शास्त्रीय मान्यता
हिन्दू संस्कार अनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथन अनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ ।
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ । कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन् । ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन । सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख गरीएको छ ।
नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल ज्योतिष परिषदको प्रदेश नं २ को अध्यक्ष पं ज्योतिषी छबिरमण सुबेदीले बताए ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।
महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुप¥यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।
यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको पण्डित ज्योतिषी छबिरमण सुबेदीले बताए ।
रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने ज्योतिषी छबिरमण सुबेदीले बताउँछन ।
रज भनेको फोहोर हो, जुन महिलामा मासिक धर्मका समयमा निस्कने गर्दछ र यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने कुरा अनुसन्धानले पनि पुष्टि गरेकाले यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अनुसन्धान गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
बदलिदो समाज र यर्थात
हाम्रो धर्म ग्रन्थमा महिनावारीका बारेमा बार्नुपर्ने, महिनावारी भएकी महिलाले भिन्नै बस्नुपर्ने भनेर लेखिएको छ । यस्तो ग्रन्थ त्यो बेलामा लेखिएको थियो, जब विज्ञान थिएन । मानव शरीरको बारेमा ज्ञान थिएन । अनुसन्धान थिएन । अहिले त समय परिवर्तन भइसकेको छ । महिनावारी र शरीर विज्ञानका बारेमा आधुनिक ज्ञान अहिले स्कुलमा पनि पढाइन्छ । वेदमा लेखिएको महिनावारीसँग गाँसिएका ‘मिथक’हरुलाई पढ्दा अचम्म लाग्छ । ‘रजस्वला भएपछि अरुले नदेख्ने गरी लजाएर घरभित्र बस्नु पर्छ । एकसरो लुगा लगाएर कमजोर हुँदै दुःखी भएजस्तै स्नान र गहनाको श्रृंगार त्यागेर भुँईमा सुत्दै तीन दिन बिताउनुपर्छ र तीन रातपछि घाम झुल्कँदा लुगासहित स्नान गर्नुपर्छ । तर, यी कुरालाई अहिले मानिँदैन ।
त्यतिमात्र होइन, अहिलेको विज्ञानले त महिनावारी हुँदा सफा बसौंं, हाँसौं, स्वस्थ खाना खाउँ, सकिन्छ भने दिनदिनै नुहाएर लुगा फेरौं भन्छ ।अहिले पनि ‘वेदमा त्यस्तो लेखेको छ, त्यसैले महिलाहरु दुःखी भएर तीन दिन भूईंमा सुत्नुपर्छ’ भनेर त कोही पनि पण्डित, पुजारी, हजुरआमा, हजुरबाबाले भन्दैनन् । किनभने, नेपाली समाज नयाँ विचारलाई छिट्टै अंगीकार गरेर व्यवहारमा ल्याउने समाज हो ।
आज भन्दा ६० औ वर्षअघि रजस्वला हुदा नछुने, टालो भन्ने शब्द प्रयोग गर्न गाह्रो हुन्थ्यो । नछुने महिनावारी भएपछि पेट दुख्ने, वाकवाक लाग्ने जस्ता समस्यालाई झेलेर नै किशोरीहरु, महिलाहरु बस्थे । अहिले त नेपाली समाजमा महिनावारी कुनै लुकाउनुपर्ने छलफल गर्न नहुने, विषय होइन भनेर पढाइन्छ ।
महिनावारी भएका बेला ऋषिपञ्चमीलाई ‘महिनावारी दिवस’ मनाउन किन सकस मान्नु ? होइन, यसो गर्दा त ‘हाम्रो धर्म संस्कृति नै नष्ट हुन्छ’ भन्नेहरुले भन्न सक्छन् । ऋषिपञ्चमीको दिवस मनाऔं, प्लिज भनौं, अनि सहज हुन्छ धर्मका कुरा गर्नेलाई ऋषिपञ्चमी पाप पखाल्ने पर्व नमानेर ‘स्वच्छताको पर्व’ भनेर मनायो भने शायद संस्कृतिको रुपान्तरण सकारात्मक ढगंबाट हुन्थ्यो होला ।
ऋषिपञ्चमीका दिन किशोरीलाई महिनावारी हुँदा कसरी स्वच्छ रहने, महिनावारी हुँदा पर्ने साधारण समस्या कसरी समाधान गर्ने भन्ने बारे छलफल चलाउन सकियो भने संस्कृतिले साँच्चै सकारात्मक सन्देश फैलाउनेछ । ऋषि पञ्चमीलाई स्वस्थ्य हुने ज्ञान बाँढ्ने दिन बनाउने कि ‘पाप’लाई पखाल्ने दिन बनाउने ?
‘ऋषिपञ्चमी’मा खाइने कर्कलो पनि खाऔं, कर्कलोमा भएको पौष्टिक तत्वले हाम्रो शरीरमा रोगसँग लड्ने शक्ति बढाउँछ । अहिले कोरोनाको जगजगी बढेका बेला त कर्कलो र भात खानु त झन् महत्वपूर्ण छ ।
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न