आजको युग परिवर्तको युग भनेर चिनिन्छ । किन कि संसारका हरेक कुना–काप्चादेखि लिएर शहरिया भिडमा हरेकको सोच मानवीय विकास र परिवर्तको स्वरले गुन्जायमान छ । तर यस परिवर्तित युगमा जब सम्म स्वयंम् आत्मनिर्भर हुन सक्दैन । तब सम्म परिवर्तनको खुड्किलो चड्न मुश्किल देखिन्छ । जसको एउटा मुख्य कारण आत्मनिर्भरता हो भन्दा नहोला ।
आजको प्रतिस्पर्धी समयमा आएर पनि स्वयंम आफुलाई आत्मनिर्भर बनाउन सकिएन भने सधै पिछडिएको वर्गमा गणना हुने हुदाँ आफू सचेत हुन जरुरी छ । यसै क्रममा आफ्नो नाम अझ उचाल्न सफल उद्यमीको रुपमा चिनिनुहुन्छ, पानीटंकी वीरगंज–८ मा बसोबास गर्दै आईरहेकी सुमित्रा सापकोटा । २०३५ सालमा बाराको हरैया हालको कोल्हवी नगरपालिका मधुवनमा जन्मिएकी सापकोटाको विवाह पर्साको सुवर्णपुरका शेखर सापकोटासँग भएको बताइन् । ईश्वरी प्रसाद तिमिल्सिना र खीमादेवी तिमिल्सिनाकी छोरी सुमित्राका एक छोरा र एक छोरी छन् । घरायसी झैझगडा र हिंसामा उद्धत हुने श्रीमान्ले छोडेपछि एकल रहेकी सुमित्रा सुरक्षा व्यूटिपार्लरकी संचालिका हुन् । गरिखाने मुखलाई जुँगाले छेक्दैन भन्ने उक्ति अनुसार उनी अहिले आफ्नो शिपले बिना पुरुषको सहारामा पनि बालबच्चाको लागि आडिलो अभिभावक भएकी छन् । यस अंकमा तिनै महिला उद्यमीको बारेमा मध्य नेपालले गरेको थप कुराकानी :-
१) वर्तमान समयमा महिला उद्यमीहरुको अवस्था कस्तो छ ?
महिला उधमीहरुको अवस्था धेरै नै जटिल छ । महिलाहरु काम गर्ने चाहँना हुदाँ पनि नेपाल सरकारको लगानी न्युन भएको पाइन्छ । महिला उधमीहरुको लागि आएको बजेट पनि सही सदुपयोग हुन नसकेको अवस्था छ । पहिला पहिला महिला घरबाट निस्कन चाहन्दैन्थे । अहिले महिलाहरु घरबाट बाहिर निस्केर आफुपनि केही गरौ । घरपरिवारको जिविकोपार्जन मा सुधार ल्याउँन पाँउ भनेर इच्छुक छन । तर पनि सरकारले महिला अथवा उधमीहरुको लागि जति चाहिएको हो त्यति सोचको अवस्था छैन । अब उधममा लगानी गर्दा कतिपय अनुदानहरु प्नि आएको छ । तर सुचन प्रवाहको कारणले महिलाहरु फाईदा लिन सकेका छैनन् ।
२) महिला – महिला बिच सूचना प्रवाह कसरी गर्न सकिन्छ ?
प्रत्येक महिलाहरुलाई जानकारी पाउँनको लागि राष्ट्रिय तथा स्थानीय पत्रिकाहरुमा सुचना प्रकाशित गर्नुपर्छ । महिलाहरुले कसरी कहाँ र कुन सिप सिकाईहरेको छ । सरकार द्धारा निःशुल्क जानकारी पाउँनको लागि गाउँ–गाउँमा गएर प्रचार–प्रसार गर्नुपर्छ । अहिले गाउँपालिका, स्थानिय, नगरपालिकामा तालिमहरु आइरहेको अवस्था छ । प्रत्येक वार्ड–वार्डबाट जानकारी हुनुपर्दछ ।
३) महिला उद्यमी बन्नलाई यहाँ कसको प्रेरणााबट अगाडी बढ्नु भएको हो ?
म यहाँसम्म आइपुग्न मेरो आफ्नो जिवनले सिकाएको हो । मैले हेरेर मलाई यो आवश्यक छ । भेरो लागि यो पेशा उचित छ भने सिक्न इच्छुक भए । यसमै एउटा यो हाम्रो पर्सा जिल्लाको क्रिएटिभ स्केल प्रा.लि ले सुचना दिंदा ३ महिना तालिम लिए । त्यसले पनि प्रयाप्त नभएको जस्तो लागेर मैले थप प्राइभेटबाट पनि व्युटिसियनको तालिम लिए । म पक्कै पनि एउटा पार्लर संचालन गरेर त्यसबाट केही आयआर्जन गर्न सक्छु जस्तो लाग्यो । अनि त्यो बेलामा कुनै पनि उद्यम संचालन गर्दा वा कार्य गर्दा अर्थको अभाव हुन्छ नै । मैले सामुहिक जमानीमा ऋण लिएर उद्यम संचालन गरे । त्यही क्रिएटिभ प्रा.लि बाट थप विजनेस स्केलको पनि तालिम दिनु भयो । त्यसले गर्दा आज यहाँसम्म आउँन निकै नै सपोर्ट भएको छ ।
४) यहाँलाई उद्यम सुरुवात गर्नको लागि कतिको संघर्ष गर्नुप¥यो ?
०६८/०६९ मा आफनो व्यवसाय संचालन गरे । संचालन हुने वित्तिकै आफनो व्यवसाय दर्ता गरे । त्यसपछिको दिनमा व्युटिपार्लरबाट आयआर्जन गरेको छु । विभिन्न संघ–संस्थासंग समन्वय गरेर विभिन्न संस्थाले तालिम संचालन भएको ठाउँमा गएर आफनो कुराहरु पनि राखे । कतिपय संघसंस्थाहरुले नातावाद, कृपावाद पनि गर्न थाले । आजभन्दा ८ वर्ष भन्दा अगाडी म गृहिणी थिए । घरमा नै सिमित थिए । त्यस्ता महिलाहरुलाई म उधमी बनाउन चाहन्छु भनेर विभिन्न संघसंस्थासंग अनुरोध पनि गरे कि हामीलाई पनि तालिम दिनु । मलाई घरेलु तथा साना उधोगले तालिमको लागि बोलाउनु भयो । त्यहाँ गएर मैले २० जनालाई तालिम दिए । तर आज त्यस तालिम सिकेर गएर १५ जना महिला ब्यटिपार्लर खोलेर आफनो व्यवसाय संचालन गरेका छन । अहिले त्यही संघ–संस्थाले पछिका दिनमा आफै आएर तालिम संचालन गरिदिनुपर्छ भनेर भन्न थाल्नुभयो । म अहिले विभिन्न ठाउँमा गएर तालिम दिदै आईरहेको छु ।
५) यहाँले अहिले सम्म ८ वर्षको अन्तरालमा कतिजनालाई प्रशिक्षण दिन सफल हुनुभएको छ ?
अहिले सम्म आफुले तालिम दिएर उधमी बनाएको विधार्थीहरु लगभग ३०० जना भईसकेका छन । यो छोटो अवधीमा हो । त्यसमा ५०–६० जना आफनो व्यवसाय संचालन गरेर बसेका छन । केही वैदेशिक रोजगारका लागि दुवई, अष्ट्रेलिया र अमेरिका समेत गएका छन ।
आज भन्दा ८ वर्ष अगाडी म एउटा बेरोजगार नै थिए । आज आएर आफुसंग भएको सिप अरुलाई सिकाउँदा कुनै कन्जुस्ँयाई नगरीकन बढी समय दिएको छु । म २०७५ सालको पर्सा जिल्लाबाट उत्कृष्ट उधमस्मा छनौट भएर उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सम्मान स्वरुप केही नगद र सम्मान पत्रबाट सम्मानित पनि भएको छु । यसमा आफुलाई गर्व लाग्छ ।
६) यहाँले भनिसक्नु भयो कि पर्सा जिल्लाबाट उत्कृष्ट महिला उधमी भएर पुरस्कृत भएको छु । तपाइ जस्तै सफल उधमी बन्न चाहने महिलालाई के सल्लाह सुझव दिन चाहनुहुन्छ ?
हामी अर्थको अभावमा खटकिएर हामी अर्काको आशा–भरोसामा केही पैसाको लागि हाथ नपसारौ । ति हाथलाई सिपतिर लम्काऔ ।केही आयआर्जन गरौ । गरेपछि नहुने केही छैन । तपाई अगाडी बढनुस तपाईलाई साथ दिने हाथहरु धेरै पाइन्छ । जस्तैः मलाई पहिला साथदिने कोही पनि थिएनन् । भने अहिले विभिन्न संघसंस्था, कार्यालय मेरो परिवार जस्तै अहिले भएका छन । मेरो काम परिश्रम, लगनशिलता लाई हेरेर मलाई सम्मान गर्नुहुन्छ । पक्कै पनि तपाइहरु त्यस्तै अगाडी बढनुहुन्छ भन्ने मलाई विश्वास लाग्छ । आफुमा काम गर्ने इच्छा शक्ति हुनुपर्छ । अगाडी बढ्न हिम्मत र साहस गर्नुपर्छ ।
७) नेपाल सरकारले महिलाहरु लाई उधमी बनाउन र समृद्ध नेपाल बनाउनका लागी विभिन्न आवाज गुन्जिरहेको छ । यो कत्तिको प्रर्याप्तकारी र प्रभावकारी छ ?
समृद्ध नेपाल र महिला उधमी बनाउने जुन यो आवाज उठिरहेको छ त्यो प्रयाप्त र प्रभावकारी भएको जस्तो लाग्दैन । नेपाल सरकारले वेरोजगारी युवा, युवतीहरुलाई भनेर धेरै रकम खर्चिएको छ तर त्यो ठाउँमा सदुपयोग भएको छैन । सरकारको ढुकुटी रित्ताउने काम मात्रै भएको छ । पैसाहरु आउँछन तर विच बाटैमा हराएको छ । १०० प्रतिशतमा ५ प्रतिशत मात्र खर्च भएको देखिन्छ । कसरी महिला अगाडी बढ्छन ? कसरी समृद्ध नेपाला बन्न सक्छ ।
सरकारले पनि यस प्रति एकदमै चासो भई ध्यानआकर्षण हुनुपर्छ । हामीले पठाएको रकम सही ठाउँमा उपयोग भएको छ कि छैन भनी सरकारको पनि निगरानी हुन जरुरी छ ।
८) अन्त्यमा, तपाई एउटा सफल उधमी भएको नाताले के भन्न चाहनुहुन्छ ?
आफु उधमी भएको नाताले म के भन्न चाहन्छु भने महिलाहरु एकजुट हुनुपर्छ । आफुलाई कुन सिप सिक्न उपयुक्त लाग्छ । कुन पेशा उपयुक्त गर्न मन लाग्छ त्यसमा आफनो निर्णय हुन जरुरी छ ।
हामी महिला पनि वार्ड नगरपालिका, गाउँपालिकामा पनि निगरानी राख्नुपर्छ । महिलालाई भनेर आएको बजेट महिलालाई नै खर्चियोस् । महिलालाई आएको बजेट पुरुषले खर्च गरेर उडाएको अवस्था छ । त्यस्तो अब नहोस् ।