बीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारा, पर्सा र राैतहटका गरि २९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
५ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोराेना पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक तथा प्रवक्ता डा अतुलेशकुमार चौरासियाले जानकारी दिए ।
पछिल्लो परीक्षणमा पर्साका १३, बाराका ९ र रौतहटका ७ जनामा कोभिड पुष्टि भएको हो । सन्क्रमित हुनेमा १९ बर्षदेखी ६० वर्ष उमेर समुहका ८ महिला र २१ जना पुरूष रहेका छन् ।
संक्रमित हुनेमा बारा जिल्लाको कलैया नागरपालिकाका दुई, बारागढी गा.पा का चार, इलाका प्रहरी कार्यलय बारागढीका एक, सर्वण गाउपालिका एक जना रहेका छन् ।
यसैगरी पर्सामा कालिकामाई गाउपालिकाका एकजना, वीरगंज महानगरपालिकाका चार जना, तराई हस्पिटलका तिन जना, सखुवाप्रसौनी गाउपालिकाका दुई जना, वीरगंज हेल्थ केयर का तिन र नेपाल सेनाका एक जना कोरोना संक्रमित थपिएका हुन् ।
यसैगरी रौतहटकाे गरुडा चौकीका सात जनामा समेत कोरोना संक्रमण पुस्टि भएको छ ।