स्व.बुवा रामराज गौतम तथा स्व.माहालक्ष्मी गौतमको प्यारो सन्तानको रुपमा बारा जिल्ला कलैयामा जन्मिएकी सुनिता गौतमको जन्म ०२७ सालमा भएको हो ।
शिक्षित र सम्पन्न परिवार स्थित कलैयामा जन्मिएकी भए पनि २४ वर्ष अगाडी उनको विवाह चन्द्रपुरका नेत्र अधिकृत शैलेष पौडेलसंग भएको हो । पौडेलसंग विवाह भएपछि भने तत्तकालिन श्रीमानको जागीरको सिलसिलामा परवानीपुर स्थित केडिया आखाँ अस्पतालको क्वाटरमा बस्दै आएकी छन् । अहिले उनको यो बसाई एउटा सामान्य गृहिणी महिलाको जस्तो मात्र नभई विगत लामो समयदेखि जिवन विज्ञान प्रतिष्ठान काठमांडौ चावेलमा आवद्ध भई सामाजिक कार्यमा सक्रृय सुनिता एक छोरा र एक छोरीकी आमा समेत हुन् ।
गृहिणी महिलाको दायरा भन्दा बाहिर गई जिवन विज्ञान प्रतिष्ठानमा आवद्ध भई मनुष्यको जिवनलाई गहन ध्यान एवं साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रुपमा विकसित बनाउन तत्पर रही अगाडी बढेकी प्रशिक्षक सुनिता गौतम पौडेलसंग मध्य नेपालका लागि गरिएको थप कुराकानी :-
१) सुनिता जी, योग साधना भनेको के हो ?
यो योग, साधना संगै जोड्नु भयो । योग भनेको आफुमै जोड्नु हो । साधरणतया भाषामा यसलाई योगा भन्छौ, तर यो योगा होईन । योग हो । हामी जुन यहाँ साधना (ध्यान) गर्छौ । ध्यानबाट नै हामीले परमात्मा भेटछौ । आफनो आफैलाई भेट्छौ भने हाम्रो आफनो बुझाइ छ । योग गर्दा खेरी निश्चित आसनमा बसेर आफैलाई हेर्दै–हेर्दै जान्छौ र हामी परमात्मा सम्म पुग्ने प्रयास गर्छौ । समग्रमा बुझनु पर्दा हाम्रो शरीरलाई मनसंग जोड्छौ र मनलाई परमात्मासंग जोड्ने जुन प्रयास गर्छौ त्यसैलाई योग भनिन्छ । कुनै पनि कुरा प्राप्ति गर्नको लागि जुन हामी क्रिया गर्छौ त्यो साधना हो ।
२) यहाँ कहिलेदेखि र कसरी आवद्ध हुनु भयो ?
म विगत ६ वर्षदेखि यस जीवन विज्ञानमा आवद्ध छु । यो आध्यात्मिक संस्था हो । वीरगंजमा लगभग ४ वर्ष हुन लाग्यो यो कार्यक्रममा प्रशिक्षण दिदै आईरहेको छु ।
३) यसमा आवद्ध हुनको लागि के–कस्तो प्रक्रियाहरु छन् ?
यसमा आवद्ध हुनको लागी सरल छ । कुनै शुल्क छैन । कुनै नाम लेखाउनु पर्दैन । मकालु होटल निर प्रशिक्षक दिईरहेको छु । एकपल्ट वीरगंजबासी आएर हेर्नुस यहाँलाई चित्त बुझछ, मन पर्छ या फाईदा देख्नुहुन्छ भने यहाँहरु आउँन सक्नुहुन्छ ।
४) तपाई गृहिणी र सामाजिक कामलाई निरन्तरता दिईरहनु भएको छ । समय व्यवस्थापन गर्न कत्तिको सजिलो वा गा¥हो छ ?
मन र ईच्छा भयो भने समय त मलाई लाग्छ सबैलाई हुन्छ । एउटा हाम्रो बानी छ म व्यवस्त छु, म संग समय छैन । मेरो बुझाई हो । समय जो संग पनि छ । अलिकति नकारात्मक तिर जाने हो भने त्यतिकै गफ गरी बिताउनेलाई पनि समय छ । एक कप चिया खाएर पुग्छ भने दस कप चिया खाएर बस्छन् त्यसको लागी पनि समय नै छ । समय सबैसंग हुन्छ । तर कुन काम गर्न तपाईहरुलाई बढि ईच्छा छ त्यसको लागि काममा निकालिन्छ । म मात्र गृहिणी हु । म जागिर गर्दिन । म समाजसेवा गर्न एकदमै मनपर्छ ।
५) अहिले हाम्रो समाजमा दिनप्रतिदिन हिंसा, बलात्कारका घटनाहरु बढी रहेका छन् । यस्ता ध्यान तथा साधनाहरुबाट कसरी परिवर्तन ल्याउँन सकिन्छ ?
यसमा धेरै कारणहरु पनि छ । गरिबी, अशिक्षा भनौ या एउटै घरमा आमाबुवा बस्छन् । छोराछोरीमा के असर परिरहेको छ । आमाबुवाले गरेको व्यवहारदेखि लिएर एउटै कोठामा बस्छन । त्यो भर्खरै जन्मेको बच्चालाई आजकाल ओछयानमाथी अगाडी राखेर टिभी खोलिदिन्छन । त्यो टिभीमा के–के हेर्छन । त्यो भर्खरै जन्मेको बच्चाको मन मस्तिष्क शरीरमा त्यो पुग्छ विकृतिहरु । त्यँहा हरेक नराम्रा सिनहरुहरु हुन्छन । बलात्कारका कुराहरु हुन्छ । त्यो त साधारण बुझाई बुझने हो । अब मान्छेहरुको मन धेरै नै विकृती तिर गएको छ । ध्यान र साधनले स्व केन्द्रमा फर्काइ मन र हृदयलाई स्थाइ रुपमा शान्त र सहज बनाउँन व्यवस्थित गर्छ ।
६) योग र साधनाबाट कसरी प्रत्यक्ष र अप्रत्यक्ष फाइदा लिन सकिन्छ जस्तो यहाँलाई लाग्दछ ?
योग र साधनाबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी फाइदा लिन सकिन्छ । जस्तै : उर्जा एवं शक्तिमा वृद्धि, सक्रियता एवं आयु वृद्धि, हृदय, पेट, कम्मर, घुडा एवं शिरको रोगको जोखीममा कटौती, श्वास–प्रश्वासमा सहजता, सोच विचारमा सकारात्मकता, प्रभावकारी एवं सन्तुलित व्यक्तित्वको निर्माण, आत्मविश्वास, नियन्त्रण, निर्णय एवं संकल्प क्षमताको विकास र वर्तमानमा क्षण–क्षण जिउने क्षमता प्राप्ति, दिव्य प्रेमको उदय, साक्षी एवं बोधमा प्रतिष्ठा र आत्मज्ञान प्राप्ति एवं परमात्माभय जीवनमा प्रवेशको समग्र स्वीकार ।
७) अझ योग र साधनालाई देशव्यापी बनाउनलाई नेपाल सरकार सरोकारवाला, स्थानिय निकायको भुमिका कस्तो हुनुपर्दछ ?
स्थानीय निकायदेखि लिएर सरकारको भुमिका एकदमै राम्रो छ । योग साधनालाई अहिले सविंधानमापनि उल्लेख गरिएको छ । केन्द्रमा राम्रै छ । पहाडी ठाउँमा पनि राम्रो छ । दःख छ मलाई यही वीरगंजमा । महिलाले गरेको काम बाहिर आउँनुपर्छ । योग साधना सबैलाई जरुरी छ । चेतना भएर पनि क्रिया गर्न अल्छी गरिरहेका छन् । ईच्छा शक्ति छैन । नेपालको ठाउँ–ठाउँमा यो योग साधना भइरहेको छ । मैले संकल्प गरेको छु कि म यहाँ केही गर्छु । मलाई वीरगंजसंग धेरै नै माया छ ।
८) तपाईको संस्था योग ध्यानमा आवद्ध हुन चाहनेहरुलाई के सुझाव दिनुहुन्छ ?
म चाहन्छु कि पर्सावासी सबै जना भोग र ध्यानमा आउनुस् । यहाँ आएर हेर्नुस् । म जिम्मा लिन्छु । यहाँहरुको रोगको । किनभने जबसम्म शरीरमा रोग हुदँैन । यहाँहरु मनसम्म पुग्न सक्नुहुन्न । रोग यहाँ निको हुन्छ । हामी लगभग एक घण्टा प्रणायाम, श्वासक्रिया, शरीरक्रिया गराउँछौ । शरीरलाई निको पार्दै मनसम्म जान्छौ । हाम्रो सुन्दर परमात्मासित भेटाउँछौ । हाम्रो गुरुहरुले यहाँ पूर्ण भेटाउनुहुनेछ । जब हाम्रो शरीर स्वस्थ्य हुन्छ तब मन निको हुन्छ । परमात्माको झलक पाउँनुहुन्छ । यतिकै मुस्कुराइरहनु हुन्छ । त्यो हाँसो विरगंजबासीलाई म दिन्छु ।
९) अन्त्यमा एक शब्दमा भन्नुपर्दा जीवन के हो ?
जीवन अवसर हो । यहाँले अवसरमा के गर्न चाहनुहुन्छ । राम्रो पनि हुनसक्छ या नराम्रो पनि हुन सक्छ । यहाँले रोज्न सक्नुहुन्छ ।