प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगंजबाट महिला क्रियाशितमा प्रकाशित ‘मध्य नेपाल सन्देश’ पत्रिकाको चौथो वार्षिकोत्सव समपन्न भएको छ ।
कोरोना कहरको विचमा सुरक्षा सतर्कता अपनाउँदै कार्यालयका सञ्चारकर्मी तथा कर्मचारी र समाजमा उच्च योगदान पु¥याउने सम्मानीत व्यक्तित्वहरुको मात्र उपस्थितिमा वार्षिकोत्वसव समपन्न भएको हो ।
मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काको सभापतित्वमा भएको कार्यक्रममा कोरोना महामारीमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउनु भएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा चिकित्सकको तर्फबाट कोभिड नियन्त्रणमा अहोरात्र खटिरहने डा. निरज सिंह, डा. उदय नारायण सिंहलाई बरिष्ठ पत्रकार एवंम प्रतीक दैनिकका प्रधान सम्पादक जगदिश शर्माले सम्मानित गरेका थिए ।
त्यसैगरी सुरक्षाकर्मीको तर्फबाट जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख गांगा पन्त त्यसैगरी कोरोना महामारीमा निःस्वार्थ रुपमा आफ्नो अस्पताल उपलब्ध गराउनु भएका युवा नेता तथा गण्डक हस्पिटलका सञ्चालक रहबर अंसारी, वीरगंज हेल्थ केयर हस्पिटलका संचालक डा. अबुलहैस अंसारी, त्यसैगरी चिकित्सकको क्वारेन्टाइन उपलब्ध गराउनु भएका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, कोरोना संक्रमित तथा गरीबहरुलाई निःशुल्क भोजन, स्वास्थ्य समाग्रि लगायतमा सहयोग पु¥याउनु भएका सानो पाईलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झालाई प्रहरी प्रमुख पन्तको हातबाट सम्मान गरिएको थियो ।
यसैगरी पत्रिकाको शैशव कालदेखि अविछिन्न रुपमा सम्पादन तथा अभिभावकत्व भुमिका प्रदान गरेका सञ्चारकर्मी तुलसी भण्डारीलाई नगद १० हजार रुपैयाँ सहित बरिष्ठ सञ्चारकर्मी शर्माले सम्मान गर्नु भएको थियो । भने, विभिन्न विद्यामा अन्तरवार्ता लगायतको समाचार उपलब्ध गराईरहनु भएका सञ्चारकर्मी निलम पन्त र नियमित स्तम्भकारका रुपमा लेख तथा स्तम्भ उपलब्ध गराउदैँ आईरहनु भएका सञ्चारकर्मी गीता भण्डारीलाई नगद ५/५ हजार रुपैयाँ तथा सम्मान पत्रले नेपाल पत्रकार महासंघका प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले सम्मानित गरेका थिए ।
कार्यक्रममा बोल्दै चिकित्सक डा निरज सिंहले महामारी समुदायमा फैलिदै गएपनि अझै पनी ग्रास लेभलमा चेतना पुगि नसकेको बताउनु भएको थियो । वहाँले अझै प्रभावकारी ढङ्गले सचेत नगराए महामारी अर्कै रुपलिन सक्ने अवगत गराउनु भएको थियो । भने, कार्यक्रममा युवा नेता रहबर अंसारीले कोरोना संक्रमित निको भएपनि हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताउनु भएको थियो । यसैगरी प्रहरी प्रमुख गंगा पन्तले कोरोना महामारीले गर्नसक्ने थुप्रै कामहरु प्रहरीले गर्न नसकेको बताउनु भएको थियो ।
कार्यक्रममा बरिष्ठ पत्रकार जगदिश शर्माले प्रहरीले अतिआवश्यक वस्तु लिन आउनेलाई समेत सुरक्षाकर्मीबाट दुःख दिने काम भएकाले कुटपिट विनाको शान्ति सुरक्षा र निषेधाज्ञा पालना गराउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले कोरोना नियन्त्रणमा सञ्चारकर्मीहरुले तीनै तहको सरकारलाई जिम्मेवार बनाउन नसकेको कुरा बताउनु भएको थियो । वहाँले अहिलेको परिपेक्ष्यमा जनप्रतिनिधि चुकिरहेका छन् तरपनी विभिन्न बहानामा उम्कीदैँ गएको छ त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सानोपाईलका कार्यक्रम संयोजक जय साह, वीरगंज हेल्थ केयरकी स्वास्थ्य संयोजक भुमिका अधिकारी, सञ्चारकर्मी सन्ध्या पौडेल, जाकिर हुसेन, कमला भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चारकर्मी लक्ष्मी खरेलले सहजिकरण गरेकी थिईन् ।
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न