लक्ष्यलाई निर्धारण गर्दे निरन्तर मिहनेत र लगनशीलतालाई खुल्ला सोचको प्रतिक मानेर कठोर भन्दा कठोर समयमाको बीचमा उचालिएको मध्य नेपाल संन्देश पत्रिकाको कदम आजबाट चौथो बर्ष पूरा गरि पाचौँ पाईला अर्थात पाचौँ बर्षको खुड्किलोमा उक्लिन सफल भएको छ भन्न पाउनु आफैलाई गौरवताको अनुभुति भएको आभाष दिलाएको छ ।
वीरगंजमा युवा महिलाहरुको सक्रिएतामा संचालन गरिएको ‘मध्य नेपाल सन्देश’ आज वीरगंजमा मात्रै नभएर समस्त प्रदेश नं दुईको आँखामा बस्न सफल हुनुभनेको कम चानचुने कुरा होईन । आजको परिवर्तनशील समयमा पनि अन्य प्रदेश भन्दा हरेक कुरामा पछि परेको प्रदेश भनेर आलोचना गर्नेहरुको भिडमा पसेर पत्रकारीता जस्तो कठोर कार्यलाई यो उचाईसम्म पु¥याउनु वीरगंजवासीले मात्र होईन समस्त प्रदेश नं दुईकै लागि प्रंशसा योग्य कार्य हो भन्दा अनुयुक्ति नहोला ।
तराई क्षेत्र अझ त्यसमा पनि महिलाहरुले घरबाहिर निस्केर हिड्नु हुँदैन भन्ने मानशिकतालाई शिरोपर गर्दे ति नै भिडमा गएर समाचार लेख्न, महिलाहरुलाई घरेलु हिंसा गर्ने घरैमा पुगेर पिडितहरुसंग अन्र्तरवार्ता लिनु, महिलाहरुको हक र अधिकार सगैँ रुढीवादिसोच भन्दा माथी उठ्न प्रेरणा मिल्ने लेख आलेखलाई समाजसम्म पुरयाउनु, स साना भाईबहिनीहरुको भविष्यमा के बन्न सक्छु भन्ने खोजलाई पत्रिकासम्म ल्याएर बालबालिकाहरुको मनोवल बढाउन, समाजमा भईरहेका विसंगति र अपाच्य व्यबहारलाई खोजी जवाफदेहि बनाउन अंकुशेसम्म लगाउने अनि सहि र सत्य खोजमुलक समाचारलाई समाजसम्म पस्किने जस्ता विवध कार्यलाई पत्रिका मार्फत पाठकवर्गहरुको बीचमा निरन्तर पुग्न सक्नु आफैमा चुनौतिपूर्ण कार्य हो ।
महिलाहरुले घरभन्दा बाहिर किन हिड्नुपर्याे, महिला भनेको घरभित्रकै मात्र काम गर्ने वर्ग भित्र पर्दछन् भन्ने सोच, महिला भनेको सिर्फ घरायसीकार्यको निमित्त हो भन्ने मानशिकताको बीचमा यसरी पत्रकारीता जस्तो कठिनकार्यको थालनी पक्कै सहज थिएन । यस्तो परिवेशको बीचमा खास गरि महिलाहरुकै आवाजलाई उजागर गर्ने, महिला माथीको विवेदलाई परिर्वतनको पाटोमा हिड्न सिकाउने र योग्य हुँदाहुँदै पनि लुकेका महिलाहरुलाई समाजमा चिनाउने प्रयास मध्य नेपालले गरेको छ ।
मध्य नेपाल संदेश यहाँसम्म आईपुग्नमा महत्वुर्ण योगदान गर्नहुने मध्य नेपाल संदेश पत्रिकाकि सम्पादक कविता खड्का जस्ले महिलाहरुलाई साथमा लिएर समाज परिवर्तनको लागि एकता कायम गर्दे समाजमा यस्तो महिला जो आफ्नो पहिचान आफै बनाउन चाहन्छन् उनिहरुको आत्मबल बनेर काध दिनुभएको छ । महिलाहरुको हक र अधिकारका लागि बुलन्द आवाज बन्ने पे्ररणा यस मध्य नेपाल संदेशले दिएको छ । मध्य नेपालको परिवाको सदस्य बनेर साथ र सहयोग गर्ने जियालाल साह, सन्ध्या पौड्याल, गीता भण्डारी, निलम पन्त, शोभा धमला, शवनम भट्टराई, लगाएतको सक्रियताकै कारण आज मध्य नेपाल संदेशले सम्पुर्ण पाठक वर्गमा संदेश प्रबाह गर्न सकेको हो भने एउटा अभिभावकत्वको रुपमा महत्वपूर्ण सल्लाह सुझाब दिएर पक्रिकालाई स्तरिय बनाउन प्रमुख भुमिका निभाउनु हुने सम्पादक तुलसी भण्डारीको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको छ । समाजमा बेलाबेलामा देखापर्ने नकारात्मक टिकाटिप्पणीलाई प्रेरणाको रुपमा लिएर एकतावद्घ भएकै कारण आज मध्य नेपाल संदेशले पाचौ खुड्किलो राख्न सक्षम भएको छ ।
उदेश्य : हुन त तराई अझ त्यसमापनि अनेकौ जातजाती भाषाभाषीहरुको बाहुल्यता रहेको प्रदेश नं दुई समग्र रुपमा अन्य प्रदेश भन्दा कम विकशित मात्रै होईन कम साक्षरता भएको प्रदेश भनेर चिनिएको प्रदेश हो । पुरानो धर्म संस्कृति अनि रितिरिवाजको खोल ओडेर परिर्वतनको पाटोमा पाईला राख्नु यस क्षेत्रमा खास गरेर महिलाहरुको लागि चुनौतिपूर्ण मात्रै होईन पुरुषहरुसंगको सहयात्रामा हातेमालो गर्ने सोच मात्रै पनि एउटा युद्घ जिते भन्दा कम मान्न सकिदैन । महिलालाई घरको चुलो र चौकटको जिम्वेवारी मात्र सुवाँउछ भन्ने संकुचित सोचलाई समाजमा परिवर्तन गरेर महिला पनि घर भन्दा बाहिर निस्कन हुन्छ र बाहिरको काम जस्तै स्कुल, कलेज, बैक,उद्योगधन्दा, कलकारखाना, व्यापारव्यायसायको लागि योग्य छन् भन्ने मनोस्थितीसम्म पु¥याउन सहयोगी भुमिका खेल्नकै लागि भनेर मध्य नेपाल संदेशलाई गाउँगाउँसम्म पुरयाउने जमर्काे गरिएको हो । मध्य नेपाल संदेश पत्रिकाले एउटा महिलाहरुको सक्रियतालाई मात्र निरन्तता दिएको होईन महिला माथी हुने गरेका बेतिथीलाई उजागर गर्ने र समाज सृद्घढीकरणमा महिलाहरुको सक्रिया रहोस् भन्ने नै यस पत्रिकाको उदेश्य हो ।
अन्त्यमा : जुन उदेश्यको लागि मध्य नेपाल संदेश खोलिएको थियो सोही बमोजिम यस्ले समाजमा सकारात्मक संदेश प्रवाह गर्न सफल भएको छ । गाँउसमाजका विकृतिहरुलाई औल्याएर केहीहदसम्म भएपनि मानविय सोचमा परिर्वतन आएको महशुस भएको छ । महिलामाथी हुने गरेका हिंसालाई समाजसम्म ल्याउन महिलाहरु खुल्न मात्रै थालेनन् अब आफुमाथीका अन्यायलाई बोल्न पछि पर्देनन् । महिलाहरुले पनि घरबाहिरको काम अर्थात आत्मनिर्भर बन्न पर्नेरहेछ भन्ने पाठ यसै पत्रिका मार्फत सिक्न पाएको भन्नेको संख्या बढ्नु नै मध्य नेपाल संदेश सफल भएको छ मान्न सकिन्छ । जे होस् मध्य नेपाल संदेश यहाँसम्म आउन आफ्नो ठाउँबाट दिएको साथ र सहयोग कै कारण आज यहााहरुको माझमा उभिन सकेको हो ।
पाठकहरुले दिनुभएको सल्लाह अनि सुझावहरुको सधै कदर गर्नेछौ भन्दै यो स्नेहको लागि समस्तवर्गमा हार्दिक आभारप्रकट गर्दछौ । यहाँहरुको साथ अनि सहयोग निरन्तर बनिरहोस् । यहाँहरुको उपस्थिीकै कारण आज हामी यहाँहरुको मनमा छौ र सधै रहिरहनेछौ ।