यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमर्धमस्य तदात्मानं सृज्याम्यहम ।। परित्राणय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।। यो सम्वाद श्रीकृष्ण र अर्जुन बीच कुरूक्षेत्रको रणभूमिमा भएको वार्तालापको अ्रश हो । कुरूक्षेत्रमा पाण्डव र कौरवहरु बीच युद्ध शुरू हुनु भन्दा पहिले रणबाट भयभीत अर्जुनलाइ तोष दिनकोलागि गीताको उपदेश सुनाएका थिए । यस सम्बादमा श्रीकृष्णले स्पष्ट पार्दै भनेका थिए कि हे अर्जुन जब जब विश्वमा धर्मको हानि र अधर्मको वृद्धि हुन्छ तब तब म आफ्नो स्वरूपको रचना गर्दछु अर्थात् साकार रूपले विश्वको सामु प्रकट हुन्छु । साधु पुरूषको उद्धार गर्न तथा पापकर्म गर्नेको विनाश गर्नलाइ तथा धर्मको पुनः राम्ररी स्थापना गर्नकोलागि युग युगमा प्रकट हुने गर्दछु । द्वापरयुगको अन्तिम समयमा विश्वमा आसुरी प्रवृतिको अतिवृद्धि तथा सद्धर्मको विचलनको कारणले आफ्नो प्रतिज्ञा अनुसार वासुदेव र देवकीको सन्तानको रूपमा साक्षत परमब्रह्म इश्वरले जन्म लिनु परेको थियो–श्रीकृष्णको रूपमा ।
त्यति बेला द्वापरयुगको अन्तिम समय थियो । एकातिर जरासन्ध, शिशुपाल, धेनुकासुर, प्रलम्बासुरको अधर्मात्याचारले विश्व आक्रान्त थियो भने अर्कोतिर सत्य, धर्म , नीति तथा स्वजन मर्यादाको अतिक्रमण गर्ने दुष्ट कंसको कुत्सित प्रभावले समाज अस्त–व्यस्त भइसकेको थियो । आफ्नै बहिनी तथा ज्वाइलाइ कंसले झ्यालखानामा थुनेर राखेको थियो भने आफ्नो बाबु समेतलाइ झ्यालखानाको चिसो छिड़ीमा थुनेर सम्पूर्ण आफन्त परम्रालाइ धुजा धुजा पारि दिएको थियो । अझ आकासवाणीको भयले आफ्ना छवटा भान्जाहरुलाइ जन्मिने वित्तिकै हत्या पनि गरि दिएर सम्बन्धको घांटी नै निमोठि दिएको थियो । त्यस्तै विश्वमा जनसंख्याको अति व्यापक विस्तार भइसकेको थियो । यस्तो अवस्थामा सम्पूर्ण जनसंख्याको दैनीकि आपूत्र्ति तथा आसुरी प्रभावलाइ झेल्न प्रकृतिलाइ आच्छु आच्छु परिसकेको अवस्था थियो । रोग, शोक, भय र अभावले सम्पूर्ण मानव समुदाय त्रस्त भइसकेको थियो । यदुवंशी नागरिकहरुको विपूलता र अत्याचारले धर्म, नीति तथा ऋषि–महर्षिहरुको आदर–पानी पनि समाप्त प्रायः भइसकेको अवस्था थियो । ती जम्मैको परित्राण गर्नकोलागि परमब्रह्म परमेश्वरलाइ पृथ्वीलोकमा अवतरण हुनु पर्ने आवश्यक त छंदै थियो । यस्तोमा सोही स्थितिको प्रतीकात्मकता प्रदर्शन गर्नकोलागि झ्यालखाना मै श्रीकृष्ण अवतरित हुनु परेको थियो–भाद्र कृष्ण अष्टमीको मध्य रात्री, रोहिणी नक्षत्रको शूभ साइतमा । विश्वले त्यसै घटनाको स्मरणको रूपमा सो तिथिलाइ भगवान श्रीकृष्णको जन्मोत्सवको रूपमा श्रीकृष्ण जन्माष्टमीको पावन पर्व मान्ने परम्परा मानी आएका छन ।
आमा बुवा झ्यालखानामा बन्दी अवस्थामा नै श्रीकृष्णको जन्म भएको थियो । जन्म हुने वित्तिकै दैवी प्रेरणाले उनलाइ मथुराबाट गोकुलमा नन्दरायको घरमा सारिएको थियो । नन्दरायकी श्रीमती यशोदाको सद्यःजात कन्यासित श्रीकृष्णलाइ साटिएको थियो । उनको लालन पालन गोकुल मै भएको थियो जहां उनलाइ मार्न भनेर कंसको दुष्चक्र अनुसार पूतना राक्षसी, धेनुकासुर आदि विभिन्न आसुरी शीक्तको प्रयोग गरिएको थियो जसलाइ श्रीकृष्णले वाल्यवस्थामै मार्न सफल भएका थिए । गोकुलवासीहरुद्वारा इन्द्रपूजाको विरोधको कारण गोकुलवासीहरुले इन्द्रको कोप भाजन हुनु परेको थियो । जसको निवारण श्रीकृष्णले गरेका थिए । श्रीकृष्णले यमुनाको जलमा कालीय नागको शमन गरेका थिए । गोपिनीहरुको वस्त्रहरण लीला तथा उनीहरुसित महारास, कुब्जामाथि कृपा, कुवलयापीड़ हात्तीको, शक्तिशाली चाड़ूरको तथा अन्त्यमा कंसको बध श्रीकृष्णको वीरताका उदाहरणहरु हुन । उनकै अगुवाइमा जरासन्धको वध, शिशुपालको वध तथा अन्य आसुरी शक्तिहरुको विनाश भएको थियो । पछि कौरव र पाण्डवहरु बीचको महाभारत नामक महासंग्रामका प्रमुख नायक पनि श्रीकृष्ण नै थिए । ज्ञान÷विज्ञान, योग÷क्षेमको व्याख्या तथा नीति÷नियमको सम्पूर्ण माव जातिकोलागि महान संदेस उनले युद्धभूमिमा नै दिएका थिए जसलाइ श्रीमद्भागवद्गीता भन्दछन । श्रीकृष्णको जीवनको अन्त्यवेलासम्ममा यस भूमिमा धर्मको सम्यक स्थापना, अधर्मको नाश, नीति नियमको राम्ररी प्रचार प्रसार भइसकेको थियो तथा उनी संगै द्वापर युगको अन्त्य भइसकेको थियो तथा कलियुगको प्रादुर्भाव भयो । त्यसै कारण श्रीकृष्णलाइ युगपुरूषको उपाधि प्राप्त भएको थियो ।
पुराना दिनहरुमा श्रीकृष्ण जननष्टमीको उपलक्ष्यमा गांउ गाउंमा उनको जन्मोत्सव मनाउने परम्परा थियो । जन्माष्टमी देखि छव दिन सम्म उनको ‘छठियार’ मनाउने गर्दथे । सो छव दिनसम्म बेलूकापख नियमित भजन–कीर्तन तथा कृष्णलीलाको मञ्चन हुने गर्दथ्यो । छैठो दिन उनको सवारी गाउभरिका गृहस्थहरुको घरदैलोमा पु¥याइन्थ्यो जहां प्रत्येक गृहस्थले श्रीकृष्णको पूजन अर्चन आफ्नै घर दैलोमा गर्न पाउदथे । अचेल विस्तारै त्यो परम्परा लोपोन्मुख भइसकेको छ । यस वर्ष त कोरोना महामारीको त्रासले भक्तहरुले जन्माष्टमी व्रत पनि बस्ने हुन कि होइनन भन्न सक्ने अवस्था छैन । यस्तो महामारीको परित्राण गर्नकोलागि श्रीकृष्णको पुनर्जन्म लिनु आवश्यक भइसकेको छ । यस पालिको जन्माष्टमीको पावन अवसरमा हामीहरुले यही प्रार्थना गरौं ।
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न