कोरोना संक्रमणको केन्द्र विन्दु बन्दै गएको वीरगंजमा बिहीबारदेखि परिचालन गरिएको नेपाली सेनाको समाजिक सञ्चाजमा चौतर्फि आलोचना हुन थालेको छ । केही दिनयतादेखि वीरगंजमा कोरोना संक्रमण पुष्टि हुुुने र मृत्यु हुनेको संख्यामा वृद्धि भएसँगै गरिएको लकडाउनलाई कडाई बनाउनका लागि आइतबार दिउँसो करिब २ बजेदेखि सेना परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आधिकारिक फेसबुक पेजमार्फत ६ बजे साँझ जानकारी गराएपनि वीरगंज महानगरको चोक चोक गल्ली गल्लीमा भने दिउँसैदेखि सेनाको गस्ती शुरु छ । वीरगंजमा सेनाको गस्ती शुरु भएसँगै नागरिक समाजका अगुवा, बुद्धिजीवी, युवा नेता तथा सामाजिक अभियन्ताहरु सामाजिक सञ्जाल फेसबुक मार्फत आलोचना गरि रहेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै प्राध्यापक तथा सञ्चारकर्मी दिपेन्द्र कानुले लेख्छन् ‘इमान्दार तथा विश्वासी मानिएको नेपाली सेनालाई मान्छे धपाउन लगाउनु भन्दा जनतालाई खाद्यान्न बाड्ने, विरामीलाई अस्पताल पु¥याउने, पसल खोलाउने, बजार व्यवस्थापन गर्ने, घरघरमा औषधी पु¥याउने तथा भ्रष्टाचारीलाई गोली हान्ने जस्ता काममा लगाउँदा ठीक हुन्थ्यो जस्तो लाग्छ’ ।
यसैगरि सचेत युवा सुरज गुप्ताले लेख्छन् ‘सेना नै कोरोनाको मुख्य औषधी हो भने सरकार किन चाहियो त ? भ्याक्सिन लगायत अन्य औषधीहरु ? बरु जनता मरोस् तर घरभित्रै थुनिएर मरोस’ । यसैगरि सञ्चारकर्मी विम्मी कालिन्दी शर्माले लेख्छिन् ‘ठेकेदार नेपाली सेनाले वीरगंजमा कोरोना भगाउने ठेक्का पाएछ, सेनाको बन्दुकबाट डराएर कोरोना पक्कै भाग्छ’ । त्यसैगरि युवा नेता ओमप्रकाश सर्राफले लेख्छन् ‘भोको पेट ३८ डिग्री सेल्सियस तापक्रममा कोरोना विरुद्ध लड्न सकिदैन, खाद्यान्नको सहज आपूर्ति होस् र दैनिक ज्यालादारी गर्ने एवं अति विपन्नहरुलाई राहतको व्यवस्थापन होस्’ ।
सर्राफले अर्को स्टाट्स पोष्ट गर्दै लेख्छन् ‘वीरगंजबासी थप चिकित्सक, स्वास्थ्यकर्मीको लागि हार गुहार गरि रहँदा सडकमा प्रसस्तै सेना खटाइएको छ, नारायणी अस्पतालका मेसु छुट्टिमा गएका छन्, उपचार सेनाले गर्ने कि स्वास्थ्यकर्मीले ?’। यसैगरि सञ्चारकर्मी राम मेहताले लेख्छन् ‘सेनाको डण्डा खाउ, कोरोना भगाउ’ । अर्का सञ्चारकर्मी आर.के. पटेलले लेख्छन् ‘कोरोना पीडित वीरगंज आफै शान्त छ, फेरि सेना परिचालन किन ?’ । यि सबै उदाहारणका पात्र मात्रै हुन्, यस्ता धेरैले विरोध गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले साँझ ६ बजे सूचना सार्वजनिक गर्दै कोरोना रोकथाम नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्साले साउन १० गतेदेखि वीरगंज महानगर तथा साउन १८ गतेदेखि जिल्लाभरि लागु हुने गरि जारी गरिएको निषेधाज्ञालाई थप कडाई बनाउनका लागि साउन ३१ गतेको निर्णयानुसार साउन ३२ गते विहान ५ बजेदेखि भदौ १३ गते विहान ५ बजेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालन हुने गरि निषेधाज्ञा आदेश जारी गरेको हो ।
वीरगंज महानगरमा नेपाली सेनाहरुले गाडी तथा पैदल गस्ती गरि रहेका छन् । गाडीमा मुख्य सडकमा गस्ती गर्ने सेनाहरुले मुख्य सडक छेउमा रहेका पसलहरुलाई खोलेको हेर्ने वित्तिकै लठ्ठीले हिर्काउँदै सर्वसाधारणलाई लखेटि रहेका छन् । सेनाको गस्ती शुरु भएसँगै वीरगंज अहिले सुनसान बनेको छ । मुख्य सडक सुनसान बनेपनि गल्ली गल्लीमा भने सर्वसाधारणहरुको चहल पहल खासै कम भएको छैन ।
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न