पर्सामा ५ महिला सहित २४ जना संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालकाे पिसिआर ल्याबका अनुसार वीरगंज महानगरमा २२ जना र जगरनाथपुर र कालिकामाई गाउँपालिकामा १/१ जना गरि २४ जना संक्रमित थपिएका हुन् । महानगरमा संक्रमित हुनेमा वडा नम्बर १२, १४, १५ मा ३/३ जना, वडा नम्बर ९ र २५ मा २/२ जना त्यसैगरी वडा नम्बर ३, ६, ८, १०, १३, १९, २०, २१ र २४ मा एक एकजना संक्रमित थपिएको अस्पतालका चिकित्सक डा. अतुलेश चाैरसियाले जानकारी गराउनु भएको छ ।
पर्सामा हालसम्म ५ सय ३६ महिला सहित २४ सय १ संक्रमित पुगेका छन् । जसमध्ये २४ जना भारतीय, १ सय ३८ जना स्वास्थ्यकर्मी, १ सय २३ जना सुरक्षाकर्मी, १५ जना पत्रकार, १ सय ७ जना कैदी तथा थुनुवा, ४९ जना सरसफाइकर्मी र ३ जना एम्बुलेन्स चालक रहेका छन् ।
संक्रमित मध्ये नारायणी कोभिड-१९ अस्पताल गण्डकमा ५ जना आईसियु गरेर ९ महिला सहित ४६ जना, नारायणी कोभिड-१९ अस्पताल वीरगंज हेल्थ केयरमा ९ जना आईसियुमा गरेर ४ महिला सहित १६ जना उपचारत रहेका छन् ।
५७ जना काेराेना संक्रमणमुक्त
यसैगरी आज पर्सामा ५७ जना काेराेना संक्रमण मुक्त भएका छन् ।
पर्साकाे गण्डक हस्पिटलबाट ११ जना, वीरगंज हेल्थकेयरबाट १३ जना पर्सागढिबाट ११ जना हाेटल विजय ज्याेतिबाट १ जना, रानिपाेखरि हाेटलबाट ३ जना, बहुदरमाई नगरपालिकाबाट ५ जना, पाेखरिया नगरपालिकाबाट ८ जना, नारायणी एफएमबाट ५ जनागरी ५७ जना संक्रमण मुक्त भएको स्वास्थ्य अधिकृत जयमाेद ठाकुरले जानकारी गराउनु भएको छ ।
याे सहित पर्सामा १४ सय ६९ जना काेराेना संक्रमण मुक्त भइसकेका छन् ।