई , के , फोलेट आदि
- क्याल्सियम, फोस्कोरस , सोडियम, पोटासियम , जिंक क्लोरिन आदि
- फाइदा जनक विणयुहरु र प्रशस्त मात्रामा पानी
- आमाको दुधलाई प्रतिधिको प्रयोग गरेर संचित गरेर राख्दा पनि सकिन्छ ।
बढी आउँछ भने सफा कचौरा वा ग्लासमा जम्मा गरि बच्चालाई खुवाउन सकिन्छ । बरफ राख्न सकिने व्याग वा भाडामा करिब २४ घण्टा र रेफरिजरेटरमा ४ डिग्री तापक्रममा करिब ५ दिनसम्म संचित गरेर राख्न सकिन्छ । यसले विशेष काम गर्ने महिला आमालाई विभिन्न फर्मुलाबाट तयार गरिएको दुध प्रयोग नगरेर आफ्नो दुध खुवाउन सहयोग गर्छ ।
स्तनपानले बच्चालाई हुने फाइदाहरु
- सुतकेरी हुनासाथ स्तनबाट बाक्लो बिगौती दुध निस्कन्छ जस्मा बच्चालाई विभिन्न जिवाणु र दुसीहरुको संक्रमण हुनबाट जोगाउने तत्व हुन्छ र शिशुलाई चौतर्फी वृद्धिविकासको लागि चाहिने कार्बो हाइडेट, प्रोटिन बोसो , भिटामिन न तथा खनिलहरु पाइन्छ ।
- बच्चाको भोकरायस भेट्छ, बच्चाको बृद्धि र विकासमा सहयोग पर्छ बच्चाको बौद्धिक क्षमतामा बृद्धि हुने सङसगै कुपोषण , बिरामी पन र मृत्यु दर पनि घटाउन मदत पुप्याउछ ।
- स्तनपानले बच्चालाई निन्द्रा लगाउ छ , बच्चाको दाँत र गिजाको पनि विकास गर्ने मदत गर्दछ ।
- बच्चामा छाला रोगको संभावना पनि कम हुन्छ ।
- स्तनपानले बाल अवस्थामा हुने रक्त क्यान्सर बाल मधुमेह , दम, काम पाक्ने रोग पनि कम गर्छ ।
- बच्चाको आकस्मिक मृत्यु हुनबाट कम गर्छ ।
स्तनपानले आमालाई हुने फाईदाहरु
- बच्चा जन्मिने वित्तिकै स्तनपान गराएमा पोष्धेरबाट रगत बग्न कम हुन्छ ।
- नियमित स्तनपान गराउँदा स्तनको क्यान्सर र डिम्बाशबको क्यान्सर पनि कम गर्दछ ।
- अनावश्यक शरिरको तौल बढन पाउँदैन र मधुमेह, उच्चरत्तचाप हुनबाट जोगिन सकिन्छ ।
- स्तनपानलाई परिवार नियोजनको एउटा माध्यको रुपमा पनि लिइन्छ आमाले जति धेरै पटक शिशुलाई दुध चुसाउँछिन त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ ।
- शिशुलाई स्तनपान गराउँदा आमालाई भावनात्मक सुखानुभुति र अत्मियताको महसुस हुन्छ ।
- सुत्केरीमा हुन सक्ने डिप्रेसनलाई पनि कम गर्छ ।
- आर्थिक फाइदा हुनुका साथै आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।
कार्यशिल महिला र स्तनपान
अझै पनि हाम्रो देशमा मात्र नभई विश्वका कयन देशमा महिलाहरु शहरका हुन वा गाँउका हुन प्रचुर मात्रामा स्तनपान गराउने चुकिरहेका छन । गाँउका आमाालाई आफ्नो घर परिवार प्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारीले गर्दा होस या स्तनपानको ज्ञानको कमिले गर्दा होस एउटा बच्चाले प्रचर मात्रामा स्तनपान गर्न पाएको छैन शिक्षित र शहरका महिलाहरु स्तनपानको महत्व थाहाँ भएर पनि पर्याप्त स्तनपान गराउदैनन् वा गराउन समय पाउदैनन् ।
आफ्नो काम करियर, जिम्मेवारी सँगसँगै कतिपय महिलाहरु आफ्नो सौन्दर्यमा होस आउछ रतलको आकार बिग्रन्छ भनेर पनि स्तनपान गराउन चाहँदैनन् । हाल शहरी क्षेत्रमा बसोबास गर्ने काम गर्ने महिलाहरुले शिशु स्याहारमा धेरै सहयोग नहुने आफुले काम गर्ने ठाँउमा पार्याप्त सुत्केरी बिदा सेवामा आवद्ध महिलाले सुत्केरी अवधिमा जम्मा ९८ दिन बिदा पाँउछन झन निजि संस्थामा असम्भव छ । बेलायत र भारतको पनि धेरै क्षेत्रमा सुत्केरी बिदा छ सरकारी होस या नीति संस्था ६ महिनाको सुत्केरी बिदा गर्दा शिशु मृत्युदर कम हुन मदत पुप्याउँछ साथै स्तनपानको लाभ आमा र बच्चा दुबैले लिन पाउने छन ।
यो सगसगै सरकारले देशभरी रहेको कार्यालहरुमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्छ, समुदाय स्तरमा स्तनपान सम्बन्धि प्रबद्र्धनात्मक कार्यक्रमहरु गर्नुपर्छ । विधालय स्तरको पाठयक्रममा स्तनपान सम्बन्धी विषयवस्तु राख्ने, स्वास्थ्य कर्मीहरुलाई सो सम्बन्धी आवश्यक तालिम र प्रशिक्षण दिने, र स्तनपान सम्बन्धि परामर्श र जानकारी दिने कार्यक्रमहरु गरियो भने स्तनपानलाई थप प्रवद्र्धन गर्न सकिन्छ ।
कोरोना र स्तनपान
विश्वभर कोरोनाको महामारीमा सबैजना जोगीन घरभित्रै बसिरहेको छौ अहिले भर्खरै सुत्केरी भएका आमालाई, बच्चालाई कसरी सुरक्षित राख्ने र कोरोना संक्रमित आमाले शिशुलाई कसरी स्तनपान गराउने भन्ने कुराले त्रास भएको हुनसक्छ । डब्ल्युएचओ का अनुसार कोरोना भाइरस संक्रमित आमाले नवजात शिशुलाई स्तनपान गराउँदा कुनै खतरा नहुने दाबी गरेका हुन तर स्तनपान गराउदाँ केही नियमको पालना गर्नुपर्ने हुन्छ ।
- बच्चालाई लिनु अघि वा पछि राम्रो सँग हात धुनुपर्छ ।
- सधै मास्त लगाउनु पर्छ, नाक, आखाँ र मुखमा हातले छुनु हुदैन ।
- खोक्दा हाछयु गर्दा रुमाललले मुख छोप्नुपर्छ ।
- बच्चालाई अरु मानिसहरुको सम्पर्कबाट टाढा राख्नुपर्छ ।
- यदी बच्चालाई घर बाहिर वा अस्पताल लैजानु छ भने सरसफाइको विशेष ख्याल राख्नुपर्छ ।
- आमा निकै नै अस्वास्थ्य भएको अव्स्थामा आमाको दुध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिन्छ ।
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न