राष्ट्रिय सहकारी विकास बोर्डको सहयोगमा जिल्ला कृषि सहकारी संघ लिमिटेड पर्साले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारले ल्याएकाे कार्यक्रम पनि बढी कार्यकर्ता मुखि भएर कृषि क्षेत्र फस्टाउन नसकेको गुनासो गरेका थिए ।
देशैकै लागि सबैभन्दा बढी कृषि याेग्य भुमि रहेको प्रदेश नम्वर दुईका किसानहरू अझैपनि खेतीगर्नका लागि विभिन्न समस्याहरू भाेग्दै अाएकाे बताएका छन् ।
वीरगंजको होटल कुुमु प्यालेशमा अायाेजित सहकारी सुशासन विषयक कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्रका लागि छुट्टाउने बजेटपनी सन्दर्भ विषेश खर्च नहुदाँ बढि समस्यामा पर्ने गरेको बताएका थिए ।
कृषि सहकारी संघ लिमिटेड पर्साका अध्यक्ष शिव कुमार साहको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश २ का भुमी व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्रि योगेन्द्र प्रसाद यादवले सहकारीकाे माध्यमले विश्वकाे विभिन्न ठाउँमा सकरात्मक विकास मार्फत फड्को मारेको सुनेका छाै, छिमेकी मुलुक भारत जस्तै हामीले पनि सहकारीलाई व्यवस्थित र परादर्शि गर्दै जाने हाे भने प्रदेश २ विकास हुन समय नलाग्ने बताएका थिए ।
उनले देशमा कृषिको लागि धान चामल समेत अायात गरिनु बिडम्बना रहेको बताएका थिए । राज्य मन्त्रि यादवले कृषि क्षेत्रमा विकासका लागि मन्त्रालयले पनि विभिन्न योजना बनाई काम थालिसकेकाले छिट्टै परिणाम देखिने बताएका थिए ।
यस्तै पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियारले प्रदेश नम्बर दुईमा सबै भन्दा बढी जनसंख्या कृषिमा आधारीत भएकाले यो प्रदेशमा कृषिको विकासका लागि विश्व विधालयको व्यवस्था गरीनुपर्नेमा जोड दिएका थिए । कृषि क्षेत्र बढि भएको ठाउँमा जेटिए चाहिन्छ उनले भने त्यति धेरै विधार्थिहरूलाई व्यवस्थापक मात्रै पढाएर किन समय खृर फाल्नु कृषिका लागि अनुभव र पढाइ भए घर अांगन विकसित हुन्थ्यो ।
कार्यक्रममा सहभागीहरुले वर्षौदेखी बन्द वीरगंजको चिनी मिल संचालन गरी हजारौ किसानहरुको गुमेको रोजगारी फिर्ता दिनुपर्ने बताएका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका विजय चापागाई, प्रदेश सभा सदस्य प्रहलाद गिरी, मन्जुर अंसारी, राष्ट्रिय सहकारी बैंकका युवराज त्रिपाठी, जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख विरेन्द्र सिन्हा लगायत विभिन्न कृषि सहकारीका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहकारीमा उत्कृष्ट योगदान गरे वापत व्यक्तिगत तर्फ नवि आलम, रामाशिष प्रसाद यादव, मकबुल देवान, नरेश प्रसाद जयसवाललाई सम्मान गरीएको थियाे । यस्तै संस्थागत तर्फ महिला उद्यान कृषि सहकारी संस्था हरीहरपुर, जय माती नन्दन कृषि सहकारी संस्था सेढवालाई सम्मान गरीएको थियो ।