यस भेगको मुख्य केन्द्र अलौ रहेकोमा तत्कालिन श्री ३ वीर शम्शेरले वि. स. १९४५ देखी १०५० को विचमा वीरगंज वजार स्थापना गरेको भन्ने पढन पाइन्छ । वीर शम्शेरले नै जंगलले ढाकेको ठाउँमा वीरगंज बजार स्थापनाका लागी सिद्धविर माथेमा र ध्वज विर माथेमालाइ माल अड्डा र काठ माल अड्डाको हाकिम बनाइ वीरगंजमा पठाएका थिए । यद्यपी वीरगंज बजार स्थापना हुनुभन्दा अगाडी वगही, अलौ, वरेवा, कलैया, प्रसौनी, इनरुवा, छपकैया आदी अस्तित्वमा आइसकेको थियो ।
वीर शम्शेरको आदेशनुसार वीरगंज बजार स्थापना गर्न आएका सिद्धवीर माथेमाले निःशुल्क जग्गा तथा काठ वितरण गर्नुका साथै वीरगंजमा घर बनाउनेहरुलाइ नगद सहयोग पुर्याएका थिए । तर वीर शमशेरको मृत्युपछी चन्द्र शमशेरको समयमा सिद्धविर माथेमा माथि रिसइवी राखी उनले सम्हालेको माल अड्डा जाँच गराउन लगाइ अनियमितता गरेको भन्ने आरोप लगाइयो । सिद्धविरले वीरगंज वजार बसाल्न खर्च गरेको हिसाव पेश गरे तर त्यसलाइ अमान्य ठहर गरियो र तत्काल रकम तिर्न भनियो । उनले रकम तिर्न नसक्ने भन्ने जवाफ दिएपछी उनलाइ मृत्युदण्ड दिनु भनी मौखिक आदेश भएकोमा पछी वीरशम्शेरकी पत्नीले आफना तर्फबाट उक्त रकम तिरिदिएर माथेमालाइ मृत्युदण्डको सजायबाट छुटकारा दिलाएको नमिठो इतिहास छ वीरगंजको ।
चन्द्रशम्शेरले आफना दाइ वीर शम्शेरले स्थापना गरेको वीरगंज वजारलाइ यहाँबाट विस्थापित गरी रौतहटको हजमिनिया लग्न चाहन्थे । तर यहाँका मानिसहरु हजमिनिया जान नमानेपछी वीरगंज बजारलाइ विस्थापित गर्नकै लागी वि. स. १०८० मा वीरगंजको मुख्य वजार अतिक्रमण गरी अमलेखगंजसम्म रेल लाइन सेवा विस्तार गरिएको थियो । लिकबाट रेल हिडदा आसपासका घरहरु चर्कने फुटने र त्यसबाट निस्कने आवाज र धुवाँबाट वासिन्दाहरु आँतकिंत भइ वजार विस्थापित हुने अनुमान गरिएको थियो । तर वीरगंजबासीहरु विस्थापित हुन चाहेनन बरु अनेकन विन्ती भाउ गर्दै रेललाइन वजार बाहिर सार्न अनुरोध गरिरहे पछी अन्ततः रेल्वे लिक वजार बाहिर पुर्वतर्फ सारिएको थियो । यस तथ्यले वीरगंजले स्थापनाकालबाटै दुखः र पिडा झेल्दै अगाडी बढेको देखिन्छ ।
कष्टपुर्ण स्थापनाको इतिहाँस भएको वीरगंज समय क्रमसँगसँगै मुलकको प्रवेशद्धारको रुपमा उन्मुख भयो र वि.स. १०११ सालमा नगरपालिका, वि. स. २०५४ सालमा उपमहानगरपालिका र २०७३ सालमा महानगरपालिका भयो । लोकतन्त्र स्थापनाको निम्ती भएका भएका हरेक आन्दोलनमा वीरगंजको भुमिका अतुलनिय छ । आर्थिक हिसावले मात्र होइन विर सहिदका रगतले संचित भएको एतिहासिक नगर हो वीरगंज । समग्र मुलकको मुहार फेर्न अहिले पनि वीरगंजले गरिरहेको राजस्वको योगदान एक नंम्बरमा छ । त्यसैले वीरगंजलाइ मुलुककै आर्थिक राजधानीको उपमा पनि दिइएको छ । तर त्यो अनुरुपको सेवा सुविधा वीरगंजले के पायो त ? खोज्दा शुन्य छ । पछील्लो पटक मुलकलाइ संघिय शासन प्रणालीको मार्गमा हिडाउन मार्ग तय गरेको ऐतिहासिक मधेश आन्दोलनमा वीरगंजको भुमिका सबै भन्दा अग्रणी रह्यो । यस क्रममा वीरगंजलाइ ठुलो क्षति पनि भयो । यही आन्दोलनको बलमा मुलक संघीय शासन व्यवस्थामा गयो ।
वीरगंज भने प्रदेशको राजधानी पनि हुन सकेन । वीरगंज र यस वरपर स्थापना भएका उद्योग कलकारखाना बाट उत्पादित उत्पादन, उद्योगहरुले दिएको रोजगारी र यसले राजस्वमा गरेको योगदान मात्र होइन राष्ट्रीय राजनीतिमा प्रभाव पार्ने सबै राजनीतिक दलहरु संचालनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वीरगंजले गरेको सहयोग झन बढी महत्वपुर्ण छ ।
कोराना महामारीका कारण सम्पुर्ण मुलक लक डाउन रहेका अवस्थामा पनि विषेश गरी काठमाडौ र मुलुकका अन्य भागलाइ वचाइराख्नका लागी वीरगंजले निरन्तर योगदान गरिरह्यो । वीरगंज भंसार, वीरगंज ड्राइपोर्ट र एकिकृत भंसार जाँच चौकी निरन्तर संचालनमा रहीरहे । लकडाउनको अबधिमा पनि दैनिक हजारौ मालबाहाक गाडी र तिनमा काम गर्ने चालक सहचालकहरु कोरनाको उच्च जोखिमा रहेको भारतबाट वीरगंज प्रवेश गरे । सँग सँगै यहाँ रहेका उद्योगहरुले आफना उद्योगमा काम गर्ने भारतिय मजदुरहरु विना परिक्षण भित्राइ काममा लगाए । जसले गर्दा वीरगंज कोरना संक्रमणको उच्च जोखिम पर्यो । परिणामतः वीरगंजमा कोरना समुदायस्तर सम्म पुग्यो । तर संक्रामक रोग सम्बन्धी उपचार गर्ने अख्तियारी बोकेको संघ सरकार र प्रदेश सरकारले त्यसरी भित्रने गाडीका चालक सहचालकको पिसिआर परिक्षण लगायत सुरक्षाका उपाय अवलम्बनरगराउने तर्फ गर्ने कुनै पनि कुरामा वास्ता गरेन । संघ सरकारले वास्ता नगरेपनि यही वीरगंजको आन्दोलनको बलमा स्थापित भएको प्रदेश सरकारले त ध्यान दिनु पर्ने हो उसले पनि उपेक्षा गरिरह्यो । परिणामतः वीरगंज कोराना महामारीको चपेटामा पर्यो ।
मुलुकको आर्थिक कारोबार हुने मुख्य ठाउँ, सबै भन्दा बढी राजस्व योगदान गरिरहेको ठाउँ, मुख्य नाका, मुलककै लाइफलाइन, रोजगारीको केन्द्र, मधेश आन्दोलनको केन्द्र विन्दु, लोकतान्त्रिक आन्दोलनको उर्वर भुमि यस अर्थमा वीरगंजले आफु जलेर मुलुकभर प्रकाश छरिरह्यो तर यो आफै भने अध्याँरोमै रहिरह्यो । देशभरि राप ताप र प्रकाश दिने वीरगंज अहिले कोरना विरुद्धको लडाइमा एक्लै पौठेजोरी गर्दैछ । कोरना समुदाय स्तरसम्म पुगी सक्दा पनि वीरगंजलाइ वचाउने तर्फ न त संघ सरकारले कुनै वास्ता गर्यो न प्रदेश सरकारले, वीरगंज आफनै क्षमता, भाग्य र भरोसाको बलमा कोरना सँग संघर्ष गरिरहेको छ ।
यहाँका नागरिकहरुले स्थानिय सरकारको आग्रह समेतलाइ ध्यानमा राखेर आर्थिक लगायतका अन्य योगदान गरिरहेका छन् । संघ सरकारको एकाइको रुपमा रहेको जिल्ला संकट व्यवस्थापन केन्द्रले वीरगंज र पर्सा जिल्लामा कोरना नियन्त्रणका लागी गरेको प्रयासमा मुख्य रुपमा लकडाउन र निषेधज्ञा मात्र देखिए । यस विचमा यहाँका उद्योगी, व्यापारी, पेशाकर्मी लगायत सर्वसाधारणको दैनिकी निकै कष्ठमय बनेको छ । तर संघ वा प्रदेश सरकारलाइ कुनै चासो छैन । स्थानीय सरकार आफै थिलोथिलो परेको छ । यसले संघ वा प्रदेश सरकारलाइ वीरगंजका नागरिक सँग कुनै मतलव छैन खाली यहाँबाट प्राप्त हुने राजस्व र अन्य फाइदाहरु सँग मात्र सरोकार छ भन्ने जस्तो देखिन्छ जुन अत्यान्त दुखःद छ । विगत १५/२० दिन पछी काठमाडौमा समेत संक्रमण फैलिदै समुदायमा देखिन थालेपछीमात्र संघ सरकार केही सम्बेदनशिल बनेको हो की जस्तो देखिन्छ । तैपनी वीरगंजलाइ महामारीबाट जोगाउन अहिले सम्म पनि कसैले ठोस र प्रभावकारी कार्ययोजना ल्याएको देखिदैन । जुन अत्यान्त दुःखद छ ।
पछील्लो चरणमा वीरगंजमा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी र नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डको सक्रियताले केही आशलाग्दो अवस्थामा देखापरेको छ । सक्रियता सँगसँग केही नविन कामको थालनी पनि भएका छन् । यो सँगसँगै प्रदेश सरकारले र स्थानीय सरकारको समेतको समन्वयमा कोरना महामारीका विरुद्ध आफनो गतिविधि बढाउन खोजेको समाचार प्रकाशमा आएका छन् । आशागरौ सबै तिर राप, ताप र प्रकाश छरिरहेको वीरगंज सँग संघ तथा प्रदेश सरकारले ढिलै भएपनी न्याय गरी वीरगंज भित्रको अध्याँरो हटाउन सहयोग गर्नेछन् ।
मध्य नेपाल भिडियो
बृहतर वीरगंज परिकल्पना वृतचित्र