पर्सामा ४ सुरक्षाकर्मी, १२ महिला र एक भारतीय सहित ७० जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालको पिसिआर ल्याबले साेमबार विहान २ बजे उपलब्ध गराएकाे रेकर्ड अनुसार संक्रमित मध्ये जिल्ला प्रहरी कार्यालय पर्सामा २ जना, श्रीपुर वडा प्रहरी कार्यालयमा कार्यरत एकजना र नेपाली सेनामा कार्यरत १ जना सेना सहित ७० जना संक्रमित थपिएको हाे ।
पछिल्लो समय टाेल टाेल मै मास टेष्ट गर्न थालिएपछि समुदायमा रहेका संक्रमितहरू फेला पर्न थालेका नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए । नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना रहेका छन् । जसमध्ये 10 वर्षिय बालिका र ८ जना महिला सहित ७७ वर्षसम्मका वृद्ध रहेका छन् ।
आइतबार मात्रै यसैवडामा २७ जना संक्रमित थपिएका थिए । अाज संक्रमित मध्ये वीरगंज महानगरपालिका वडा नम्बर ९ घडिअर्वा र गाेश्वरा राेड टाेलका ७ जना, श्रीपुर वडा नम्बर १२ का ३ जना, घडिअर्वा वडा नम्बर १० का २ जना, सखुवा प्रसाैनि गाउँपालिका वडा नम्बर ४ का २ जना, भिष्वा वडा नम्बर १५, वडा नम्बर ४ विर्ता, वडा नम्बर १५ भिष्वा, वडा नम्बर ८ पानगलि, वडा नम्बर १३ राधेमाइ, वडा नम्बर ६ गहवा, मुर्लि बगैंचा, सेढवा वडा नम्बर २, ग्रामीण भेगका टिहुकि, भारतकाे पुर्वी चम्पारण साेतवरीया गरि एक एकजना संक्रमित थपिएका छन् ।
विहान फेला परेका काेराेना पाेजेटिभ साउन ८ गते र १२, देखि १६ गतेसम्म नारायणी अस्पताल तथा श्रीपुर उच्च माविमा संकलन गरिएको श्वाब परिक्षण मध्येका रहेकाे नारायणी पिसिअार ल्याबले जनाएको छ ।
वीरगंज महानगरमा यसअघि मुख्य सडककाे वडा नम्बर ६ मेनराेड, लाेहारपट्टि, वडा नम्बर ८ गहवामा सबैभन्दा धेरै संक्रमित फेला परेकोमा दुईदिनयता श्रीपुरमा समेत धेरैजसाे संक्रमित थपिएको छ ।
राति गरिएको परिक्षण मध्ये इटयाहि ५ बाराका २ जना र महागढिमाई नगरपालिका वडा नम्बर ७ का एकजनाकाे पिसिआर रिपोर्ट पाेजेटिभ आएकाे छ ।